रुपन्देही उद्योग संघको नयाँ नेतृत्वको लागि उम्मेदारी, अधिकांश पदमा निर्विरोध दुई सिफ्टमा प्रादेशिक अस्पतालका सेवा सञ्चालन गरौंः मुख्यमन्त्री आचार्य लाइन जोडिएपछि पञ्चकन्याका उद्योग सञ्चालनमा ३ जना सवार मोटरसाइकल दुर्घटना हुँदा १८ र २४ वर्षका युवकको मृत्यु दाउन्ने सडक २ महिनासम्म एकतर्फी सञ्चालन हुने, वैकल्पिक मार्गको प्रयोग गर्न आग्रह बुटवलको अर्घाखाँची लुम्बिनी होटलमा बसेका पुरुषको रहस्यमय मृत्यु रोहिणी गाउँपालिकामा ५५० वटा लालपूर्जा वितरण तिलोत्तमा यूसीएलजी एसिया प्रशान्त क्षेत्रको काउन्सिल सदस्यमा निर्वाचित गुल्मीमा छोराको कुटपिटबाट बुवाको मृत्यु, आमा गम्भीर घाइते आज हरि बोधिनी एकादशी, तुलसीको विवाह गरिँदै                
समाचार :

१३ तस्वीरमा हेर्नुहोस, गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट जजिरा एयरवेजको पुनः उडान

कुवेतको जजिरा एयरवेजले गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट पुनः उडान सुरू गरेको छ।

विमानस्थल व्यावसायिक रुपमा सञ्चालनमा आएसँगै कुवेतमा नियमित उडान गर्दै आएको जजिराले मौसमको कारण देखाउँदै पुस ६ गतेदेखि उडान रोकेको थियो। जजिराले करिब साढे दुई महिनापछि कुवेत-भैरहवा पुनः उडान सुरू गरेको हो।

जजिराको विमान कुवेतबाट ६६ जना यात्रु लिएर बिहीबार बिहान ७ बजेर १५ मिनेटमा विमानस्थलमा अवतरण गरेको थियो। उक्त जहाज ८ बजेर ५ मिनेटमा ९३ जना यात्रु लिएर कुवेत उडेको विमानस्थलका प्रवक्ता सुवास झाले बताए।

जजिराले कुवेत-भैरहवा मंगलबार, बिहीबार र शनिबार गरी सातामा तीन उडान गर्नेछ। हाललाई भैरहवादेखि कुवेतसम्म २८ हजार आठ सय ३६ रुपैयाँको विशेष प्रारम्भिक एकतर्फी उडानका भाडा कायम गरेको छ।

१३ तस्वीरमा हेर्नुहोस

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित