जनताको अपार माया र सद्भावले उत्साहित छु : एमाले उपाध्यक्ष गोकर्ण विष्ट पीएम कप छनोट सुरु, रूपन्देही र बर्दिया विजयी बुटवल-गोरुसिङ्गे सडकमा उभिएर विष्णु पौडेलले भने : बुटवल-नारायणगढ जस्तो नहोस DEVILS प्रदेशसभा सांसद र पदाधिकारीको गाडीमा अचाक्ली खर्च, वर्षमै ५ लाखमाथिको बिल ‘बा-आमासँग नगरप्रमुख’ कार्यक्रमबाट बुटवलमा दुई हजारभन्दा बढी ज्येष्ठ नागरिक लाभान्वित जब मापसे गरेका श्रीमान्‌ले तीनमहिने छोरो निमोठे… लुम्बिनी प्रदेश स्तरिय ब्याडमिन्टन प्रतियोगितामा रबिन र हिमान्सु जोडी बिजयी ‘स्कुल गट ट्यालेन्ट रुपन्देही’को उपाधि अंकितलाई, अध्यता भण्डारी फस्ट रनर अप हाटबजार व्यवसायी संघद्वारा ३१ औं नियमित वृहत रक्तदान कार्यक्रम सम्पन्न ५ वर्षसम्म पनि किन चल्न सकेनन् दाताले दिएका करोडौंका गाडी?                
समाचार :

कर्मचारी युनियन लुम्बिनी प्रदेश अध्यक्षमा मगर

नेपाल विद्युत प्राधिकरण कर्मचारी युनियन लुम्बिनी प्रदेशको ११ औं अधिबेशनले अमित रेस्मी मगरको अध्यक्षतामा ३१ सदस्यीय कार्यसमित चयन गरेको छ । अधिबेशनले उपाध्यक्षमा लुमाकान्त पाण्डे, सचिवमा दिनेश पाण्डे, सहसचिवमा सचिन श्रेष्ठ र कोषध्यक्षमा मनोज भण्डारीलाई सर्वसम्मत रुपमा चयन गरेको छ ।

त्यस्तै कार्यसमितिको सदस्यहरुमा मुकुन्द जोसी, सुनिल रावत, खुमबहादुर खत्री, रमेश केसी, केसबहादुर मल्ल, तिलाचन पाण्डेलाई चयन गरेको छ । यस्तै सदस्यमै कुसराज अर्याल, ध्रुवराज ज्ञवाली, पुनराम चौधरी, लोकबहादुर वियम्वु, बिष्णुमाया अर्याल, जगत भुसाल, कल्पना खनाल, नारायण बस्याल, नारायण थापा, जितेन्द्र नायक, सीताराम चौधरी, प्रमिला भुसाल, कमला न्यौपाने, भिमा अस्लामि मगर, सुभास काफ्ले, उर्मिला साह, विजयविक्रम सोमरेलाई अधिवेशनले सर्वसम्मत चयन गरेको छ ।

लुम्बिनी प्रदेशको ११औं अधिवेशनले निवर्तमा अध्यक्ष कल्पना थापासहित ३१ सदस्य केन्द्रीय महाधिबेशन प्रतिनिधि समेत चयन गरेको छ । निर्बाचित कार्यसमितिलाई नेपाल विद्युत प्राधिकरण कर्मचारी युनियनका केन्द्रीय संयोजक रामकुमार थेवेले बधाई तथा शुभकामना दिए । शुभकामना तथा बधाई मन्तव्य राख्दै संयोजक थेवेले मुलुक अस्थिरताको खाडलमा फसेकाले युनियनका सवै प्रतिनिधि इमान्दार भएर काम गर्न आग्रह गरे ।

उनले प्रदेशका केही कर्मचारी अझै पनि भ्रममा रहेकाले स्पष्ट विचारधारका ब्यक्तिहरुलाई युनियनमा आवद्धता गराउन र कर्मचारीहरुको हित नेपाल विद्युत प्राधिकरण कर्मचारी युनियनले मात्रै गर्नसक्ने दावी गरे । कार्यक्रममा निवर्तमा अध्यक्ष कल्पना थापाले प्रदेशका हरेक कर्मचारीको भावना बुझेर काम गर्न नयाँ निर्वाचित कार्यसमितिलाई आग्रह गरिन् ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित