तिनाउ सुन पसलमा मालिककै ‘चोरी ड्रामा’, सीसीटीभी फुटेजले गर्‍यो पर्दाफास दूध तथा दुग्धजन्य उत्पादन: व्यवसायिक इमान्दारिता र असल अभ्यासमा जोड हाजिरजवाफ प्रतियोगितामा इश्वरी मावि प्रथम उच्च अदालत बार बुटवलको अध्यक्षमा घिमिरे निर्वाचित भैरहवा सेजमा फर्किँदै उद्योगीको आकर्षण : एकैपटक ६ उद्योग निर्माणाधीन एभरेष्ट प्लाइ ढोका उद्योगमा आगलागी हुँदा पाँच करोडको क्षति कुशीनगरबाट उद्धार गरिएकामध्ये १९ जनामाथि अनुसन्धान सुरु भारतको कुशीनगरमा बन्धक बनाइएका ४५३ जना नेपालीको उद्दार कृष्णनगरका होटलमा अवैध गतिविधि, निगरानी र कारबाहीको माग रोट्रयाक्ट डाउनटाउनले विद्यालयलाई दियो दुई थान फिल्टर मेशिन                
समाचार :

जिफन्टले लुम्बिनी प्रदेशमा विभिन्न कार्यक्रम गरी नारी दिवस मनायो

बुटवल । श्रमिकहरुको छाता संगठन जिफन्टले ११३ औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस लुम्बिनी प्रदेशका विभिन्न जिल्लामा कार्यक्रम गरी मनाएको छ । लैगिक समान्ता र सशक्तीकरणका लागि प्रविधिमा दक्षता र नेतृत्व बिकास भन्ने मुल नारा सहित जिफन्टले लुम्बिनी प्रदेशभर विभिन्न कार्यक्रमको आयोजना गरी दिवस मनाएको हो ।
जिफन्ट रुपन्देही जिल्ला समन्वय कमिटीले जिल्ला भित्र रहेका जिफन्ट आबद्ध घटक युनियनहरुका जिम्मेवारीमा रहेका महिला नेतृहरुको उपस्थितीमा छलफल कार्यक्रम गरेको थियो भने नेपालगञ्जमा क्युफेक नेपालका महिलाहरुलाई लक्षित गर्दै निशुल्क स्वास्थ्य चेकजाँच सहित आवश्यक सामाग्री वितरण गरेको थियो ।
बर्दियामा जिफन्ट आबद्ध घटक युनियनका जिम्मेवारीमा रहेका श्रमजीवी महिलाहरु को भब्य उपस्तिथिमा सचेतनामुलक ¥याली सम्पन्न भएको छ । त्यसैगरी कपिलवस्तु, नवलपरासी, पाल्पा लगायतका ठाउँहरुमा पनि विभिन्न बिषयमा प्रशिक्षण सहित कार्यक्रम सम्पन्न भएको छ ।
बुटवलमा जिफन्ट प्रदेश कमिटी को सभाहलमा पनि एक कार्यक्रमको आयोजना गरी दिवस मनाइएको छ ।
दुर्गा कार्कीको अध्यक्षता, जिफन्ट रास्ट्रीय सचिव हरि कार्कीको प्रमुख आतिथ्यता सम्पन्न कार्यक्रममा महिलाहरुलाई आर्थिक सवलिकरण गर्न सकेमा मात्र प्रविधिलाई आत्मसाथ गर्न सक्ने बताएका थिए ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि कार्कीले महिलाहरुलाई शान्त्वना दिनु भन्दा अवसर दिएमा आफ्नो कार्य कुशलता प्रदर्शन गर्न सक्ने बताए । महिला आन्दोलनबाट धेरै अधिकारहरु स्थापित भएपनि त्यी अधिकारहरु अझै पूर्णत कार्यान्यवनमा नआएको भन्दै उनले अधिकारलाई अक्षरस पालना गर्न सवै लाग्नुपर्ने बताए ।
कार्यक्रममा प्रदेश अध्यक्ष हुमकान्त काफ्ले नारीहरुको अधिकार स्थापित गर्न राज्यको पहल कदमी अझै अपुग रहेको बताए ।
जिफन्ट आबद्ध युनियन कि केन्द्रिय सचिव सरस्वती रिजाल को स्वागत मा भएको कार्यक्रमको सञ्चालन प्रदेश सचिव सन्तोष के.सी गरेका थिए ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित