तिनाउ सुन पसलमा मालिककै ‘चोरी ड्रामा’, सीसीटीभी फुटेजले गर्‍यो पर्दाफास दूध तथा दुग्धजन्य उत्पादन: व्यवसायिक इमान्दारिता र असल अभ्यासमा जोड हाजिरजवाफ प्रतियोगितामा इश्वरी मावि प्रथम उच्च अदालत बार बुटवलको अध्यक्षमा घिमिरे निर्वाचित भैरहवा सेजमा फर्किँदै उद्योगीको आकर्षण : एकैपटक ६ उद्योग निर्माणाधीन एभरेष्ट प्लाइ ढोका उद्योगमा आगलागी हुँदा पाँच करोडको क्षति कुशीनगरबाट उद्धार गरिएकामध्ये १९ जनामाथि अनुसन्धान सुरु भारतको कुशीनगरमा बन्धक बनाइएका ४५३ जना नेपालीको उद्दार कृष्णनगरका होटलमा अवैध गतिविधि, निगरानी र कारबाहीको माग रोट्रयाक्ट डाउनटाउनले विद्यालयलाई दियो दुई थान फिल्टर मेशिन                
समाचार :

कान दुखेर झारफुक गर्न ‘माता’ कहाँ लग्दा…

झारफुकको बहानामा रूपन्देहीमा एक किशोरीको ज्यान गएको छ। रूपन्देहीको सैनामैनामा बिरामी भएकी किशोरीलाई निको बनाउने भन्दै झारफुक गर्ने बहानामा चरम यातना दिएपछि उनको मृत्यु भएको प्रहरीले जनाएको छ।

इलाका प्रहरी कार्यालय सैनामैनाका अनुसार मृत्यु हुनेमा सैनामैना नगरपालिका वडा नम्बर १० की १४ वर्षीया सीता ज्ञवाली रहेकी छन्।

माता भन्ने स्थानीय २२ वर्षीया सोनिया रेश्मीले शनिबार राति झारफुक गर्ने भन्दै चरम यातना दिएपछि उनको मृत्यु भएको प्रहरीले जनाएको छ।

रेश्मीले किशोरीलाई झारफुक गरी सन्चो बनाउँछु भन्दै भुइँमा लडाएर घोप्टो पारी शरीरमाथि बसेर हातमा घन्टी बजाउँदै गालामा थप्पड हान्ने गरेकी थिइन्। त्यस्तै रूद्राक्षको मालाले शरीरको विभिन्न भागमा हान्ने, भुइँमा लडाउने, टाउको र घाँटीमा खुट्टाले टेक्ने, पटकपटक जगले नाक र मुखमा पानी खन्याउने, कपाल समाएर टाउको बटार्ने, कपाल समाएर अनुहारमा थुक्ने, खरानी खुवाइदिने र लछारपछार पारी कुटपिटसमेत गरेको भिडिओ सामाजिक सञ्जालमा सार्वजनिक भएको थियो।

भिडिओ सार्वजनिक भएपछि इलाका प्रहरी कार्यालय सालझण्डीबाट खटिएको प्रहरी टोलीले अनुसन्धान गर्दै जाँदा किशोरीको मृत्यु भएको र दाहसंस्कार समेत गरेको पाएको हो।

प्रहरी निरीक्षक जगन्नाथ मरासिनीका अनुसार ४/५ दिनदेखि कान दुखेर बिरामी परेकी सीतालाई परिवारले माता भन्ने सोनियासँग झारफुकका लागि लगेका थिए।

झारफुकको बहानामा चरम कुटपिट गरिएकै कारण उनको मृत्यु भएपछि परिवारले शनिबार राति नै कपिलवस्तुको लक्ष्मणघाटमा लगेर दाहसंस्कार गरेका थिए।

प्रहरीले घटनामा प्रत्यक्ष संलग्न सोनिया रेश्मीलाई पक्राउ गरी अनुसन्धान गरिरहेको जनाएको छ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित