तिनाउ सुन पसलमा मालिककै ‘चोरी ड्रामा’, सीसीटीभी फुटेजले गर्‍यो पर्दाफास दूध तथा दुग्धजन्य उत्पादन: व्यवसायिक इमान्दारिता र असल अभ्यासमा जोड हाजिरजवाफ प्रतियोगितामा इश्वरी मावि प्रथम उच्च अदालत बार बुटवलको अध्यक्षमा घिमिरे निर्वाचित भैरहवा सेजमा फर्किँदै उद्योगीको आकर्षण : एकैपटक ६ उद्योग निर्माणाधीन एभरेष्ट प्लाइ ढोका उद्योगमा आगलागी हुँदा पाँच करोडको क्षति कुशीनगरबाट उद्धार गरिएकामध्ये १९ जनामाथि अनुसन्धान सुरु भारतको कुशीनगरमा बन्धक बनाइएका ४५३ जना नेपालीको उद्दार कृष्णनगरका होटलमा अवैध गतिविधि, निगरानी र कारबाहीको माग रोट्रयाक्ट डाउनटाउनले विद्यालयलाई दियो दुई थान फिल्टर मेशिन                
समाचार :

झारफुक गर्ने बहानामा कुटपिट गरी हत्या गर्ने सैनामैनाकी २२ बर्षिय सोनिया रेश्मी पक्राउ

झारफुक गर्ने बहानामा कुटपिट गरी हत्या गर्ने एक जनालाई ईलाका प्रहरी कार्यालय सालझण्डीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा रुपन्देहीको सैनामैना नगरपालिका वडा नं. १० की २२ बर्षिय सोनिया रेश्मी रहेकी छिन् ।
सैनामैना वडा नं. १० झिमझिमेकी १४ बर्षिय सिता ज्ञवालीलाई झारफुक गर्ने बाहनामा रेश्मीले कुटपिट गर्दा मृत्यु भएको आरोपमा प्रहरीले रेश्मीलाई पक्राउ गरेको हो । घटना फागुन २० गतेको हो ।
कुटपिट बाट मृत्यु भएकी ज्ञवालीको राती नै दाहसंस्कार गरेको सूचना प्रहरीमा पुगेपछि प्रहरीले अनुसन्धान गरेको थियो । अनुसन्धानका क्रममा झारफुक गर्ने बाहानामा ज्ञवालीको कुटपिट बाट मृत्यु भएको देखिएपछि रेश्मीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रबक्ता प्रहरी नायव उपरिक्षक श्यामु अर्यालले जानाकारी दिए ।

 

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित