मोतिपुर औद्योगिक क्षेत्रभित्रका बस्ती हटाउन पत्राचार उच्च अदालत बुटवलको जग्गा फिर्ता, कब्जा गरेर बनाइएका संरचना भत्काइयो फालिएका प्लास्टिक प्रशोधन गरी बुटवलमा इँटा उत्पादन लुम्बिनी प्रदेश सभाको आठौँ अधिवेशन आजदेखि युवालाई प्रविधिसँग जोड्दै तिलोत्तमा नगरपालिका थोर्गा रुपन्देही सम्पर्क समाजद्वारा २०८३ सालको भित्तेपात्रो विमोचन सशक्त सहकारीद्वारा सदस्यलाई पेन्सन वितरण सुरु लुम्बिनी प्रादेशिक अस्पतालमा ‘एमआरआई’ सेवा सुरु नमराज–दिलिप स्मृति दिवसमा निजामति कर्मचारी संगठन रुपन्देहीद्वारा रक्तदान कार्यक्रम बुटवल उपमहानगरपालिकाको सार्वजनिक सुनुवाइ                
समाचार :

२ अर्ब रूपैयाँ भन्दा बढी लगानीको ‘एनजी मार्केट’ हाँकेका २६ वर्षका आवास बञ्जाडे

देशमै केही गर्छु भन्ने आत्मविश्वासका साथ अघि बढेका युवा उद्यमी हुन् रूपन्देहीका आवास बञ्जाडे । २६ वर्षका आवासले उपभोक्तालाई किनमेलको परम्परागत शैलीलाई बदल्ने ‘सपिङ सेन्टर’ हाँकेका छन् ।

रूपन्देहीको तिलोत्तमा–५ मणिग्रामस्थित २ अर्ब रूपैयाँभन्दा बढी लगानीको ‘एनजी मार्केट’ सञ्चालन गरी व्यावसायिक उद्यमको सम्भावनालाई आवासले देखाएका हुन् । विश्वव्यापीकरणले नेपालमा पनि ‘मल कल्चर’ मौलाउँदैछ ।

१ दशकअघिदेखि मोफसलमा पनि ‘सपिङ कम्पलेक्स’ खुल्ने क्रम बढ्दो छ । उपभोक्ताको रुचि र बजारको आवश्यकतालाई देखेर तिलोत्तमावासी आवासले सपनाका शहर जाने सपना त्यागेर आफ्नै माटोमा ‘बिजनेश इन्डस्ट्रिज’को बाटो समाएका हुन् । भारतको बेङ्लुरुबाट व्यवस्थापनमा स्नातकोत्तर गरेका आवासले ठूलो लगानीको बिजनेश सम्हालेका छन् ।

उपभोक्तालाई सपिङ सेन्टरमा किनमेलका लागि विभिन्न ‘प्लेटफर्म’ खुलेका थिए । बिस्तारै ती ‘प्लेटफर्म’ स्टोरमा रूपान्तरित हुँदै गए । स्थानीय बजारमा किनमेलका अन्य व्यवसाय पनि थपिँदै गए । ती व्यवसायले उपभोक्तालाई ‘सपिङ’को आभास दिलाएर स्वाद चखाए पनि बानी पार्न सकेनन् ।

‘गुणस्तरप्रति उपभोक्ताको सधैं अविश्वास हुन्छ,’ आवास भन्छन्, ‘त्यसलाई चिर्न सकेपछि ‘सपिङ सेन्टर’को भविष्य मैले उज्ज्वल देख्छु । विश्वव्यापीकरणको प्रभावले ठूला ‘मल’मा नेपाली उपभोक्ता सरसामान किनमेल गर्ने प्रतिस्पर्धाको चरणमा प्रवेश गरेका छन् ।’

विशाल क्षेत्रमा फैलिएको पुर्ख्यौली जग्गामा उनले हरेक वस्तु पाइने गरी खोलेको व्यावसायिक प्रतिष्ठानले अहिले किनमेलेका लागि तिलोत्तमावासीलाई बुटवल, भैरहवा र सुनौली जान रोक्न सफल भएको छ । ‘ह्वाइट हाउस’ आकारको मार्केट आफ्नै स्टाइलमा निर्माण गरिएको छ ।

मार्केट बहुतले छैन । ग्राउन्ड फ्लोरमा सबै ‘ग्रोसरी’ उपलब्ध छन् । नेपालीको किनमेल गर्ने शैलीमा परिवर्तन ल्याउने श्रेय सुपर स्टोरलाई जान्छ । सपिङ सेन्टरमा जाने ट्रेन्डलाई बदलेर सबै स्तरका जनतामा सुपर स्टोरमा किनमेल गर्ने बानी बसाल्ने प्रयास आफूले रूपन्देहीमा गरेको आवास दाबी गर्छन् । बुटवल र भैरहवाको बीचमा अवस्थित बजारलाई लक्षित गरी आफ्नो मार्केट पहिलो र ठूलो रहेको उनको भनाइ छ ।

उनले मातृभूमिकै उद्यम गर्छु भन्दा धेरै नपत्याएर हाँस्थे । शुरूआतमा सामान बेच्नुभन्दा पनि व्यापारी र उपभोक्ता दुवैलाई सपिङका फाइदा बुझाउनै समय लाग्यो, अहिले बिस्तारै उपभोक्ताहरू बुझ्दै गएका छन् । आवासलाई धेरैले सुझाए, मार्केट शुरू गर्नुअघि बाबा नारायणले पनि राइस मिल र चिउरा उद्योग चलाएका थिए ।

‘भारतीय बजारमा सस्तो वस्तु पाइने नाममा राज्यलाई ठूलो राजस्व घाटा भएको छ,’ आवास भन्छन्, ‘सस्तोको नाममा गुणस्तर नभएका वस्तु खरिद गरी ल्याउने यहाँका उपभोक्ताको सोचाइ बदल्ने मेरो प्रमुख ध्येय छ ।’ स्नातकोत्तर पूरा गरेपछि उनलाई युरोप, अमेरिका, अस्ट्रेलिया गएर पेशा–व्यवसाय गरेर बस्ने पर्याप्त अवसरहरू थिए । उनीसँगै अध्ययन गरेका धेरै साथीहरू पनि विदेशतिरै स्थापित भएका थिए तर बञ्जाडेको मन नेपालमै स्थिर रह्यो ।

‘विदेशको जीवनशैली कस्तो हुन्छ भन्ने थाहा थियो । त्यहीँ विदेश जानुपर्छ भन्ने मोह नै भएन,’ आवास भन्छन्, ‘यतै केही गर्नुपर्छ भनेर बाबालाई सपिङ इन्डस्ट्रिजमा लगानी गरौं भनेर यहीँ लागें । अहिले यहीँ खुशी मिलेको छ ।’

‘म बाबुबाजेले कमाइदिएकै पैसामा युरोप अमेरिका गएर ‘ग्रीनकार्ड’ लिई सुखी जीवन बिताउन सक्थें तर अधिकांश नेपाली युवामा जस्तो ममा युरोप र अमेरिका प्रेम जागेन,’ आवास थप्छन्, ‘बाबा हजुरबाबाले नंग्रा खियाएर जोडेको सम्पत्तिको स्वदेशमै सदुपयोग गरी उद्यमतिर लागेको हुँ ।’

ग्रामीण क्षेत्रसम्म बजार विस्तार गर्ने, स्थानीय पहिचान बोकेका उत्पादनलाई खरिद गरी उपभोक्तामाझ पुर्‍याउने सहितका योजनाका खाका आवाससँग छ । रेस्टुरेन्ट, सभा–समारोह र गोष्ठी गर्ने हल, बालबच्चालाई मनोरञ्जन दिने बाल उद्यान समेत प्रतिष्ठानभित्रै व्यवस्थापन गरिएको छ । फर्निचर शोरूम तथा बिक्री केन्द्र, सैलुन, बुटिक, स्पा समेत एउटै छानामुनि उपलब्ध छ । ‘अग्र्यानिक भेजिटेबल’, गार्मेन्टस्, लुगाकपडा, सांस्कृतिक, क्याजूअल कपडा लगायत सबै फेन्सी आइटमको स्टोर समेत राखिएको छ । अझै सुपर स्टोरमा सबैले किनमेल गर्ने अवसर जुराउन महोत्सव योजना ल्याउँदैछन् ।

आवासका बाबा नारायणले सुपर स्टोरप्रति उपभोक्ताको माया बढ्दो रहेको बताए । ‘अहिले बैंकिङ क्राइसिस भएको छ,’ नारायण भन्छन्, ‘अहिलको आर्थिक संकटले भोलुममा सेल्स त छैन तर यस्तो बेलामा चलेको सुपर मार्केटप्रति माया धेरै देखिएको छ । हामी खुशी छौं ।’

भारतीय बजारमा गएर ठगिनबाट रोक्न उपभोक्तालाई बुझाउनुपर्ने दायित्व सबैको रहेको नारायणको भनाइ छ । मुलुकमा रोजगारीको सम्भावना नभएको भन्दै लाखौं युवा विदेशिएका छन् । ‘स्वदेशमै रोजगारीको अवसरका लागि आफूले नै फरक तरिकाबाट केही गर्न सक्नुपर्छ । हाम्रा गाउँ–बस्तीहरू युवाविहीन बन्दै गएका छन्,’ उनले भने, ‘काम गर्ने जनशक्तिको अभावमा हाम्रा कृषियोग्य जमिन बाँझो हुँदै गएका छन् ।’ जमिनको उपयोग गर्न सके पनि देश परनिर्भर नहुने आवासको बुझाइ छ । यो समाचार लोकान्तर डटकमका लागि बुटवल बाट प्रकाश आचार्यले लेखेका हुन ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित