
रुपन्देहीको सैनामैना नगरपालिका २ उछिटिहवामा एक व्यक्तिको शव हत्या गरेको अवस्थामा फेला परेको छ ।
अन्दाजी ४० बर्षिका एक व्यक्तिको टाउँकोमा धारिलो बस्तु प्रहार गरी हत्या गरेको अवस्थामा शव फेला परेको हो ।
शव फेला परेको सूचना प्राप्त हुन साथ घटना स्थलमा जिल्ला प्रहरी कार्यालय रुपन्देही, ईलाका प्रहरी कार्यालय बुटवल, ईलाका प्रहरी कार्यालय सन्यौरा रुपन्देही र गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल भरुहवाबाट कुकुर सहितको टोली अनुसन्धानका लागि पुगेको थियो ।
प्रहरीले घटनामा संलग्न भएको आशंकामा ३ जनालाई लागि पक्राउ गरी अनुसन्धान गरिरहेको प्रहरीले बताएको छ ।