रुपन्देही उद्योग संघको नयाँ नेतृत्वको लागि उम्मेदारी, अधिकांश पदमा निर्विरोध दुई सिफ्टमा प्रादेशिक अस्पतालका सेवा सञ्चालन गरौंः मुख्यमन्त्री आचार्य लाइन जोडिएपछि पञ्चकन्याका उद्योग सञ्चालनमा ३ जना सवार मोटरसाइकल दुर्घटना हुँदा १८ र २४ वर्षका युवकको मृत्यु दाउन्ने सडक २ महिनासम्म एकतर्फी सञ्चालन हुने, वैकल्पिक मार्गको प्रयोग गर्न आग्रह बुटवलको अर्घाखाँची लुम्बिनी होटलमा बसेका पुरुषको रहस्यमय मृत्यु रोहिणी गाउँपालिकामा ५५० वटा लालपूर्जा वितरण तिलोत्तमा यूसीएलजी एसिया प्रशान्त क्षेत्रको काउन्सिल सदस्यमा निर्वाचित गुल्मीमा छोराको कुटपिटबाट बुवाको मृत्यु, आमा गम्भीर घाइते आज हरि बोधिनी एकादशी, तुलसीको विवाह गरिँदै                
समाचार :

स्विव्त एजुकेशन द्वारा करियर कन्सल्टेसन सुरु

बुटवल ।
स्विव्त एजुकशन प्रालि बुटवलको आयोजनामा बहुप्रतिक्षित अन्तर्राष्ट्रिय बुटक्याम्पको विषयमा तिन दिने करियर कन्सल्टेसन कार्यक्रम सुरु भएको छ ।
बुटवल मिलनचौकमा रहेको रहेको डेल्टा एजुकेशनको प्रांगढमा आयोजना गरिएको तिन दिने करियर कन्सल्टेसन कार्यक्रमको पहिलो दिन सफलतापुर्ववक सम्पन्न भएको छ । यहि चैत ५ गते सम्म आयोजना हुने करियर कन्सल्टेसनको उद्घाटन स्विव्त टेक्नोलोजीजका सह–संस्थापक सुरज माझीले र प्रबन्ध निर्देशक समिता राना मगर गर्नुभएको थियो ।
स्विव्त एजुकेशनका फाउन्डर सुवास शाहीले उपस्थितहरुलाई स्वागत गर्दै गुणस्तरीय शिक्षाको महत्वमा जोड दिनुभयो । उहांले आजको प्रतिस्पर्धी संसारमा विशेषज्ञ प्रशिक्षकद्धारा योग्य प्रतिभाहरू सिर्जना गर्ने गरी यो कार्यक्रम आयोजना गरिएको बताउनुभयो ।
प्राविधिक शिक्षाले जसले आगामी पुस्ताको उत्पत्ति गर्न मद्दत गर्ने जानकारी दिदै उहांले पनि महत्पूर्ण काम गर्ने अवसर समेत यो कार्यक्रमले सुरुवात गर्ने बताउनुभयो । सहभागीहरूलाई क्यारियर विकल्पहरू अन्वेषण गर्ने अवसर प्रदान गर्ने गरी कार्यक्रम आयोजना गरिएको कम्पनीले जानएको छ ।
कार्यक्रममा बिद्यार्थी, युवा पेशाकर्मीहरु लगायतको बाक्लो उपस्थिति रहेको थियो । सहभागीहरुले नयाँ स्तरको कार्यक्रम भएको कारण उत्साह व्यक्त गरेका थिए ।
अनुभवी विशेषज्ञहरुबाट सिक्ने र महत्वपूर्ण विषयबारे जानकारी लिने अमुल्य अवसर प्राप्त गरिएको उनीहरुको प्रतिक्रिया रहेको जनाइएको छ ।
कार्यक्रमको पहिलो दिन अन्तरक्रियात्मक गतिविधि, खेल, नेटवर्किङको दायरा पनि राखिएको थियो परामर्श सत्रको रूपमा सहभागीहरूले सफ्टवेयरमा विशेषज्ञहरूसँग संलग्न हुने अवसर पाएका थिए ।
ईन्जिनियरिङ्, ग्राफिक डिजाइन, र उद्यमशीलता गरी ३ वटा कोर्षको विषयमा आयोजकले प्रष्ट पारेका थिए ।
स्विव्त एजुकेशन प्रालिले गुणस्तरको शिक्षा र तालिम प्रदान गर्न प्रतिव रहेको जनाएको छ । नेपाल र बाहिरका व्यक्तिहरू, अन्तर्राष्ट्रिय बुटक्याम्प मा समेत सहभागीता गराउने जसमा २० जनाले मात्रै सहभागी हुन पाउने छन । यसरी सहभागीहरुले अन्तराष्ट्रिय स्तरको बुट क्याम्पको शैलीमा प्रशिक्षण, तालिम र सिप सिक्ने छन् । शिक्षा प्राप्ती पश्चात १०० प्रतिशत जागिर प्राप्त गर्न सकिने समेत कम्पनीले जानएको छ ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित