दाउन्ने सडक २ महिनासम्म एकतर्फी सञ्चालन हुने, वैकल्पिक मार्गको प्रयोग गर्न आग्रह बुटवलको अर्घाखाँची लुम्बिनी होटलमा पुरुषको रहस्यमय मृत्यु रोहिणी गाउँपालिकामा ५५० वटा लालपूर्जा वितरण तिलोत्तमा यूसीएलजी एसिया प्रशान्त क्षेत्रको काउन्सिल सदस्यमा निर्वाचित गुल्मीमा छोराको कुटपिटबाट बुवाको मृत्यु, आमा गम्भीर घाइते आज हरि बोधिनी एकादशी, तुलसीको विवाह गरिँदै पाल्पाको सत्यवती तालमा कार्तिक १८ देखि धार्मिक मेला कमल गौतमः जसले जीवनभर उद्योगी र मजदूरको हितमा बोलिरहे रातै भएर बग्याे तिनाउ, यस्ताे छ कारण भद्रकाली सहकारी द्वारा निःशुल्क मृगौला परीक्षा र औषधि वितरण                
समाचार :

लुम्बिनीमा अल्पकालीन भिक्षु बनाउन प्रव्रज्या सुरु

बुद्ध जन्मभूमि लुम्बिनीमा पाँच सय जना कुलपुत्र प्रव्रज्या (अल्पकालीन भिक्षु) कार्यक्रम सुरु भएको छ । प्रत्येक वर्ष अल्पकालीन भिक्षु भिक्षुणी बन्नका लागि कपाल मुन्डन गरी प्रव्रज्या गर्ने गरिन्छ ।

अखिल नेपाल भिक्षु महासंघ र थाइ भिक्षु महासंघको संयुक्त आयोजना आइतबार लुम्बिनीस्थित कोरियन विहारमा प्रव्रज्या सरु भएको हो । थाइ विहारका महास्थविर भिक्षु सुपोतले नेपालका विभिन्न जिल्लाबाट लुम्बिनी आएकाहरुलाई प्रव्रज्या (अल्पकालीन भिक्षु) सुरु गरे ।

उक्त अवसरमा महास्थविर सुपोतले बुद्धधर्मको अनुयायी भएर अल्पकालीन भिक्षु बन्न तयार भएकाहरुलाई स्वागत गर्दै बुद्धको ज्ञान, बुद्धको सन्देश ग्रहण गर्न आग्रह गरे । उक्त अवसरमा लुम्बिनी विकास कोषका सदस्य सचिव सानुराजा शाक्य, योजना प्रमुख सरोज भट्टराईको सहभागिता रहेको थियो ।  शनिबार काठमाडौंमा प्रव्रज्या गरिएको थियो ।काठमाडौं र लुम्बिनीमा गरी ५ सय जनालाई प्रव्रज्या गराउने कार्यक्रम रहेको भिक्षु महासंघले जनाएको छ । अगामी २ चैतमा बुद्ध जन्मभूमि लुम्बिनीस्थित मायादेवी मन्दिरमा ५ सय जनाको प्रव्रज्या हुने संस्थाले जनाएको छ । प्रव्रज्याको समापन १७ चैतमा हुने भएको जनाइएको छ । लुम्बिनीमा प्रत्येक वर्ष प्रव्रज्या कार्यक्रम हुँदै आएको छ ।

 

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित