जनताको अपार माया र सद्भावले उत्साहित छु : एमाले उपाध्यक्ष गोकर्ण विष्ट पीएम कप छनोट सुरु, रूपन्देही र बर्दिया विजयी बुटवल-गोरुसिङ्गे सडकमा उभिएर विष्णु पौडेलले भने : बुटवल-नारायणगढ जस्तो नहोस DEVILS प्रदेशसभा सांसद र पदाधिकारीको गाडीमा अचाक्ली खर्च, वर्षमै ५ लाखमाथिको बिल ‘बा-आमासँग नगरप्रमुख’ कार्यक्रमबाट बुटवलमा दुई हजारभन्दा बढी ज्येष्ठ नागरिक लाभान्वित जब मापसे गरेका श्रीमान्‌ले तीनमहिने छोरो निमोठे… लुम्बिनी प्रदेश स्तरिय ब्याडमिन्टन प्रतियोगितामा रबिन र हिमान्सु जोडी बिजयी ‘स्कुल गट ट्यालेन्ट रुपन्देही’को उपाधि अंकितलाई, अध्यता भण्डारी फस्ट रनर अप हाटबजार व्यवसायी संघद्वारा ३१ औं नियमित वृहत रक्तदान कार्यक्रम सम्पन्न ५ वर्षसम्म पनि किन चल्न सकेनन् दाताले दिएका करोडौंका गाडी?                
समाचार :

नेपाल संग सहकार्य गर्न कोरिया तयार छ– लि साङ हन

 

बुटवल । कोरियाका संघिय सांसद तथा कोरिया–नेपाल संसदिय समितिका अध्यक्ष लि साङ हन ले नेपालमा कोरिया सरकार नेपाल संग सधै सहकार्य गर्न तयार रहेको बताएका छन् । उनले कोरिया नेपाल बीचको सम्बन्ध सुदृढ रहेको उल्लेख गर्दै कोरियाले नेपाललाई कृषि, उद्योग, पर्यटनको क्षेत्रमा सहकार्य गर्न तयार रहेको बताए ।

मंगलबार तिलोत्तमा उद्योग बाणिज्य संघले आयोजना गरेको होली मिलन कार्यक्रममा बोल्दै हनले नेपालबाट बर्षेनी हजारौंको संख्यामा नेपालीहरु कोरिया गएर नेपाली सिपलाई प्रदर्शन गरेको समेत बताए । उनले तिलोत्तमा उद्योग बाणिज्य संघ, तिलोत्तमा नगरपालिका संग पनि सहकार्य गर्न ईच्छुक रहेको समेत सो अवसरमा बताए । नेपाल दुई विशाल राष्ट्रको बीचमा रहेकाले धेरै सम्भावना रहेको भन्दै सम्भावनालाई पहिल्याउँदै विकास गर्न सके नेपालले आर्थिक र पुर्वधार विकासमा छिट्टै फड्र्को मार्ने उनको भनाई थियो । कोरिया देश पनि धेरै मेहनतले अहिले विश्वमा उत्कृष्ट भएको उल्लेख गर्दै नेपालको विकासका लागि आम नागरिक पनि उत्तिकै जिम्मेवारी हुनुपर्ने उनले बताए ।

होली मिलन कार्यक्रममा बोल्दै तिलोत्तमा नगरपालिकाका नगरप्रमुख रामकृष्ण खांणले कोरियाले तिलोत्तमा नगरपालिका भित्र सहकार्य गर्न तयार रहे आफुहरुको साथ रहने बताए । उनले अहिले मौसमी कामदार कोरियामा गइरहेको भन्दै नेपालबाट गएका नेपालीहरु तोकेको काम र समयमा भन्दा बढि कोरियामा बस्दा केही समस्या उत्पन्न भएको समेत बताए । साथै उनले होली पर्वले हामी नेपालीहरु बीचमा एकता र भाईचारको विकास गरेको बताए  । संघका अध्यक्ष गुणानिधी तिवारी (माधव)ले होली नेपालीहरुको मौलिक पर्व रहेकोले यसलाई जर्गेन ागर्ने उद्देश्यले नै होली मिलन कार्यक्रमको आयोजना गरेको बताए । कार्यक्रममा संघका सल्लाहकार पशुपती घिमिरेले रंगको पर्व होलीले सवै नेपालीमा उमंग छर्ने विश्वास व्यक्त गरे ।

उनले होलीका नाममा हुन सक्ने विकृती रोक्न हामी सवै लाग्नुपर्ने समेत बताए । कार्यक्रम संघका अध्यक्ष गुणानिधी भण्डारी (माधव)को अध्यक्षता तथा महासचिव राजकुमार पाण्डेको सञ्चालनमा सम्पन्न भएको थियो ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित