लुम्बिनी प्रादेशिक अस्पतालमा ‘एमआरआई’ सेवा सुरु नमराज–दिलिप स्मृति दिवसमा निजामति कर्मचारी संगठन रुपन्देहीद्वारा रक्तदान कार्यक्रम बुटवल उपमहानगरपालिकाको सार्वजनिक सुनुवाइ लुम्बिनी प्रादेशिक अस्पताल ११६ वर्षमा प्रवेश, विस्तारसँगै सहज र सुलभ सेवाप्रवाहको अपेक्षा बुटवल पब्लिक स्कुलको नयाँ शैक्षिक योजनाः अनुसन्धान, व्यवहारिकता र प्रविधिमा जोड रुपन्देही–२ मा पराजित उम्मेदवार विश्वदीप पाण्डेद्वारा विजयी शुलभ खरेललाई बधाई रुपन्देहीमा १२ उम्मेदवारले मात्र जोगाए जमानत लुम्बिनीका २६ मध्ये २१ क्षेत्रमा रास्वपाको जित, कांग्रेस र नेकपा दुई–दुई तथा एमाले एक सिटमा खुम्चियो रास्वपाले क्लिन स्वीप गरेको रुपन्देहीमा कुन दलको समानुपातिक मत कति ? आफ्ना माग पूरा नगरेको भन्दै दाङका दुई मतदान केन्द्रमा स्थानीयले गरे मतदान बहिस्कार                
समाचार :

रोहिणीमा मनाइयो ११३ औं अन्तर्राष्ट्रिय महिला दिवस

भैरहवा । रुपन्देहीको रोहिणी गाउँपालिकाले ११३ औं अन्तर्राष्ट्रिय महिला दिवस मनाएको छ । दिवसको अवसर पारेर रोहिणी–३ स्थित धकधईमा सचेतनामूलक ¥याली निकालिएको छ । धकधई चोकबाट निस्किएको ¥याली विभिन्न स्थानको परिक्रमा गरी श्री रामनरेश यादव आदर्श नमूना माध्यमिक विद्यालय जाने गेट अगाडी पुगेर कार्यक्रममा परिणत भएको थियो ।

कार्यक्रममा बोल्दै रोहिणी गाउँपालिकाका अध्यक्ष विद्या प्रसाद यादवले अशिक्षाका कारण महिलामाथि विभेद हुने गरेको बताए । उनले दाइजो प्रथाका कारण पनि महिला पीडित भएको बताए । उनले भने,‘ नेपालको राष्ट्रपति विद्यादेवी भण्डारी बन्नुभयो । त्यसै गरी महिलाहरु नेतृत्व तहमा पुग्नुपर्छ ।’ अध्यक्ष यादवले आफूले पाउनुपर्ने अधिकार नपाए खोसेर लिनुपर्ने बताए । उनले भने, ‘आफ्नो अधिकारको लागि लड्नुपर्छ । ’

महिलामाथि हुने विभेद अन्त्य नभएसम्म समाजको विकास हुन नसक्ने उनको भनाइ छ । परिवारमा छोराछोरीबीच विभेद गर्न नहुने उनले बताए । महिलालाई अगाडी बढाउन रोहिणी गाउँपालिकाले सहयोग गर्ने उनले प्रतिवद्धता व्यक्त गरे । संविधानमा भएका अधिकार कार्यान्यवन हुनुपर्नेमा उनले जोड दिए ।

गाउँपालिकाकी उपाध्यक्ष शिवकान्ति हरिजनले महिला हिंसा अन्त्य गर्न हिंसाविरुद्ध एकजुट भएर अघि बढ्नुपर्ने बताइन् । उनले महिलामाथि हुने विभेदको अन्त्य हुनुपर्ने बताइन् । उपाध्यक्ष हरिजनले भनिन्, ‘भेदभाव गर्नुहुँदैन । शिक्षामा समानता आवश्यक छ । ‘ उनले शिक्षामा लगानी गर्नुपर्ने र महिला शिक्षित भए समाजको विकासमा टेवा पुग्ने बताइन् ।

कार्यक्रममा शुभ अवसर ग्राम नेपालका परियोजना संयोजक सत्यनारायण यादव, समाजसेवी हरिद्वार हरिजन, रामकेवल प्रसाद विन्द, सरस्वती विश्वकर्मा, पदमा थापा लगायतले बोल्दै महिलाको अधिकार नारामा मात्र सीमित गर्न नहुने बताए । उनीहरुले महिला र पुरुष साइकलका दुई पांग्रा भएकाले दुवैलाई समान अधिकार दिनुपर्नेमा जोड दिए ।

किशोरी अधिकार मञ्च रुपन्देहीकी पूजा गुप्ताको स्वागत तथा रोहिणी गाउँपालिकाकी महिला तथा बालबालिका शाखा प्रमुख जमुना शर्माको सञ्चालनमा सम्पन्न कार्यक्रममा जनप्रतिनिधि, कर्मचारी, प्रहरी, विभिन्न संघ–संस्थाका प्रमुख तथा प्रतिनिधि लगायतको उपस्थिति रहेको थियो ।

रोहिणी गाउँपालिकाको आयोजना तथा ओरेक, नेपाल र किशोरी अधिकार मञ्च रुपन्देहीको सहयोगमा भएको कार्यक्रममा शुभ अवसर ग्राम नेपाल, श्री किसान सामुदायिक सिकाई केन्द्र, श्री जन जागृति सामुदायिक सिकाई केन्द्रको उपस्थिति रहेको थियो ।

‘लैंगिक समानताको लागि बलियो आधार, सिर्जनात्मक प्रविधिमा महिलाको पहुँचको विस्तार’ भन्ने नाराका साथ विभिन्न कार्यक्रम गरी ११३ औं अन्तर्राष्ट्रिय महिला दिवस मनाइँदै छ ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित