मोतिपुर औद्योगिक क्षेत्रभित्रका बस्ती हटाउन पत्राचार उच्च अदालत बुटवलको जग्गा फिर्ता, कब्जा गरेर बनाइएका संरचना भत्काइयो फालिएका प्लास्टिक प्रशोधन गरी बुटवलमा इँटा उत्पादन लुम्बिनी प्रदेश सभाको आठौँ अधिवेशन आजदेखि युवालाई प्रविधिसँग जोड्दै तिलोत्तमा नगरपालिका थोर्गा रुपन्देही सम्पर्क समाजद्वारा २०८३ सालको भित्तेपात्रो विमोचन सशक्त सहकारीद्वारा सदस्यलाई पेन्सन वितरण सुरु लुम्बिनी प्रादेशिक अस्पतालमा ‘एमआरआई’ सेवा सुरु नमराज–दिलिप स्मृति दिवसमा निजामति कर्मचारी संगठन रुपन्देहीद्वारा रक्तदान कार्यक्रम बुटवल उपमहानगरपालिकाको सार्वजनिक सुनुवाइ                
समाचार :

सत्ता टिकाउन धेरै उपप्रधानमन्त्री बनाउन खोज्नु गलत : केसी

नेपाली कांग्रेसका प्रभावशाली नेता अर्जुननरसिंह केसीले गठबन्धन टिकाउन धेरै उपप्रधानमन्त्री बनाउन नहुने बताएका छन् । केसीले गठबन्धनका नाममा सत्ता टिकाउनकै लागि उपप्रधानमन्त्रीको हुल बनाउने परीपाटी बसालिएको र त्यो गलत भएको टिप्पणी गरे ।

‘संविधानले धेरै कुराको सिमावद्ध गरिदिएको भएपनि जुनढंगले उपप्रधानमन्त्रीको हुल बनाउने गरिएको छ त्यो गलत छ’ प्रतिनिधि सभा सदस्य समेत रहेका नेता केसीले भने ।
प्रधानमन्त्रीले विश्वासको मत लिएपछि सरकारलाई पूर्णता दिइने पनि बताएका छन । कांग्रेस कसको नेतृत्वमा सरकारमा जान्छ भन्ने बिषयमा पार्टीमा छलफल नै नभएको भन्दै उनले प्रधानमन्त्रीले विश्वासको मत पाएपछि कांग्रेस सरकारमा सहभागी हुने बताए ।

नेपाल प्रेस युनियन रुपन्देहीले शनिबार बुटवलमा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै कांग्रेस केन्द्रीय सदस्य केसीले गठबन्धन सरकारमा जाँदा साझा प्रतिवद्धताहरू ल्याउनुपर्ने बताए । बेरोजगारी, दण्डहीनता र भ्रष्टाचारले मुलुकको आर्थिक अवस्थालाई कमजोर बनाएको भन्दै उनले त्यसका विरुद्ध सबै एक भएर लड्नुपर्नेमा जोड दिए ।

‘मुलुकको व्यापार घाटा बढिरहेको छ । दातृ निकायको ऋणमा सरकार चलेको छ । बेरोजगारी समस्या बढदो छ । दण्डहीनताले मुलुकलाई थप समस्यामा पारेको छ यस्तो अवस्थामा सरकार, राजनीतिक दल सबै गम्भीर हुनुपर्छ’ पूर्वमन्त्री समेत रहेका केसीले भने ।

बैंक व्याजदर, लघुवित्त जस्ता क्षेत्रमा देखिएका समस्या समाधान गर्दै चालु खर्च घटाउने तर्फ विशेष ध्यान दिनुपर्नेमा उनको जोड छ । नयाँ गठबन्धनबाट न्युनतम साझा कार्यक्रम कस्तो आउला भनेर जनताले पर्खेको भन्दै उनले अर्थतन्त्र सुधारका साझा कार्यक्रम ल्याउनु पर्ने बताए ।

संविधानमा रहेका अस्पष्ट व्यवस्थालाइ परिर्वतन र निर्वाचन पद्धतिमा पनि बहस गर्नु पर्ने अवस्था आएको उनले बताए । राष्ट्रपति र उपराष्ट्रपतिको बिषयमा फरक लिंग वा समुदाय भनेर संविधानमै अस्पष्टता हुँदा दुवै पदमा पुरुष बन्नका लागि बाटो खोलिदिएको बताए ।

त्यस्तै अहिलेको समानुपातिक प्रणालीले जनतासँग सरोकार नभएका र नेतृत्व वरपरका मन्छेले अवसर पाएको उल्लेख गर्दै प्रतिस्पर्धात्मक समानुपातिक व्यवस्था ल्याउन सकिने बताए । राष्ट्रिय सभामा समानुपातिक प्रणाली व्यवस्था गर्न सकिने धारणा राखे ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित