३ जना सवार मोटरसाइकल दुर्घटना हुँदा १८ र २४ वर्षका युवकको मृत्यु दाउन्ने सडक २ महिनासम्म एकतर्फी सञ्चालन हुने, वैकल्पिक मार्गको प्रयोग गर्न आग्रह बुटवलको अर्घाखाँची लुम्बिनी होटलमा पुरुषको रहस्यमय मृत्यु रोहिणी गाउँपालिकामा ५५० वटा लालपूर्जा वितरण तिलोत्तमा यूसीएलजी एसिया प्रशान्त क्षेत्रको काउन्सिल सदस्यमा निर्वाचित गुल्मीमा छोराको कुटपिटबाट बुवाको मृत्यु, आमा गम्भीर घाइते आज हरि बोधिनी एकादशी, तुलसीको विवाह गरिँदै पाल्पाको सत्यवती तालमा कार्तिक १८ देखि धार्मिक मेला कमल गौतमः जसले जीवनभर उद्योगी र मजदूरको हितमा बोलिरहे रातै भएर बग्याे तिनाउ, यस्ताे छ कारण                
समाचार :

सात सय आवेदकको ३८ लाख रूपैयाँ खोइ कृषि मन्त्रालय?

बुटवलः २७ भदौ ०७७ मा लुम्बिनी प्रदेश सरकारको कृषि मन्त्रालयले सेवा करारमा प्राविधिक (अधिकृत स्तर तथा सहायक स्तर) अधिकृतमा कर्मचारी माग्यो। कुल १ सय ७५ जना कर्मचारी माग गरिएकोमा ७ सय भन्दा बढिले आवेदन दिए।

मन्त्रालयले आवेदन लिएको २ वर्षभन्दा बढी भइसक्दा पनि अझै कर्मचारी छनोट गरेको छैन। कर्मचारी छनोट कार्यविधि ०७७ अनुसार सेवा करारमा कर्मचारी माग गरेको कृषि मन्त्रालयले यसरी वर्षौंसम्म आवेदन लिएर झुलाउँदा आवेदनकर्ताहरू आक्रोशित त छन् नै मन्त्रालय र सरकारको जवाफदेहितामाथिसमेत प्रश्न उठाएका छन्।

 

करारमा कर्मचारीका लागि आवेदन माग गर्दा कृषि तथा इन्जिनियरिङ्ग सेवा अधिकृतको लागि १ हजार रूपैयाँ र सहायक पदका लागि ५ सय रूपैयाँ दस्तुर समेत तिरेका आवेदन कर्ताहरूले २ वर्षसम्म कर्मचारी छनोट नहुँदा दस्तुर बापत उठाएको रकमको खोजी हुन थालेको छ। यसरी दरखास्त बाट मात्र ३८ लाख रूपैयाँ उठेको थियो।

मन्त्रालयले पशु सेवा प्राविधिक, कम्युटर इन्जिनियर, कृषि अर्थ विज्ञदेखि लिएर बागवानी, बाली विकास, बाली संरक्षण लगायतका पदमा आवेदन खुलाउँदा दस्तुर बापत ३८ लाख रूपैयाँ उठेको थियो। आवेदन दिएकामध्ये एक शिवम जैसवालले मन्त्रालयले राजश्व बापत ३८ लाख रूपैयाँ लिए पनि प्रक्रियासमेत अघि नबढेकाले आफूहरूको रकम ब्याजसहित फिर्ता पाउनुपर्ने माग गरे।

अर्का आवेदक भुवन सुवेदीले सरकारले राजश्व लिए पनि परीक्षा नै स्थगित गरेकाले तत्काल ब्याज सहित पैसा फिर्ता गर्नुपर्ने बताए। उनले भने, ‘कि हामीलाई विज्ञापन अनुसार छनोटमा भाग लिने व्यवस्था गर्नुपर्‍यो कि रकम फिर्ता गनुपर्‍यो।’

अख्तियारले हात हालेपछि सबै प्रक्रिया स्थगित
त्यसो त मन्त्रालयले कर्मचारीको छनोट सुरु गरे पनि ‘सर्ट लिस्ट’ प्रकाशन गर्दा आवेदकहरूले आपत्ति जनाएका थिए। १८ असोज ०७७ मा ‘सर्ट लिस्ट’ प्रकाशन गरेको मन्त्रालयले २५ असोजमा अन्तरवार्ता भन्दै सूचना निकाल्यो। ३० असोजसम्म सबै प्रक्रिया टुंगाउने योजनासहित मन्त्रालय अघि बढे पनि आवेदकको आपत्ति जनाए।

मन्त्रालयले कर्मचारी छनोट गर्दा डकुमेन्टको आधारमा छनोट गर्ने लिखित नगर्ने कार्यविधि बनाएर आवेदन मागेपनि छनोटमा त्रुटि भएकाले आफूहरूले पदपूर्ति समितिसमक्ष आपत्ति जनाएको आवेदक जैसवालले बताए। विद्यार्थीहरूले कर्मचारी छनोटमा प्रश्न उठाएपछि यो विषय अख्तियार पुग्यो।

त्यसपछि २३ असोजमा मन्त्रालयले पुर्व निर्धारित अन्तरवार्ताको सबै कार्यक्रम स्थगित गर्‍याे। कर्मचारी छनोट समयमै नभएपछि जागिरका लागि भन्दै आवेदन दिएका धेरै जना विदेश पलायन भइसकेको जैसवालको भनाइ छ।

मन्त्रालयका प्रवक्ता अनिल मरासनीले मन्त्रालयबाट राजश्वमार्फत प्रदेशको अर्थ मन्त्रालयमा ३८ लाख रूपैयाँ जम्मा भएको बताउँदै आवेदन कर्ताको रकम फिर्ता गर्ने बारे कार्यदलले अध्ययन गरिरहेको बताए।

कोभिडका कारण उक्त विज्ञापन स्थगित भएको र सरकार परिर्वतनसँगै सरकारको योजना, लक्ष्य पनि परिर्वतन भएकाले अब विज्ञापन अनुसार कर्मचारी छनोट असम्भव रहेको उनले बताए।

‘सर्ट लिस्ट सार्वजनिकन भइसकेको अवस्थामा सर्ट लिस्टमा परेकाहरूको मात्र रकम फिर्ता दिने कि सबैलाई दिने भन्ने विषयमा अध्ययन भइरहेको छ,’ प्रवक्ता मरासिनीले भने, ‘कार्यदलले दिएको निचोडका आधारमा निर्णय लिन्छौं।’

कर्मचारी भर्ना स्थानीय तहलाई
कृषि मन्त्रालयले कर्मचारी छनोट गर्ने विषयमा विवाद भएपछि अन्ततः कर्मचारीको छनोट स्थानीय तहले गर्ने भएका छन्। स्थानीय तहमा कृषि तथा पशु क्षेत्रका अधिकृत राख्ने गरी मन्त्रालयले बजेट विनियोजन गरेकाले अब स्थानीय तहले मापदण्ड र कार्यविधि अनुसार कर्मचारी भर्ना गर्नेछन्।

प्रदेशका १ सय ९ वटा पालिका मध्ये १ सय २ वटा पालिकामा कृषि तथा पशु क्षेत्रका अधिकृत राख्न पाउने गरी बजेट पठाइएको मन्त्रालयका सूचना अधिकृत शालिकराम गौतमले बताए। उनका अनुसार मन्त्रालयले २ वर्षदेखि कृषि तथा पशु अधिकृतको लागि तलब बापतको रकम सिधै पालिकामा पठाउँदै आएको छ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित