जनताको अपार माया र सद्भावले उत्साहित छु : एमाले उपाध्यक्ष गोकर्ण विष्ट पीएम कप छनोट सुरु, रूपन्देही र बर्दिया विजयी बुटवल-गोरुसिङ्गे सडकमा उभिएर विष्णु पौडेलले भने : बुटवल-नारायणगढ जस्तो नहोस DEVILS प्रदेशसभा सांसद र पदाधिकारीको गाडीमा अचाक्ली खर्च, वर्षमै ५ लाखमाथिको बिल ‘बा-आमासँग नगरप्रमुख’ कार्यक्रमबाट बुटवलमा दुई हजारभन्दा बढी ज्येष्ठ नागरिक लाभान्वित जब मापसे गरेका श्रीमान्‌ले तीनमहिने छोरो निमोठे… लुम्बिनी प्रदेश स्तरिय ब्याडमिन्टन प्रतियोगितामा रबिन र हिमान्सु जोडी बिजयी ‘स्कुल गट ट्यालेन्ट रुपन्देही’को उपाधि अंकितलाई, अध्यता भण्डारी फस्ट रनर अप हाटबजार व्यवसायी संघद्वारा ३१ औं नियमित वृहत रक्तदान कार्यक्रम सम्पन्न ५ वर्षसम्म पनि किन चल्न सकेनन् दाताले दिएका करोडौंका गाडी?                
समाचार :

१९ फोटोमा हेर्नुहोस् – तिलोत्तमा नगरमा ढकमक्क फूलेको बेगमबेली फूल

  • बुटवल । रुपन्देहीको तिलोत्तमा नगरपालिका सरसफाई र हरियाली प्रबद्र्धनमा देशकै उत्कृष्ट नगरपालिका हो । २०७१ सालमा साविकका सात वटा गाविस मिलेर बनेको तिलोत्तमा नयाँ नगरपालिका हो ।

    सरसफाईबाट यो नगरपालिकाले राष्ट्रिय स्तरमा आफ्नो विशिष्ट पहिचान बनाएको छ । पालिका पहिलो खुला शून्य पोलोथिन नगरपालिका समेत बनिसकेको छ । ग्रीन तिलोत्तमा ः क्लिन तिलोत्तमा महाअभियानको क्रममा हालसम्म दुई लाख भन्दा बढी वहुगुणी फलफूल तथा वनस्पतिका विरुवाहरु नगरपालिकामार्फत् रोपिएका छन् । नगरपालिकाले सिटी फ्लावरको रुपमा बेगनबेली निर्धारण गरेको छ भने जन्मदिनमा कम्तिमा एउटा विरुवा रोप्न नगरबासीलाई आह्वान गरेको छ ।

    अहिले बुटवल–बेलहिया सडक खण्ड अन्तर्गत तिलोत्तमा नगर क्षेत्रको १३ किलोमिटर सडक हरियाली र पूmलले ढकमक्क भएको छ ।
    वसन्त ऋतुको आगमनसँगै सडकका डिभाइडरमा फुलेको बेगमबेलीले सडकलाई आकर्षक बनाएको छ । चार वर्षअघि तिलोत्तमा नगरपालिकाले सडकको सौन्दर्यकरणका लागि बेगमबेली नामक फूल लगाएको थियो ।

    तिलोत्तमा नगरभित्र पर्ने १३ किलोमिटर सडकमा नगरपालिकाले ३ हजार बढी बेगमबेली प्रजातिको फूल लगाएको तिलोत्तमा नगरपालिकाका वातावरण शाखा हरियाली प्रवद्र्धन अधिकृत गोरखनाथ खनालले बताए । उनका अनुसार सुक्खा ठाउँमा, कम पानी र जरासमेत जमिनमुनि धेरै नजाने भएकाले तिलोत्तमामा बेगमबेली फूल लगाइएको हो ।

    सडकमा दायाँबायाँ किनार र डिभाइडरमा लगाइएको फूलले यतिबेला धेरैको ध्यान खिचेको छ । सडकमा यात्रु गर्नेहरु गाडिबाटै झरेर तस्वीर लिने समेत गर्दछन् ।

    सडकको सौन्दर्यतालाई सुन्दर बनाएको बेगमबेली फूल संरक्षण नगरपालिकाले गर्दै आएको छ । नगरपालिकाले त्यी पूmलमा पानी राख्ने, गोडमेल गर्नुका साथै फूलहरुलाई छपान गर्न ४२ जना कर्मचारीलाई राखेको नगरपालिकाका कार्यपालिका सदस्य सुरेन्द्र श्रीले बताए ।

    सडकमा बेगमबेलीका अलवा करविर नामको फूल समेत लगाइएको छ । त्यस बाहेक दायाँ र बाँयामा आँप, सिसा फूल, बर, पिपल, स्वामी लगाएतका विरुवाहरु लगाइएको छ । यसले सडक हरियाली बनेको छ ।

    हरियाली प्रबद्र्धन र सरसफाईलाई प्राथमिकतामा राख्ने सुरुवात तत्कालिन नगरप्रमुख बासुदेव घिमिरे र उनको सिंगो टिमले गरेको थियो । अहिलेका नगरप्रमुख रामकृष्ण खांण सहितको नेतृत्वले त्यसलाई आत्मसाथ गरेको छ ।

    निरन्तर सरसफाई अभियान चलाएको तिलोत्तमाले आफूलाई मुलुककैं पहिलो पूर्णसरसफाई उन्मुख नगरपालिका बनाउन सफल भएको छ । नगरपालिकालाई वातावरणमैत्री स्थानीय शासनयुक्त नगरपालिका बनाउने गरी काम अघि बढाइएको छ ।

    नगरपालिकामा सञ्चालित समुदायमा आधारित हरियाली प्रवद्र्धन एवं नियमित सरसफाई अभियानको १०० औं श्रृंखलाको अवसरमा आज नगरपालिकाले मुल समारोह कार्यक्रम गरेको छ । नगरपालिकामा आयोजित मुल कार्यक्रमका अवसरमा तिलोत्तमा नगरपालिकाको मुख्य राजमार्ग क्षेत्रलाई हर्न निषेधित क्षेत्र घोषणा गरिएको छ भने आजकै दिनबाट कुहिने र नकुहिने फोहोरलाई घरबाटै बर्गीकरण गरेर उठाउने निर्णय पनि नगरपालिकाले गरेको छ ।

    तिनाउ न्युज

    तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

    लेखक बाट थप

    प्रतिक्रिया दिनुहोस !

    सम्बन्धित समाचार

    साताको चर्चित