भूगोल र मतदाता बुझेका मधु, रास्वपाबाट उपनिर्वाचनका अव्वल आकांक्षी अर्घाखाँचीको शीतगंगामा बाघको आक्रमणबाट एकै फर्मका १५ बाख्रा मरे साईबाबा सप्लायर्सद्वारा सय बढी डिलर्स सदस्यहरुलाई सम्मान सिद्धबाबा सुरुङकाे काम धमाधम, अन्य के–के निर्माण हुँदैछन ? संयुक्त नागरिक पार्टी प्रथम जिल्ला भेला सम्पन्न, अध्यक्षमा डा. बिजय प्रसाद गौतम भैरहवामा दुलर्भ र अति विषालु सर्प भेटियो रास्वपाले उम्मेदवार बनाएमा पछुताउनुपर्ने अवस्था आउन दिन्नँः पुनम अग्रवाल रूपन्देही अदालतमा रविको निवेदन- म राज्यको षड्यन्त्रसँग आँखा जुधाएर लड्छु, लुक्न चाहन्नँ ओझेलमा बुद्धको मावली, मर्चवार नै ऐतिहासिक ‘देवदह’ मौसम महाशाखा भन्छ: मनसुन सक्रिय छ, २४ घण्टा व्यापक वर्षा हुन्छ                
समाचार :

नेकपा एमाले रुपन्देहीको मिसन ग्रासरुट अभियान जारी, बुटवल वडा नं. ३ मा सम्पन्न भयो भेला

नेकपा एमाले रुपन्देहीको मिसन ग्रासरुट अभियान अन्तरगत शनिबार बुटबल उपमहानगरपालिका वडा नम्बर ३ मा वडा भेला भएको छ । एमालेका लुम्विनी प्रदेश कमिटि सदस्य मोहन चापागाईको आतिथ्यतामा वडा भेला सम्पन्न भएको हो ।

उक्त वडा भेलामा बोल्दै एमालेका प्रदेश कमिटि सदस्य मोहन चापागाईले एमाले संसदमा दोस्रो पार्र्टीका रुपमा देखिपनि जनताको भोटले पहिलो पार्र्टी रहेको बताए ।
एमाले नेतृत्व सरकारले गरेका दीर्घकालिन विकासका योजना जनताको माझमा लैजानुपर्नेमा जोड दिए ।

उनले आगामी निर्वाचनमा नेकपा एमालेलाई पहिलो पार्टीको रुपमा स्थापित गर्ने गरी सबै लाग्नु पर्नेमा जोड दिए ।
एमालेलले अगाडी सारेको ग्रासरुट अभियानलाई टोलटोलमा पुराउनु पर्ने उनले बताए ।

कार्यक्रममा नेकपा एमालेका जिल्ला सदस्य मिना भण्डारी घनश्याम चापागाई,नगर कमिटि सदस्य नविन थापा सारु लगायतले बोलेका थिए ।
वडा कमिटि अध्यक्ष पदम रिजालको अध्यक्षयता, सचिव गणेस अधिकारीको सञ्चालन र उपाध्यक्ष भगवती गैरेको स्वागतमा कार्यक्रम भएको थियो ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित