तिनाउ सुन पसलमा मालिककै ‘चोरी ड्रामा’, सीसीटीभी फुटेजले गर्‍यो पर्दाफास दूध तथा दुग्धजन्य उत्पादन: व्यवसायिक इमान्दारिता र असल अभ्यासमा जोड हाजिरजवाफ प्रतियोगितामा इश्वरी मावि प्रथम उच्च अदालत बार बुटवलको अध्यक्षमा घिमिरे निर्वाचित भैरहवा सेजमा फर्किँदै उद्योगीको आकर्षण : एकैपटक ६ उद्योग निर्माणाधीन एभरेष्ट प्लाइ ढोका उद्योगमा आगलागी हुँदा पाँच करोडको क्षति कुशीनगरबाट उद्धार गरिएकामध्ये १९ जनामाथि अनुसन्धान सुरु भारतको कुशीनगरमा बन्धक बनाइएका ४५३ जना नेपालीको उद्दार कृष्णनगरका होटलमा अवैध गतिविधि, निगरानी र कारबाहीको माग रोट्रयाक्ट डाउनटाउनले विद्यालयलाई दियो दुई थान फिल्टर मेशिन                
समाचार :

द जंग स्ट्रोङ नेल आर्ट प्रा.लि.ले विदेश पठाउने भन्दै ‘ठग्दै’, पिडितहरु पुगे प्रहरी कार्यालय

बुटवल । बुटवलको कालिकानगरमा रहेको द जंग स्ट्रोङ नेल आर्ट प्रा.लि.ले विदेश पठाउने भन्दै आफुहरुलाई ‘ठगि’ गरेको पिडितहरुले बताएका छन् । दुवईमा जव ग्यारेन्टी भन्दै विज्ञापन गरेपनि नेल आर्टले एक बर्ष सम्म पनि आफुहरुलाई विदेश नलगि झुलाएको पिडितहरुको आरोप छ ।

३ महिना सम्म नेल आर्ट सिक्ने, त्यसपछि २ महिना ओजेटी गर्ने र एक महिनामा प्रक्रिया पुराएर दुवई पठाउने भन्दै नेल टेक्निसिएनमा भर्ना लिएपनि एक बर्ष सम्म पनि नेल आर्टले विदेश नपठाएको पिडित मौसमी कार्कीले बताईन ।

‘जव ग्यारेन्टी भनेर भर्ना भयौं । तर १ बर्ष सम्म पनि विदेश पठाउन सकेन । त्यहि कारण हामी अहिले नेल आर्टको विरुद्धमा छौ’ उनले भनिन् ।
दुवई जाने भन्दै कार्की सहित अन्य ७ जनाले प्रतिव्यक्ति ४ लाख रुपैयाँ द जंग स्ट्रोङ नेल आर्ट प्रा.लिलाई बुझाएका थिए । उक्त रकम २ लाख टे«डिङ खर्च र २ लाख विदेश जाँदा लाग्ने खर्च भनी नेल आर्टले लिएको थियो ।

तर एक बर्ष सम्म पनि विदेश नलगेपछि अहिले आफुहरुले ४ लाख मध्ये आधा रकम टे«डिङ खर्चका साथै प्रोसेसिङमा खर्च भएको भएपनि ४ लाखको आधा रकम २ लाख आफुहरुले फिर्ता पाउनुपर्ने उनले बताईन ।

अर्की पिडित जुनु परियारले विदेश पठाउने भन्दै १ बर्ष सम्म अल्मलाएपछि अहिले आफुहरुले प्रा.लिलाई दिएको आधा रकम फिर्ता मागेको बताईन ।‘४ लाख रुपैया नेल आर्टले माग्दा हामीलाई मासिक १ लाख तलव हुन्छ भनेर आश्वासन समेत दिएका थिए । तर अहिले विदेश पठाएनन । आधार रकम फिर्ता देउँ भन्दा पनि दिएका छैनन्’ उनले भनिन् ।


अहिले रकम फिर्ता माग गर्दै पिडितहरु ईलाका प्रहरी कार्यालय सम्म पुगेका छन् । ईलाका प्रहरी कार्यालयले मध्यस्तको भुमिका निर्वाह गरेपनि यो विषय बैदेशिक रोजगार विभाग संग सम्बन्धित रहेको ईलाका प्रहरी कार्यालय बुटवलका प्रमुख दान बहादुर थापाले बताए ।

उनले पहिलो चरणमा दुवै पक्षलाई राखेर समधानको बाटो खोज्न आग्रह गरेपनि अहिले सम्म यो विषयको टुंगो दुवै पक्षले नगरेको बताए ।

पिडितहरु दुर्गा रायमाझिले ४ लाख २० हजार, जुनु परियारले २ लाख ७५ हजार, दिपिका सापकोटा, सोनम सुनार, तुल्सी खत्रीले ३ लाख ५० हजार÷३ लाख ५० हजार, मौसमी कार्कीले ३ लाख २० हजार र सिखा गुरुङले २ लाख ३५ हजार नेल आर्टलाई बुझाएका छन् ।

द जंग स्ट्रोङ नेल आर्ट प्रा.लिका बुटवल प्रमुख विजेन्द्र मल्ल (किरण)ले कतिपयको प्रक्रिया पुरा हुन नसकेको स्वीकार गर्दै पैसाको फिर्ताको विषयमा काठमाडौंको केन्द्रीय कार्यालयमा छलफल भइरहेको बताए ।

उनले आफुहरुले डिसिजन गर्न नसक्ने भएपछि प्रा.लिका कार्यकारी निर्देशकलाई बुटवलमा बोलाएको बताए । आईतबार कार्यकारी निर्देशक सुनिल जंग मल्ल आएपछि मात्र यस बारे निचोडमा पुग्ने उनले बताए ।

प्रा.लिका जनरल म्यानेजर निरज जिरेलले रकम फिर्ता गर्ने विषयमा काठमाडौंमा कुरा भइरहेको बताए ।
काठमाडौंमा केन्द्रीय कार्यालय रहेको द जंग स्ट्रोङ नेल आर्ट प्रा.लिले बुटवल बाट पनि कामदारलाई विदेश पठाउने गर्दछ ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित