रुपन्देही उद्योग संघको नयाँ नेतृत्वको लागि उम्मेदारी, अधिकांश पदमा निर्विरोध दुई सिफ्टमा प्रादेशिक अस्पतालका सेवा सञ्चालन गरौंः मुख्यमन्त्री आचार्य लाइन जोडिएपछि पञ्चकन्याका उद्योग सञ्चालनमा ३ जना सवार मोटरसाइकल दुर्घटना हुँदा १८ र २४ वर्षका युवकको मृत्यु दाउन्ने सडक २ महिनासम्म एकतर्फी सञ्चालन हुने, वैकल्पिक मार्गको प्रयोग गर्न आग्रह बुटवलको अर्घाखाँची लुम्बिनी होटलमा बसेका पुरुषको रहस्यमय मृत्यु रोहिणी गाउँपालिकामा ५५० वटा लालपूर्जा वितरण तिलोत्तमा यूसीएलजी एसिया प्रशान्त क्षेत्रको काउन्सिल सदस्यमा निर्वाचित गुल्मीमा छोराको कुटपिटबाट बुवाको मृत्यु, आमा गम्भीर घाइते आज हरि बोधिनी एकादशी, तुलसीको विवाह गरिँदै                
समाचार :

कर्मचारी युनियन लुम्बिनी प्रदेश अध्यक्षमा मगर

नेपाल विद्युत प्राधिकरण कर्मचारी युनियन लुम्बिनी प्रदेशको ११ औं अधिबेशनले अमित रेस्मी मगरको अध्यक्षतामा ३१ सदस्यीय कार्यसमित चयन गरेको छ । अधिबेशनले उपाध्यक्षमा लुमाकान्त पाण्डे, सचिवमा दिनेश पाण्डे, सहसचिवमा सचिन श्रेष्ठ र कोषध्यक्षमा मनोज भण्डारीलाई सर्वसम्मत रुपमा चयन गरेको छ ।

त्यस्तै कार्यसमितिको सदस्यहरुमा मुकुन्द जोसी, सुनिल रावत, खुमबहादुर खत्री, रमेश केसी, केसबहादुर मल्ल, तिलाचन पाण्डेलाई चयन गरेको छ । यस्तै सदस्यमै कुसराज अर्याल, ध्रुवराज ज्ञवाली, पुनराम चौधरी, लोकबहादुर वियम्वु, बिष्णुमाया अर्याल, जगत भुसाल, कल्पना खनाल, नारायण बस्याल, नारायण थापा, जितेन्द्र नायक, सीताराम चौधरी, प्रमिला भुसाल, कमला न्यौपाने, भिमा अस्लामि मगर, सुभास काफ्ले, उर्मिला साह, विजयविक्रम सोमरेलाई अधिवेशनले सर्वसम्मत चयन गरेको छ ।

लुम्बिनी प्रदेशको ११औं अधिवेशनले निवर्तमा अध्यक्ष कल्पना थापासहित ३१ सदस्य केन्द्रीय महाधिबेशन प्रतिनिधि समेत चयन गरेको छ । निर्बाचित कार्यसमितिलाई नेपाल विद्युत प्राधिकरण कर्मचारी युनियनका केन्द्रीय संयोजक रामकुमार थेवेले बधाई तथा शुभकामना दिए । शुभकामना तथा बधाई मन्तव्य राख्दै संयोजक थेवेले मुलुक अस्थिरताको खाडलमा फसेकाले युनियनका सवै प्रतिनिधि इमान्दार भएर काम गर्न आग्रह गरे ।

उनले प्रदेशका केही कर्मचारी अझै पनि भ्रममा रहेकाले स्पष्ट विचारधारका ब्यक्तिहरुलाई युनियनमा आवद्धता गराउन र कर्मचारीहरुको हित नेपाल विद्युत प्राधिकरण कर्मचारी युनियनले मात्रै गर्नसक्ने दावी गरे । कार्यक्रममा निवर्तमा अध्यक्ष कल्पना थापाले प्रदेशका हरेक कर्मचारीको भावना बुझेर काम गर्न नयाँ निर्वाचित कार्यसमितिलाई आग्रह गरिन् ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित