बुटवलमा आयोजना हुने औद्योगिक प्रदर्शनीका लागि के-के हुँदैछ तयारी ? औद्योगिक प्रदर्शनीमा स्वदेशी उद्योग सँगै पर्यटन क्षेत्रलाई विशेष प्राथमिकता जि २५ क्लबले लागुऔषध दुव्र्यसनी सम्बन्धी सचेतना कार्यक्रम गर्ने बुटवलमा पुस १४देखि नवौँ जिल्लास्तरीय स्नुकर सम्बन्ध सहकारीको छैठौं साधारणसभा रुपन्देहीको फर्साटिकरमा मंसिर २४ देखि व्यापार महोत्सव तिनाउमा बन्ने ‘सिग्नेचर’ पुलको निर्माण प्रक्रिया सुरू लुम्बिनी विकास कोषकी योजना प्रमुख भट्टलाई निलम्बन गर्न माग दोस्रो क्यानन सेभेन ए साइड फुटबलको च्याम्पियन बन्यो होराईजन जिबिएस, स्कलर्सहोम उपविजेता चौधौँ एभरेष्ट अन्तरविद्यालय वादविवादको उपाधि बुद्ध पब्लिककी अनुस्काले जितिन्                
समाचार :

चैत ८ गते देखि रुपन्देहीको कञ्चनमा १८ महापुरण पाठ पारण प्रवचन तथा धार्मिक ज्ञान महायज्ञ हुने

बुटवल । रुपन्देही कञ्चन गाउपालिका वडा नं १ मा १८ महापुरण पाठ पारण प्रवचन तथा धार्मिक ज्ञान महायज्ञ हुने भएको छ । महायज्ञको तयारी अन्तिम चरणमा पुगेको आयोजकले पत्रकार सम्मेलन गरि जानाकारी दिएको छ ।
धर्ती माताको रुपमा परिचित बिष्णु कुंवरको नेतृत्वमा हुन लागको महायज्ज्ञको प्रमुख बाचक ईश्वर रेग्मी छन् ।
महायज्ञ बिश्व शान्तीका लागि आयोजना गरिएको हो । चैत ८ गते देखि १६ गते सम्म चल्ने महायज्ञमा पाठ पुराण, ३० भन्दा बढि पण्डितहरुले स्वसति वाचन गर्नेछन् ।
स्थानिय समाजसेवि एवंम कञ्चन गाउपालिका वडा नं १ का अध्यक्ष हरिनारायण थारुले समाज अन्धकारमा गएको नैतिकता हराएको भन्दै महायज्ञ बाट नैतिक शिक्षाका साथै धर्म संस्कृतिको रक्षा हुने बताए ।
त्यस्तै थारुले महायज्ञ सफल पार्न वडाले गर्नुपर्ने सहयोगका लागि तयार भएको बताए ।
त्यस्तै धर्ती माताले परिचित बिष्णु कुंवरले शान्ति र धर्मका लागि आफुले महायज्ञ गर्न लागेको बताईन । सनातन धर्मको रक्षाका साथै अनुशासन र नैतिक शिक्षा उपलब्धि महायज्ञको मुख्य उद्देश्य रहेको उनको भनाई छ ।
धर्म गर्ने संस्कारको बिकास समेत महायज्ञबाट हुने उनले बताईन ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित