तिनाउ सुन पसलमा मालिककै ‘चोरी ड्रामा’, सीसीटीभी फुटेजले गर्‍यो पर्दाफास दूध तथा दुग्धजन्य उत्पादन: व्यवसायिक इमान्दारिता र असल अभ्यासमा जोड हाजिरजवाफ प्रतियोगितामा इश्वरी मावि प्रथम उच्च अदालत बार बुटवलको अध्यक्षमा घिमिरे निर्वाचित भैरहवा सेजमा फर्किँदै उद्योगीको आकर्षण : एकैपटक ६ उद्योग निर्माणाधीन एभरेष्ट प्लाइ ढोका उद्योगमा आगलागी हुँदा पाँच करोडको क्षति कुशीनगरबाट उद्धार गरिएकामध्ये १९ जनामाथि अनुसन्धान सुरु भारतको कुशीनगरमा बन्धक बनाइएका ४५३ जना नेपालीको उद्दार कृष्णनगरका होटलमा अवैध गतिविधि, निगरानी र कारबाहीको माग रोट्रयाक्ट डाउनटाउनले विद्यालयलाई दियो दुई थान फिल्टर मेशिन                
समाचार :

महिलामाथि हुने विभेद अन्त्यका लागि सामाजिक सचेतना र सोच परिवर्तन आवश्यक–उपप्रमुख अर्याल

बुटवल । अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा बुटवलको महिमा ज्योति मण्डलीले सोमबार ‘डिजिटल प्रविधिको समुचित प्रयोगबाट महिला सशक्तिकरण’ विषयक कविता प्रस्तुती गरेको छ । सो अवसरमा बोल्दै बुटवल उपमहानगरकी उप प्रमुख सावित्रादेवी अर्यालले महिलामाथि हुने विभेद अन्त्यका लागि सामाजिक सचेतना र सोच परिवर्तन आवश्यक रहेको बताएकी छन् ।

मुलुकमा नयाँ व्यवस्था आएपनि कुनै न कुनै रुपमा महिलामाथि विभेद हुने गरेको तथा प्रविधि र युगको परिवर्तन भए पनि महिलाप्रति गरिने व्यवहार र सोचमा परिवर्तन हुन नसकेको उल्लेख गरिन् । राज्यका विभन्नि निकायहरुमा महिलाको प्रतिनिधित्व् हुन थालेपछि केही हदसम्म नारीले भोग्नुपरेका पीडा र समस्याका बारेमा सम्बोधन भएको उल्लेख गर्दै उनले अझै पनि महिला पुरुषलाई समान हैसियतमा राखेर हेर्ने प्रवृत्तिको बिकास भैनसकेको बताइन् । शैक्षिक, राजनीतिक, सामाजिक तथा आर्थिक रुपले महिला सशक्तिकरणको खाँचौ औल्याउँदै उनले ती सुबै कुराहरु प्राप्त गर्न सकेको अवस्थामा नारी सक्षम नागरिकको रुपमा आफूलाई उभ्याउन सक्ने उल्लेख गरिन् ।

११३ औं अन्तर्राष्ट्रिय नारी दिवसको सन्दर्भरमा रहेर जनजागरण महिला समूह, सफल महिला समूह, मनकामना आमा समूह, तल्लो देवीनगर आमा समूह तथा ज्योति मण्डली परिषद दिदी बहिनी संगती समहूका महिलाहरुले काविता बाचन गरेका थिए । कार्यक्रममा शुभकामना व्यक्त गर्दै ज्योति मण्डली परिषदका संस्थापक तथा बुटवल ज्योति मण्डलीका वरिष्ठ पाष्टर डा. शिमोन पाण्डे, बुटवल–११ का वडा अध्यक्ष रामचन्द्र क्षेत्री, नेपाल स्वयंसेवी रक्तदाता समाजकी जिल्ला सदस्य जानकी नेपाल, पश्चिम सिद्धनगर टोल विकास संस्थाकी अध्यक्ष तथा जन जागरण आमा समूहकी कोषाध्यक्ष माया बेलबासे लगायतले विभेद अन्त्यका लागि घरदेखि नै सुरु गर्न आवश्यक रहेको बताए । नारी पुरुष एक नहुँदासम्म मुलुकको समृद्धि असम्भव भएको बताउँदे उनीहरुले त्यसका लागि समान अधिकार, समान नेतृत्व र समान अस्तित्वको खाँचो रहेकोमा जोड दिए ।

दिदी बहिनी संगति समितिकी अध्यक्ष कमला पाठकको सभापतित्वमा कार्यक्रम भएको थियो भने ज्योति मण्डली परिषदका अध्यक्ष एल्डर मनोहर पाठकले धन्यवाद ज्ञापन गरेका थिए । यसैगरी केरेन चौधरीको सञ्चालन तथा दिदी बहिनी संगतीकी सल्लाहकार शान्ति पराजुलीको स्वागतमा कार्यक्रम भएको थियो ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित