प्रदेश राजधानी परिसरमा वृक्षारोपण, हरियाली अभियान शुरु शोरुम उद्घाटनअघि नै बुटवलमा ‘प्रोटोन ई.मास सेभेन’ ईभी १० वटा बिक्रि रुपन्देही– ३ को उपचुनाव: उम्मेदवार छनोटमा रास्वपापछि राप्रपाले पनि आन्तरिक प्रारम्भिक चुनाव विधि अपनाउने यी स्थानमा दिउँसो मध्यम, राति भारी वर्षा हुने राप्रपा नेपालले रूपन्देही–३ मा अर्जुन थापालाई उम्मेदवार बनाउने बुटवलकी क्यान्सर पीडित शान्ती दर्जीद्वारा सहयोगको लागि आग्रह गुल्मीको मुसिकोटमा आटोको ब्राण्डिङ, ३५ टन बिक्री गर्ने लक्ष्य संविधान दिवसमा बुटवलमा ‘विगेस्ट स्टुडेन्ट कार्निवल’ हुने श्रीमतीको हत्या गरेर श्रीमान्‌ले भान्छामै गाडे शव, ४ दिनपछि खुल्यो रहस्य पाल्पाको तिनाउमा अव्यवस्थित बसोबासीलाई निस्सा वितरण सुरु                
समाचार :

सियारीमा ९५ प्रतिशत योजना सम्झौता, ६० योजना सम्पन्न

भैरहवा । रुपन्देहीको सियारी गाउँपालिकाले ९५ प्रतिशत योजनाको सम्झौता गरेको छ । गाउँपालिकाको गाउँसभाबाट पारित गरेका योजना मध्ये ९५ प्र्रतिशत योजनाको सम्झौता गरी कामको शुरुवात गरिसकेको जनाएको छ ।
सम्झौता भएका १७८ योजना मध्ये ६० वटा योजनाको निर्माण सम्पन्न भइसकेको योजना शाखा प्रमुख रोमलाल पुरीले जानकारी दिए । सियारीले सडक, नाली, कल्भट, भवन तथा आवास निर्माण, धर्मशाला निर्माण लगाएतका पुर्वाधार निर्माणका काम तिव्र रुपमा अगाडि बढेको योजना शाखा प्रमुख पुरीले जानकारी दिए ।
उनले असार मसान्त भित्रै योजनाको निर्माण कार्य सम्पन्न गर्ने गरी काम भईरहेको उल्लेख गर्दै सम्पन्न भएका योजनाको भुत्तानी दिने काम पनि भईरहेको जानकारी दिए ।
गाउँपालिकाले पालिका भित्र शुरु भएका बिकास निर्माणका कामको अनुगमनलाई पनि तिव्रता दिएको छ । पालिकाले बिभिन्न उपभोक्ता समुह तथा ठेक्का सम्झौता मार्फत निर्माण वयवसायिले शुरु गरेका बिकास निर्माणका कामको गुणस्तर तथा कामको प्रगतीबारे बुझ्नका लागि अनुगमनलाई तिव्रता दिईएको गाउँपालिका उपाध्यक्ष तथा अनुगमन समिति संयोजक तारा थारुले जानकारी दिईन ।
उनले गाउँपालिकाले शुरु गरेको योजनाको भुत्तानी गर्नु पुर्व सबै योजनाको अनुगमन गर्ने गरिएको बताउदै समयमै काम नगर्ने तथा गुणस्तरहिन काम गर्ने उपभोत्ता समिति तथा निर्माण व्यवसायिको कुनै पनि रकम भुक्तानी नहुने बताईन ।
उपाध्यक्ष थारुको संयोजकत्वमा पालिकाका प्रमुख प्रशासकिय अधिकृत रोमनाथ न्यौपाने, योजना शाखा प्रमुख रोमलाल पुरी, आर्थिक प्रशाशन शाखा प्रमुख नारायण प्रसाद पौडेल, सम्बन्धीत बडाका जनप्रतिनिधि लगाएतले निर्माणधिन योजनाको अनुगमन गर्ने गरेका छन् । सियारीमा गाउँपालिका स्तरका १० करोड ७१ लाख ६९ हजार बराबरका तथा वडा स्तरमा ७ करोड २१ लाख बराबरका योजना निर्माणको चरणमा रहेका छन् ।
सियारीले सडक निर्माण, कुलो निर्माण, बाध निर्माण, भवन तथा आवास नर्माण, बिद्यालयका भवन निर्माण लगाएतका कामलाई प्राथमिकतामा राखेको जनाएको छ । काम भईरहेका योजना मध्ये ३३ वटा योजनाको पेश्की निकासा भईसकेको तथा ६ वटाको रनिङ वील अगाडि बढेको जनाईएको छ ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित