प्रदेश राजधानी परिसरमा वृक्षारोपण, हरियाली अभियान शुरु शोरुम उद्घाटनअघि नै बुटवलमा ‘प्रोटोन ई.मास सेभेन’ ईभी १० वटा बिक्रि रुपन्देही– ३ को उपचुनाव: उम्मेदवार छनोटमा रास्वपापछि राप्रपाले पनि आन्तरिक प्रारम्भिक चुनाव विधि अपनाउने यी स्थानमा दिउँसो मध्यम, राति भारी वर्षा हुने राप्रपा नेपालले रूपन्देही–३ मा अर्जुन थापालाई उम्मेदवार बनाउने बुटवलकी क्यान्सर पीडित शान्ती दर्जीद्वारा सहयोगको लागि आग्रह गुल्मीको मुसिकोटमा आटोको ब्राण्डिङ, ३५ टन बिक्री गर्ने लक्ष्य संविधान दिवसमा बुटवलमा ‘विगेस्ट स्टुडेन्ट कार्निवल’ हुने श्रीमतीको हत्या गरेर श्रीमान्‌ले भान्छामै गाडे शव, ४ दिनपछि खुल्यो रहस्य पाल्पाको तिनाउमा अव्यवस्थित बसोबासीलाई निस्सा वितरण सुरु                
समाचार :

लमही-घोराही-तुलसीपुर सडकको ठेक्का रद्द गर्न १४ दिने सूचना

चार वर्षदेखि अलपत्र परेको लमही–घोराही–तुलसीपुर चार लेन सडक निर्माणको ठेक्का रद्द गर्न १४ दिने सूचना जारी भएको छ ।भालुबाङ–बाग्दुला–भीमगिठे, चन्द्राैटा–कृष्णनगर तथा लमही–घोराही–तुलसीपुर चार लेन सडक आयोजना कार्यालय लमहीले सोमबार सूचना प्रकाशित गरी ठेक्का रद्द गर्नु नपर्ने कारणसहित १४ दिनभित्र सम्पर्क गर्न निर्माण कम्पनीलाई भनेको छ ।
ठेक्का रद्द गर्नु नपर्ने कुनै वैधानिक कारण भए तोकिएको समयभित्र कार्यालयमा उपस्थित भई पेश गर्न निर्माण कम्पनीलाई भनिएको छ । समयमा उचित कारण पेश गर्न नसके ठेक्का रद्द प्रक्रिया अघि बढाइने सूचनामा उल्लेख छ । सडक निर्माणको ठेक्का भारतको मुम्बईस्थित तथ्य इञ्जिनियरिङ एण्ड इन्फ्रा प्रोजेक्ट प्रालिले लिएको छ । २०८० असार ३१ सम्म सडक निर्माण गरिसक्नुपर्ने म्याद भएपनि उक्त मितिमा सडक सम्पन्न हुने अवस्था छैन ।

२०७८ फाल्गुन ३० मा राष्ट्रिय दैनिक पत्रिकामा सूचना प्रकाशित गरी समयमै सम्पन्न गर्न चेतावनी दिइएको पनि सूचनामा स्मरण गराइएको छ । यसका साथै पटकपटक मौखिम, लिखित सूचना गर्दा पनि सडकमा प्रगति नभएका कारण ठेक्का नै रद्द गर्नुपर्ने अवस्था आएको सूचनामा उल्लेख छ । असोज १० देखि सडकमा कुनै पनि सुरक्षाका उपाय नअपनाई अलपत्र छाडिएका कारण ठेक्का रद्द गर्नुपर्ने बोध भएको सूचनामा उल्लेख छ ।

नेपाल सरकार र भारतको एक्सपोर्ट इम्पोर्ट (एक्जिम) बैंकको ऋण सम्झौतामा २०७५ माघ १४ गते सम्झौता भई सडक निर्माण सुरु भएको हो । घोराहीको बबई खोलादेखि तुलसीपुरसम्म २८ दशमलव १९ किलोमिटर सडक चार लेन तथा दुई लेन बन्दैछ । बबईदेखि घोराही बजारसम्म ६.५३ किलोमिटर दुई लेन तथा घोराहीदेखि थापाचोक सर्रा ४.०५ किलोमिटर चार लेन, थापा चोकदेखि नारायणपुर ३.५ किलोमिटर दुई लेन, नारायणपुरदेखि खैरा २.१ किलोमिटर चार लेन, खैरादेखि दूधरास ३.७ किलोमिटर दुई लेन र दुधरासदेखि तुलसीपुरसम्म ८.३१ किलोमिटर चार लेन निर्माण गर्ने योजना छ ।

सुरुमा २०७७ वैशाख २९ सम्म सडक निर्माण गर्नुपर्ने शर्त थियो । समयमा सम्पन्न नभएपछि पटक पटक (२०७८ जेठ ६, साउन २७, पुस १९ सम्म सक्ने गरी) म्याद थप भयो । म्याद थप्दा पनि प्रगति नभएको सडकलाई २०७९ वैशाख २९ सम्म म्याद थपियो । अहिले फेरि २०८० असार ३१ गतेसम्म म्याद थपिएको थियो । म्याद थप भए पनि भौतिक प्रगति नभएपछि सडक आयोजना कार्यालय ठेक्का तोड्ने प्रक्रियामा अघि बढेको हो ।

सडक निर्माणको म्याद पाँच पटक थप्दा पनि भौतिक प्रगति ९ दशमलव ६९ र आर्थिक प्रगति १४ दशमलव २३ प्रतिशत मात्रै भएको ‘फोरलेन’ सडक आयोजना कार्यालय लमहीका प्रमुख आशिष थापाले बताए । जति म्याद थप्दा पनि सन्तोषजनक काम नभएका कारण उचित निकास खोज्नुपर्ने अवस्था आएको उनले बताए । सडक निर्माणको बजेट १ करोड २१ लाख ८२ हजार ३ सय १ अमेरिकी डलर रहेको छ ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित