‘सडक सुरक्षा सचेतना तथा म जिम्मेवार यातायात मजदुर’ स्टिकर वितरण कार्यक्रम सम्पन्न तिनाउ सुन पसलमा मालिककै ‘चोरी ड्रामा’, सीसीटीभी फुटेजले गर्‍यो पर्दाफास दूध तथा दुग्धजन्य उत्पादन: व्यवसायिक इमान्दारिता र असल अभ्यासमा जोड हाजिरजवाफ प्रतियोगितामा इश्वरी मावि प्रथम उच्च अदालत बार बुटवलको अध्यक्षमा घिमिरे निर्वाचित भैरहवा सेजमा फर्किँदै उद्योगीको आकर्षण : एकैपटक ६ उद्योग निर्माणाधीन एभरेष्ट प्लाइ ढोका उद्योगमा आगलागी हुँदा पाँच करोडको क्षति कुशीनगरबाट उद्धार गरिएकामध्ये १९ जनामाथि अनुसन्धान सुरु भारतको कुशीनगरमा बन्धक बनाइएका ४५३ जना नेपालीको उद्दार कृष्णनगरका होटलमा अवैध गतिविधि, निगरानी र कारबाहीको माग                
समाचार :

अनेरास्ववियु लुम्बिनी वाणिज्य क्याम्पस द्वारा स्ववियु निर्वाचनको माग गर्दै हस्ताक्षर अभियान सुरु

एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियु लुम्बिनी वाणिज्य क्याम्पसले स्ववियु निर्वाचनको माग गर्दै हस्ताक्षर अभियान चलाएको छ । आगमी चैत ५ गते हुने भनिएको स्ववियु निर्वाचनको चुनाब क्याम्पस प्रशासनले एका एक निर्वाचनका कार्यक्रम स्थगित भएको सुचना निकालेर नहुने भने पछि यथाशीघ्र स्ववियु निर्वाचनको माग गर्दै अनेरास्ववियुले हस्ताक्षर अभियान चलाएको हो।

विद्यार्थीहरुको हक-अधिकारको रक्षा र क्याम्पसको समग्र बिकासको लागि अपरिहार्य मानिने स्वतन्त्र विद्यार्थी युनियनको चुनाब चैत्र ५ गते नै हुनुपर्ने क्याम्पस प्रशासन संग जोडदार माग गर्दै हस्ताक्षर अभियान चलाईएको अनेरास्ववियु लुम्विनी वाणिज्य क्याम्पसका इन्चार्ज विजय कार्कीले बताए ।

कांग्रेस निकट नेपाल विद्यार्थी संघ लगायत अन्य विद्यार्थी संगठनले आफ्नो बिरासत गुम्ने तथा निर्वाचनमा पराजित हुनुपर्ने भय मानसिकताको कारण निर्वाचन भाड्नको लागि निर्वाचन समितीको कार्यालयमा ताला लागेको अनेरास्ववियुको भनाई छ।
निर्वाचन भाड्ने उद्देश्यले नेविसंघले क्याम्पसमा ताला लगाएको हुंदा उक्त ताला खोली तोकिएकै समयमा स्ववियु निर्वाचन गराउन अनेरास्ववियुको प्रमुख माग रहेको छ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित