तिनाउ सुन पसलमा मालिककै ‘चोरी ड्रामा’, सीसीटीभी फुटेजले गर्‍यो पर्दाफास दूध तथा दुग्धजन्य उत्पादन: व्यवसायिक इमान्दारिता र असल अभ्यासमा जोड हाजिरजवाफ प्रतियोगितामा इश्वरी मावि प्रथम उच्च अदालत बार बुटवलको अध्यक्षमा घिमिरे निर्वाचित भैरहवा सेजमा फर्किँदै उद्योगीको आकर्षण : एकैपटक ६ उद्योग निर्माणाधीन एभरेष्ट प्लाइ ढोका उद्योगमा आगलागी हुँदा पाँच करोडको क्षति कुशीनगरबाट उद्धार गरिएकामध्ये १९ जनामाथि अनुसन्धान सुरु भारतको कुशीनगरमा बन्धक बनाइएका ४५३ जना नेपालीको उद्दार कृष्णनगरका होटलमा अवैध गतिविधि, निगरानी र कारबाहीको माग रोट्रयाक्ट डाउनटाउनले विद्यालयलाई दियो दुई थान फिल्टर मेशिन                
समाचार :

अर्घाखाँची सिमेन्टमा मजदुर मृत्यु प्रकरणः कामदारका परिबारलाई १०/१० लाख क्षतिपूर्ति

बुटवल । घटना भएको एक महिना सम्म चुपचुप राखी यत्तिकै थामथुम पार्न खोजिएको रुपन्देहीको अर्घाखाँची सिमेन्टमा मजदुर मृत्यु प्रकरण बाहिर आए संगै परिबारले क्षतिपूर्ति पाएका छन् ।
रुपन्देहीको सियारी गाउँपालिका २ मा रहेको अर्घाखाँची सिमेन्ट उद्योगमा गत माघ १६ गते त्यहाँ कार्यरत ४ जना मजदुरको मृत्यु भएको थियो । प्रहरीले घटनाको मुचुल्का गरेको भएपनि घटना बाहिर सार्वजनिक नगरी यत्तिकै थामथुम पार्न खोजेको थियो । सिमानाका बाट कुखुरा र चल्ला बरामद गर्दा मिडियाबाजी गर्ने रुपन्देही प्रहरीले ४ जना मजुदरको ज्यान गएको घटना गुपचुप राखेको आशंका बढेको थियो । तर मिडियामा एक महिना ढिलो गरी समाचार सार्वजनिक भएपछि चार कामदारका परिबारले प्रति परिबार १० लाख दरले क्षतिपूर्ति पाएका हुन ।
अर्घाखाँची सिमेन्ट उद्योगका महाप्रबन्धक उद्धव कार्कीले विमा बापतको रकम र सरकारी मापदण्ड अनुरुपको सुविधा माथी उद्योगले ३ लाख थप गरी प्रति परिबारलाई १०/१० लाख रुपैया उपलब्ध गराइएको बताए ।
गत माघ १६ गते भएको घटनामा भारतको उत्तरप्रदेश फतेहपुर जिल्ला ग्रामका ५० बर्षिय जितेन्द्र कुमार, विहारको गोपालगञ्ज ग्रामका २७ बर्षिय शशिकान्त कुमार कुशवाह, समस्तीपुर ग्रामका ४८ बर्षिय श्रीराम सिंह र रुपन्देहीको कोटहीमाई ४ का ३८ बर्षिय अंगद हरिजनको मृत्यु भएको थियो । उद्योगको कोल मिलको व्याग हाउसमा कोइला अत्यधिक तातेका कारण भएको आगलागीमा उनीहरुको मृत्यु भएको थियो ।
रुपन्देही प्रहरीका अनुसार भैरहवा स्थित युनिर्भसल शिक्षण अस्पतालमा उनीहरुको उपचारका क्रममा मृत्यु भएको थियो ।
सोही घटनामा २ जना घाईते समेत भएका थिए । घाईते हुनेमा भारतको उत्तरप्रदेश महाराजगन्जका ४३ बर्षिय शिवलाल हरिजन र विहारका ४१ बर्षिय राजकिशोर यादव छन् । उनीहरु अहिले निको भइसेको छन् ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित