मोतिपुर औद्योगिक क्षेत्रभित्रका बस्ती हटाउन पत्राचार उच्च अदालत बुटवलको जग्गा फिर्ता, कब्जा गरेर बनाइएका संरचना भत्काइयो फालिएका प्लास्टिक प्रशोधन गरी बुटवलमा इँटा उत्पादन लुम्बिनी प्रदेश सभाको आठौँ अधिवेशन आजदेखि युवालाई प्रविधिसँग जोड्दै तिलोत्तमा नगरपालिका थोर्गा रुपन्देही सम्पर्क समाजद्वारा २०८३ सालको भित्तेपात्रो विमोचन सशक्त सहकारीद्वारा सदस्यलाई पेन्सन वितरण सुरु लुम्बिनी प्रादेशिक अस्पतालमा ‘एमआरआई’ सेवा सुरु नमराज–दिलिप स्मृति दिवसमा निजामति कर्मचारी संगठन रुपन्देहीद्वारा रक्तदान कार्यक्रम बुटवल उपमहानगरपालिकाको सार्वजनिक सुनुवाइ                
समाचार :

उद्योगी–व्यवसायी भन्छन- आर्थिक संकट छिट्टै टरोस्

भैरहवा  । उद्योगी–व्यवसायीले मुलुकको आर्थिक संकटप्रति चिन्ता व्यक्त गरेका छन् । उनीहरुले आर्थिक संकट छिट्टै टरोस् भन्दै कामना गरेका छन् ।

चेम्बर अफ कमर्स, रुपन्देही (उद्योग व्यापार संगठन, रुपन्देही) र आस्था उद्यमी महिला संघले मंगलबार भैरहवामा आयोजना गरेको होली मिलन तथा शुभकामना कार्यक्रममा उद्योगी–व्यवसायीहरुले अहिलेको परिस्थितिका कारण आफूहरु समस्यामा रहेको बताए ।

सिद्धार्थनगर–९ स्थित उद्योग व्यापार संगठनको भवन परिसरमा आयोजित कार्यक्रममा चेम्बर अफ कमर्स, रुपन्देहीका अध्यक्ष अनिल कुमार ज्ञवालीले होली पर्वले मुलुकको आर्थिक संकट समाधान होस् भन्ने कामना गरे । उनले होली पर्वलाई असत्यमाथि सत्यको जीतको उत्सवको रुपमा हर्षोल्लासका साथ मनाइने भएकाले यो पर्वको ठूलो महत्व रहेको बताए ।

संगठनका निवर्तमान अध्यक्ष तथा भीम अस्पताल विकास समितिका अध्यक्ष नारायण प्रसाद भण्डारीले आर्थिक संकटका कारण उद्योगी व्यवसायी सबैभन्दा मारमा परेको बताए । उनले भने, ‘होली पर्वको अवसरमा मुलुकको आर्थिक संकट छिट्टै टरोस् भन्ने कामना गर्दछु । ’ उनले चर्को बैंक ब्याजदरले उद्योगी व्यवसायी पीडित भएको बताए ।

संगठनका सल्लाहकार विश्वराज बराल (अनुप) ले तिक्ततालाई हटाउँदै मिलेर अघि बढ्नुपर्ने बताए ।

लुम्बिनी प्रेस क्लबकी अध्यक्ष सम्झना शर्माले सम्पूर्ण चाडपर्वको आफ्नै महत्व रहेको बताइन् ।

चेम्बर अफ कमर्स, रुपन्देहीका अध्यक्ष अनिल कुमार ज्ञवालीको अध्यक्षता, कार्यक्रम संयोजक मिनिता थापा क्षेत्रीको स्वागत, संगठनका उद्योग उपाध्यक्ष रामचन्द्र रेग्मीको स्वागत तथा महासचिव सचिन रोक्काको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।

कार्यक्रममा लुम्बिनी प्रेस क्लबको अध्यक्ष सम्झना शर्मा र सिद्धार्थ उद्योग वाणिज्य संघ, रुपन्देहीका नवनिर्वाचित कार्यसमिति सदस्य विरेन्द्र ज्ञवालीलाई सम्मान गरिएको संगठनका सचिव तथा प्रवक्ता लक्ष्मण भण्डारीले बताए ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित