मोतिपुर औद्योगिक क्षेत्रभित्रका बस्ती हटाउन पत्राचार उच्च अदालत बुटवलको जग्गा फिर्ता, कब्जा गरेर बनाइएका संरचना भत्काइयो फालिएका प्लास्टिक प्रशोधन गरी बुटवलमा इँटा उत्पादन लुम्बिनी प्रदेश सभाको आठौँ अधिवेशन आजदेखि युवालाई प्रविधिसँग जोड्दै तिलोत्तमा नगरपालिका थोर्गा रुपन्देही सम्पर्क समाजद्वारा २०८३ सालको भित्तेपात्रो विमोचन सशक्त सहकारीद्वारा सदस्यलाई पेन्सन वितरण सुरु लुम्बिनी प्रादेशिक अस्पतालमा ‘एमआरआई’ सेवा सुरु नमराज–दिलिप स्मृति दिवसमा निजामति कर्मचारी संगठन रुपन्देहीद्वारा रक्तदान कार्यक्रम बुटवल उपमहानगरपालिकाको सार्वजनिक सुनुवाइ                
समाचार :

सगरहवाः जहाँ ७७ हजार शाक्यको सामुहिक बध भयो

बुटवल । ७७ हजार शाक्यको सामूहिक बध भएको स्थलका रुपमा मानिएको कपिलवस्तु नगरपालिका वडा नम्बर ९ सगरहवा यतिबेला आन्तरिक एवं बाह्य पर्यटकको पर्खाइमा रहेको छ । जगदिसपुर ताल नजिकै रहेको यो ऐतिहासिक स्थल अहिले पनि ओझेलमा परेको छ ।

शाक्यमुनी बुद्धको जीवनको उतारार्धतिर कोशाला राज्यका राजा विरुढकले प्रतिशोधका कारण कपिलबस्तु राज्यका शाक्यहरुको बध गरेको स्थानका रुपमा सगरहवालाई चिनिन्छ ।

संरक्षण विहिन अवस्थामा रहेको र नजिकै मानवनिर्मित जगदिशपुर तालसंग जोड्दै पर्यटक आर्कषित गर्नुपर्ने आवाज बेला बेलामा उठिरहेपनि परिणामुखी कार्य भने हुन सकिरहेको छैन् ।

लुम्बिनी विकास कोषले समेत केही औपचारिक कार्य मात्र गरेर सगरहवाको विकास हुन नसक्ने स्थानिय अर्जुन थारुले बताए ।

लुम्बिनी विकास कोषका कोषाध्यक्ष सिद्धिचरण भट्टराई (ढुण्डिराज) ले पुरातात्विक महत्व उजागर गर्दै पर्यटन प्रर्वद्धन गर्ने गरि मूर्तीकला कार्यशाला गत हप्ता गरेको र कोषले सो क्षेत्रको प्रबद्र्धनका लागि अन्य कार्यहरुलाई पनि अगाडि सारेको बताए ।

सगरहवामा सन १८९७ मा नेपाल सरकारको तर्फबाट डा. फुरहरद्धारा गरिएको उत्खनन अन्वेषणमा ठूलो र वर्गाकार स्तुपको चारै दिशामा ससना स्तुपा र १७ वटा ठूला स्तुपा एंव मुख्य स्तुपाभित्र हुड्डी, सुन, चांदी, क्रिस्टल तथा रुवी लगायतका सामाग्री भेटिएको थियो ।

सगरहवामा ३ हजार बर्षअघिका पुरातात्विक बस्तुहरुको संरक्षण गर्ने गरि विकास कोष र पुरातात्व विभागले काम गर्नुपर्ने स्थानियहरु बताउंछन् ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित