तिनाउ सुन पसलमा मालिककै ‘चोरी ड्रामा’, सीसीटीभी फुटेजले गर्‍यो पर्दाफास दूध तथा दुग्धजन्य उत्पादन: व्यवसायिक इमान्दारिता र असल अभ्यासमा जोड हाजिरजवाफ प्रतियोगितामा इश्वरी मावि प्रथम उच्च अदालत बार बुटवलको अध्यक्षमा घिमिरे निर्वाचित भैरहवा सेजमा फर्किँदै उद्योगीको आकर्षण : एकैपटक ६ उद्योग निर्माणाधीन एभरेष्ट प्लाइ ढोका उद्योगमा आगलागी हुँदा पाँच करोडको क्षति कुशीनगरबाट उद्धार गरिएकामध्ये १९ जनामाथि अनुसन्धान सुरु भारतको कुशीनगरमा बन्धक बनाइएका ४५३ जना नेपालीको उद्दार कृष्णनगरका होटलमा अवैध गतिविधि, निगरानी र कारबाहीको माग रोट्रयाक्ट डाउनटाउनले विद्यालयलाई दियो दुई थान फिल्टर मेशिन                
समाचार :

चैत ८ गते देखि रुपन्देहीको कञ्चनमा १८ महापुरण पाठ पारण प्रवचन तथा धार्मिक ज्ञान महायज्ञ हुने

बुटवल । रुपन्देही कञ्चन गाउपालिका वडा नं १ मा १८ महापुरण पाठ पारण प्रवचन तथा धार्मिक ज्ञान महायज्ञ हुने भएको छ । महायज्ञको तयारी अन्तिम चरणमा पुगेको आयोजकले पत्रकार सम्मेलन गरि जानाकारी दिएको छ ।
धर्ती माताको रुपमा परिचित बिष्णु कुंवरको नेतृत्वमा हुन लागको महायज्ज्ञको प्रमुख बाचक ईश्वर रेग्मी छन् ।
महायज्ञ बिश्व शान्तीका लागि आयोजना गरिएको हो । चैत ८ गते देखि १६ गते सम्म चल्ने महायज्ञमा पाठ पुराण, ३० भन्दा बढि पण्डितहरुले स्वसति वाचन गर्नेछन् ।
स्थानिय समाजसेवि एवंम कञ्चन गाउपालिका वडा नं १ का अध्यक्ष हरिनारायण थारुले समाज अन्धकारमा गएको नैतिकता हराएको भन्दै महायज्ञ बाट नैतिक शिक्षाका साथै धर्म संस्कृतिको रक्षा हुने बताए ।
त्यस्तै थारुले महायज्ञ सफल पार्न वडाले गर्नुपर्ने सहयोगका लागि तयार भएको बताए ।
त्यस्तै धर्ती माताले परिचित बिष्णु कुंवरले शान्ति र धर्मका लागि आफुले महायज्ञ गर्न लागेको बताईन । सनातन धर्मको रक्षाका साथै अनुशासन र नैतिक शिक्षा उपलब्धि महायज्ञको मुख्य उद्देश्य रहेको उनको भनाई छ ।
धर्म गर्ने संस्कारको बिकास समेत महायज्ञबाट हुने उनले बताईन ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित