युवालाई प्रविधिसँग जोड्दै तिलोत्तमा नगरपालिका थोर्गा रुपन्देही सम्पर्क समाजद्वारा २०८३ सालको भित्तेपात्रो विमोचन सशक्त सहकारीद्वारा सदस्यलाई पेन्सन वितरण सुरु लुम्बिनी प्रादेशिक अस्पतालमा ‘एमआरआई’ सेवा सुरु नमराज–दिलिप स्मृति दिवसमा निजामति कर्मचारी संगठन रुपन्देहीद्वारा रक्तदान कार्यक्रम बुटवल उपमहानगरपालिकाको सार्वजनिक सुनुवाइ लुम्बिनी प्रादेशिक अस्पताल ११६ वर्षमा प्रवेश, विस्तारसँगै सहज र सुलभ सेवाप्रवाहको अपेक्षा बुटवल पब्लिक स्कुलको नयाँ शैक्षिक योजनाः अनुसन्धान, व्यवहारिकता र प्रविधिमा जोड रुपन्देही–२ मा पराजित उम्मेदवार विश्वदीप पाण्डेद्वारा विजयी शुलभ खरेललाई बधाई रुपन्देहीमा १२ उम्मेदवारले मात्र जोगाए जमानत                
समाचार :

बुटवल औद्योगिक क्षेत्र उद्योग संघको अध्यक्षमा हिरामणी भट्टराई पुनः निर्वाचित

बुटवल । बुटवल औद्योगिक क्षेत्र उद्योग संघको २१ औँ वार्षिक साधारण सभा तथा ११ औँ अधिवेशनबाट अध्यक्षमा हिरामणी भट्टराई पुनः सर्वसम्मत निर्वाचित भएका छन् ।
अधिवेशन अन्तरगत आगामी कार्यकालको नयाँ नेतृत्व चयनका लागि तय भएको निर्वाचन कार्यक्रम अनुसार बुधवार उम्मेदवारी दर्ता कार्य सम्पन्न भएको थियो । निर्वाचन समितिका संयोजन अधिवक्ता यमलाल खनालका अनुसार निर्वाचन कार्य तालिका अन्तरगत सबै पदमा एकल उम्मेदवारी परेका कारण नया कार्य समिति निर्विरोध निर्वाचित भएको बताए ।
खनालका अनुसार संघको अध्यक्षमा हिरामणी भट्टराई, उपाध्यक्षमा उपेन्द्र अग्रवाल, महासचिवमा प्रज्वल थान्जु, कोषाध्यक्षमा कमल ज्ञवाली, सचिवमा राम प्रसाद ज्ञवाली तथा सदस्यहरुमा यादव प्रसाद भण्डारी, कोसलराज भण्डरी, सुमन अस्याल र विनोदराज न्यौपाने निर्वाचित भएका छन् ।
नवनिर्वाचित नया कार्य समितिलाई प्रदेश प्रमुख अमिक शेरचनले प्रमाण वितरण गरे । बुटवल औद्योगिक क्षेत्रमा सञ्चालनमा रहेका उद्योगहरु सदस्य रहने संघमा ५७ उद्योग आवद्ध रहेका छन् । संघले औद्योगिक क्षेत्रमा रहेका उद्योगहरुको संरक्षण र त्यहा आउने समस्याहरुका बारेमा काम गर्दै आएको छ ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित