तिनाउ सुन पसलमा मालिककै ‘चोरी ड्रामा’, सीसीटीभी फुटेजले गर्‍यो पर्दाफास दूध तथा दुग्धजन्य उत्पादन: व्यवसायिक इमान्दारिता र असल अभ्यासमा जोड हाजिरजवाफ प्रतियोगितामा इश्वरी मावि प्रथम उच्च अदालत बार बुटवलको अध्यक्षमा घिमिरे निर्वाचित भैरहवा सेजमा फर्किँदै उद्योगीको आकर्षण : एकैपटक ६ उद्योग निर्माणाधीन एभरेष्ट प्लाइ ढोका उद्योगमा आगलागी हुँदा पाँच करोडको क्षति कुशीनगरबाट उद्धार गरिएकामध्ये १९ जनामाथि अनुसन्धान सुरु भारतको कुशीनगरमा बन्धक बनाइएका ४५३ जना नेपालीको उद्दार कृष्णनगरका होटलमा अवैध गतिविधि, निगरानी र कारबाहीको माग रोट्रयाक्ट डाउनटाउनले विद्यालयलाई दियो दुई थान फिल्टर मेशिन                
समाचार :

तिलोत्तमाको सिक्सलेनमा आज मानव साङ्लो, प्रत्येक वडाबाट अभियानमा सहभागि हुन अपिल

तिलोत्तमा। तिलोत्तमा नगरपालिकामा सञ्चालित समुदायमा आधारित हरियाली प्रवद्र्धन एवं नियमित सरसफाई अभियानको १०० औं श्रृंखलाको अवसरमा आयोजना गरिएको सप्ताहव्यापी कार्यक्रमअनुसार मंगलबार अर्थात् आज सिक्सलेनमा मानव साङ्लो सहितको सरसफाई हुने भएको छ । अयिभानमा सबै नागरिकबासीको साथ, समर्थन र एकता छ भन्ने सन्देश दिई प्रतिबद्धता जनाउने उद्देश्यले मानव साङ्लो आयोजना गरिएको हो ।
मंगलबार बिहान ८ बजेदेखि सिक्सलेनको योगिकुटीदेखि मधवलियासम्मका १७ वटा चोकमा नगरबासी भेला भएर मानव साङ्लो तयार गरिने कार्यक्रम रहेको छ । सरसफाई तिलोत्तमाको पहिचान र सभ्याता हो भन्ने कुरामा सबै नगरबासीको प्रतिबद्धता र एकताको सन्देश दिन मानव साङ्लो निकाल्न लागिएको अभियानका संयोजक सुरेन्द्र श्रीले जानकारी दिनुभयो । नगरपालिकाले मानव साङ्लोमा सहभागी हुन सम्पूर्ण नगरबासीमा अनुरोध समेत गरेको छ ।
यस्तै मंगलबार नैं मणिग्राम चोकमा निर्माण गरिएको सरसफाई स्मारक उद्घाटन गर्ने कार्यक्रम समेत राखिएको छ । श्रृंखला १०० औं मा प्रवेश गरेको स्मरणमा मणिग्राममा स्मारक निर्माण गरिएको हो । सप्ताहव्यापी कार्यक्रमअनुसार बुधबार नगरपालिकामा मुख्य समारोह आयोजना गरिएको छ ।
तिलोत्तमा नगरपालिकामा २०७४ सालबाट नियमित सरसफाई अभियान सुरु भएको थियो । आगामी चैत्र १ गते एक सयौं श्रृंखलामा पुग्ने अभियान अन्तर्गत हरेक महिनाको १ र १५ गते नगर प्रमुख, उपप्रमुखलगायतका जनप्रतिनिधिहरुको सहभागितामा नगर स्तरीय सरसफाई अभियान सञ्चालन हुँदै आएको छ । वडा कार्यालय र टोल विकास संस्थाहरु समेतले नियमित सरसफाई अभियान चलाउँदै आएका छन् ।
निरन्तर सरसफाई अभियान चलाएको तिलोत्तमाले आफूलाई मुलुककैं पहिलो पूर्णसरसफाई उन्मुख नगरपालिका बनाउन सफल भएको छ । ग्रीन तिलोत्तमा ः क्लिन तिलोत्तमा महाअभियानको क्रममा नगरपालिकामा यहीँ फागुन २५ बाट सप्ताहव्यापी कार्यक्रमहरु आयोजना गरिएका छन् ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित