३ जना सवार मोटरसाइकल दुर्घटना हुँदा १८ र २४ वर्षका युवकको मृत्यु दाउन्ने सडक २ महिनासम्म एकतर्फी सञ्चालन हुने, वैकल्पिक मार्गको प्रयोग गर्न आग्रह बुटवलको अर्घाखाँची लुम्बिनी होटलमा पुरुषको रहस्यमय मृत्यु रोहिणी गाउँपालिकामा ५५० वटा लालपूर्जा वितरण तिलोत्तमा यूसीएलजी एसिया प्रशान्त क्षेत्रको काउन्सिल सदस्यमा निर्वाचित गुल्मीमा छोराको कुटपिटबाट बुवाको मृत्यु, आमा गम्भीर घाइते आज हरि बोधिनी एकादशी, तुलसीको विवाह गरिँदै पाल्पाको सत्यवती तालमा कार्तिक १८ देखि धार्मिक मेला कमल गौतमः जसले जीवनभर उद्योगी र मजदूरको हितमा बोलिरहे रातै भएर बग्याे तिनाउ, यस्ताे छ कारण                
समाचार :

अर्घाखाँची सिमेन्टमा मजदुर मृत्यु प्रकरणः कामदारका परिबारलाई १०/१० लाख क्षतिपूर्ति

बुटवल । घटना भएको एक महिना सम्म चुपचुप राखी यत्तिकै थामथुम पार्न खोजिएको रुपन्देहीको अर्घाखाँची सिमेन्टमा मजदुर मृत्यु प्रकरण बाहिर आए संगै परिबारले क्षतिपूर्ति पाएका छन् ।
रुपन्देहीको सियारी गाउँपालिका २ मा रहेको अर्घाखाँची सिमेन्ट उद्योगमा गत माघ १६ गते त्यहाँ कार्यरत ४ जना मजदुरको मृत्यु भएको थियो । प्रहरीले घटनाको मुचुल्का गरेको भएपनि घटना बाहिर सार्वजनिक नगरी यत्तिकै थामथुम पार्न खोजेको थियो । सिमानाका बाट कुखुरा र चल्ला बरामद गर्दा मिडियाबाजी गर्ने रुपन्देही प्रहरीले ४ जना मजुदरको ज्यान गएको घटना गुपचुप राखेको आशंका बढेको थियो । तर मिडियामा एक महिना ढिलो गरी समाचार सार्वजनिक भएपछि चार कामदारका परिबारले प्रति परिबार १० लाख दरले क्षतिपूर्ति पाएका हुन ।
अर्घाखाँची सिमेन्ट उद्योगका महाप्रबन्धक उद्धव कार्कीले विमा बापतको रकम र सरकारी मापदण्ड अनुरुपको सुविधा माथी उद्योगले ३ लाख थप गरी प्रति परिबारलाई १०/१० लाख रुपैया उपलब्ध गराइएको बताए ।
गत माघ १६ गते भएको घटनामा भारतको उत्तरप्रदेश फतेहपुर जिल्ला ग्रामका ५० बर्षिय जितेन्द्र कुमार, विहारको गोपालगञ्ज ग्रामका २७ बर्षिय शशिकान्त कुमार कुशवाह, समस्तीपुर ग्रामका ४८ बर्षिय श्रीराम सिंह र रुपन्देहीको कोटहीमाई ४ का ३८ बर्षिय अंगद हरिजनको मृत्यु भएको थियो । उद्योगको कोल मिलको व्याग हाउसमा कोइला अत्यधिक तातेका कारण भएको आगलागीमा उनीहरुको मृत्यु भएको थियो ।
रुपन्देही प्रहरीका अनुसार भैरहवा स्थित युनिर्भसल शिक्षण अस्पतालमा उनीहरुको उपचारका क्रममा मृत्यु भएको थियो ।
सोही घटनामा २ जना घाईते समेत भएका थिए । घाईते हुनेमा भारतको उत्तरप्रदेश महाराजगन्जका ४३ बर्षिय शिवलाल हरिजन र विहारका ४१ बर्षिय राजकिशोर यादव छन् । उनीहरु अहिले निको भइसेको छन् ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित