तिनाउ सुन पसलमा मालिककै ‘चोरी ड्रामा’, सीसीटीभी फुटेजले गर्‍यो पर्दाफास दूध तथा दुग्धजन्य उत्पादन: व्यवसायिक इमान्दारिता र असल अभ्यासमा जोड हाजिरजवाफ प्रतियोगितामा इश्वरी मावि प्रथम उच्च अदालत बार बुटवलको अध्यक्षमा घिमिरे निर्वाचित भैरहवा सेजमा फर्किँदै उद्योगीको आकर्षण : एकैपटक ६ उद्योग निर्माणाधीन एभरेष्ट प्लाइ ढोका उद्योगमा आगलागी हुँदा पाँच करोडको क्षति कुशीनगरबाट उद्धार गरिएकामध्ये १९ जनामाथि अनुसन्धान सुरु भारतको कुशीनगरमा बन्धक बनाइएका ४५३ जना नेपालीको उद्दार कृष्णनगरका होटलमा अवैध गतिविधि, निगरानी र कारबाहीको माग रोट्रयाक्ट डाउनटाउनले विद्यालयलाई दियो दुई थान फिल्टर मेशिन                
समाचार :

छानबिन समितिको निष्कर्षः बुटवलका तत्कालिन डिएसपी ठगबहादुर केसीले बदनियत राखेर सुन आफैंले राखे

बुटवल । व्यापारी संग बाट सुन नियन्त्रणमा ल्याइ आफै राख्दा निवास बाट सुन सहित पक्राउ परेका बुटवल ईलाका प्रहरी कार्यालयका तत्कालिन डिएसपी ठगबहादुर केसीले बदनियत अनुसार नै सुन आफैले राखेको खुलेको छ ।
साथै उनले नियन्त्रणमा लिएको सुन रितपुर्वक बरामद समेत नगरेको प्रहरीको छानविन बाट खुलेको छ ।
व्यापारीले ल्याएको सुन नियन्त्रणमा लिएर आफैले राखेको सूचना पाएपछि ११ पुसमा डिएसपी ठग बहादुर केसीलाई प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरो सिआईबीले निवासबाटै सुन सहित पक्राउ गरेको थियो ।
त्यसपछि उनलाई निलम्बन गरी छानविन समिति मार्फत अनुसन्धान गरिएको थियो । उक्त छानविन समितिले डिएसपी ठगबहादुर केसीले सुन व्यापारीसंग रितपुर्वक सुन बरामद नगरेको र बदनियत राखेर आफैले लिन खोजेको निष्कर्ष निकालेको छ ।
साथै केसीबारे छानबिन गर्न गठित समितिले छानबिन पुरा गरि प्रहरी महानिरिक्षक धिरज प्रताप सिंहलाई प्रतिवेदन समेत बुझाएको छ । छानबिन समितिले सुन वैध भए फिर्ता गर्नुपर्ने र अवैध भए राजस्वमा बुझाउनु पर्ने भएपनि केसीले बद्नियत राखेको उल्ल्ेख छ । साथै उनले सुन बरामद गरेपछि प्रचलित कानुन बमोजिम गर्नुपर्नेमा डिएसपी केसीले आफ्नो पदीय दायित्व पुरा गरेको नदेखिएको उल्लेख छ ।
प्रहरी प्रधान कार्यालयका प्रवक्ता प्रहरी नायब महानिरिक्षक पोषराज पोखरेलले समितिको सिफारिस अनुसार थप अनुसन्धान र कारबाहीको लागी अब अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा पठाउने निर्णय गरिएको बताए ।
गत मंसिरमा बुटवलका सुन व्यापारी किसन बिकको साथबाट ३६ तोला ३२ लाल सुन बरामद गरेपनि केसीले सुनको वैध वा अवैध के हो भन्नेबारे छानविनका लागि मुद्धा नचलाई आफैले राखेको सूचना पाएपछि प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरो सिआईबीले केसीलाई निवासबाटै पक्राउ गरेको थियो । सिआईबीको टोलीले विकसंग बरामद गरेको सुन फिर्ता गर्न केसीले लिएको ८ लाख ५० हजार नगद रुपैयां र ९ लाख ५० हजार रुपैयांको चेकसमेत केसीको निवासबाट बरामद गरेको थियो ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित