रुपन्देही उद्योग संघको नयाँ नेतृत्वको लागि उम्मेदारी, अधिकांश पदमा निर्विरोध दुई सिफ्टमा प्रादेशिक अस्पतालका सेवा सञ्चालन गरौंः मुख्यमन्त्री आचार्य लाइन जोडिएपछि पञ्चकन्याका उद्योग सञ्चालनमा ३ जना सवार मोटरसाइकल दुर्घटना हुँदा १८ र २४ वर्षका युवकको मृत्यु दाउन्ने सडक २ महिनासम्म एकतर्फी सञ्चालन हुने, वैकल्पिक मार्गको प्रयोग गर्न आग्रह बुटवलको अर्घाखाँची लुम्बिनी होटलमा बसेका पुरुषको रहस्यमय मृत्यु रोहिणी गाउँपालिकामा ५५० वटा लालपूर्जा वितरण तिलोत्तमा यूसीएलजी एसिया प्रशान्त क्षेत्रको काउन्सिल सदस्यमा निर्वाचित गुल्मीमा छोराको कुटपिटबाट बुवाको मृत्यु, आमा गम्भीर घाइते आज हरि बोधिनी एकादशी, तुलसीको विवाह गरिँदै                
समाचार :

गुल्मीका वासुदेव घिमिरे भारतको नयाँ दिल्लीबाट बेपत्ता, खोजिका लागि परिबारको अपिल

गुल्मी जिल्लाको धुर्कोट गाउँपालिका–८ दहनेटाका ३१ वर्षीय वाशुदेव घिमिरे भारतको नयाँ दिल्लीबाट बेपत्ता भएका छन् ।

मजदुरीको लागि नयाँ दिल्ली गएका घिमिरे यही मार्च ४ तारिखदेखि सम्पर्कविहीन भएको मूल प्रवाह अखिल भारत नेपाली एकता समाज चंडिगढले जनाएको छ ।

५.७ फूट उचाइ, गहुँगोरो वर्ण भएका मानसिक सन्तुलन कमजोर भएका घिमिरको खोजतलासका लागि आफन्तले मूल प्रवाहसँग आग्रह गरेका छन् ।

घिमिरेका जेठान किसनचन्द्र गौतमले मूल प्रवाह चंडिगढलाई दिएको निवेदनका आधारमा उनको खोजी सुरु गरिएको मूल प्रवाहले जनाएको छ ,।

उनी भेटिएमा नजिकको मूल प्रवाहको कार्यालय वा दिल्लीमा दुझमान अर्याललाई ९७१७२६७४३५, ९८७१९३४१२९ नम्बरमा सम्पर्क गर्न आग्रह गरिएको छ ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित