जि २५ क्लबले लागुऔषध दुव्र्यसनी सम्बन्धी सचेतना कार्यक्रम गर्ने बुटवलमा पुस १४देखि नवौँ जिल्लास्तरीय स्नुकर सम्बन्ध सहकारीको छैठौं साधारणसभा रुपन्देहीको फर्साटिकरमा मंसिर २४ देखि व्यापार महोत्सव तिनाउमा बन्ने ‘सिग्नेचर’ पुलको निर्माण प्रक्रिया सुरू लुम्बिनी विकास कोषकी योजना प्रमुख भट्टलाई निलम्बन गर्न माग दोस्रो क्यानन सेभेन ए साइड फुटबलको च्याम्पियन बन्यो होराईजन जिबिएस, स्कलर्सहोम उपविजेता चौधौँ एभरेष्ट अन्तरविद्यालय वादविवादको उपाधि बुद्ध पब्लिककी अनुस्काले जितिन् अक्सफोर्ड बाट एनसिसीमा तालिम लिन जाने विद्यार्थीहरुलाई विदाई बुटवलको कान्ति माविबाट १२ पास गरेपछि भविष्य खोज्दै काठमाडौँ गएका थिए माधव                
समाचार :

अनेरास्ववियु लुम्बिनी वाणिज्य क्याम्पस द्वारा स्ववियु निर्वाचनको माग गर्दै हस्ताक्षर अभियान सुरु

एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियु लुम्बिनी वाणिज्य क्याम्पसले स्ववियु निर्वाचनको माग गर्दै हस्ताक्षर अभियान चलाएको छ । आगमी चैत ५ गते हुने भनिएको स्ववियु निर्वाचनको चुनाब क्याम्पस प्रशासनले एका एक निर्वाचनका कार्यक्रम स्थगित भएको सुचना निकालेर नहुने भने पछि यथाशीघ्र स्ववियु निर्वाचनको माग गर्दै अनेरास्ववियुले हस्ताक्षर अभियान चलाएको हो।

विद्यार्थीहरुको हक-अधिकारको रक्षा र क्याम्पसको समग्र बिकासको लागि अपरिहार्य मानिने स्वतन्त्र विद्यार्थी युनियनको चुनाब चैत्र ५ गते नै हुनुपर्ने क्याम्पस प्रशासन संग जोडदार माग गर्दै हस्ताक्षर अभियान चलाईएको अनेरास्ववियु लुम्विनी वाणिज्य क्याम्पसका इन्चार्ज विजय कार्कीले बताए ।

कांग्रेस निकट नेपाल विद्यार्थी संघ लगायत अन्य विद्यार्थी संगठनले आफ्नो बिरासत गुम्ने तथा निर्वाचनमा पराजित हुनुपर्ने भय मानसिकताको कारण निर्वाचन भाड्नको लागि निर्वाचन समितीको कार्यालयमा ताला लागेको अनेरास्ववियुको भनाई छ।
निर्वाचन भाड्ने उद्देश्यले नेविसंघले क्याम्पसमा ताला लगाएको हुंदा उक्त ताला खोली तोकिएकै समयमा स्ववियु निर्वाचन गराउन अनेरास्ववियुको प्रमुख माग रहेको छ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित