जनताको अपार माया र सद्भावले उत्साहित छु : एमाले उपाध्यक्ष गोकर्ण विष्ट पीएम कप छनोट सुरु, रूपन्देही र बर्दिया विजयी बुटवल-गोरुसिङ्गे सडकमा उभिएर विष्णु पौडेलले भने : बुटवल-नारायणगढ जस्तो नहोस DEVILS प्रदेशसभा सांसद र पदाधिकारीको गाडीमा अचाक्ली खर्च, वर्षमै ५ लाखमाथिको बिल ‘बा-आमासँग नगरप्रमुख’ कार्यक्रमबाट बुटवलमा दुई हजारभन्दा बढी ज्येष्ठ नागरिक लाभान्वित जब मापसे गरेका श्रीमान्‌ले तीनमहिने छोरो निमोठे… लुम्बिनी प्रदेश स्तरिय ब्याडमिन्टन प्रतियोगितामा रबिन र हिमान्सु जोडी बिजयी ‘स्कुल गट ट्यालेन्ट रुपन्देही’को उपाधि अंकितलाई, अध्यता भण्डारी फस्ट रनर अप हाटबजार व्यवसायी संघद्वारा ३१ औं नियमित वृहत रक्तदान कार्यक्रम सम्पन्न ५ वर्षसम्म पनि किन चल्न सकेनन् दाताले दिएका करोडौंका गाडी?                
समाचार :

लायन्स क्लव अफ बुटवल स्मार्ट सिटी द्वारा बुटवलमा छक्का पञ्जा ४ को च्यारेटी शो

लायन्स क्लव अफ बुटवल स्मार्ट सिटीले बुटवलमा छक्का पञ्जा ४ को च्यारेटी शो गरेको छ । सामाजिक कार्य गर्ने उद्देश्यले शनिबार विहान ८ बजे बुटवलको सिटी सेन्टरमा रहेको आईएनआई सिनेमामा च्यारेटी शो आयोजना गरेको हो । च्यारेटी शोमा १ सय ६३ जनाले चलचित्र हेरेका थिए ।

चलचित्र हेरेका सवैले छक्का पञ्जा ४ फिल्म उत्कृष्ट बनेको प्रतिक्रिया दिएका थिएका थिए ।

फिल्म हेरेर फर्किएका अधिकांश दर्शकले यसको कथावस्तु, प्रस्तुति, कलाकारको अभिनयलाई उत्कृष्ट भनेका छन् । दर्शकको वर्ड अफ माउथका कारण पनि फिल्मले आगामी दिनमा उच्च कमाई गर्ने छनक दिएको छ । चलचित्र पत्रकार संघ रुपन्देहीका कोषाध्यक्ष राजिव भुसालको संयोजनमा भएको च्यारेटी शो भएको थियो ।

च्यारेटी शो बाट बचत भएको रकमलाई अनाथ असाहयलाई सहयोग गर्ने लायन्स क्लव अफ बुटवल स्मार्ट सिटीका अध्यक्ष जीतु रानाले बताए ।

हेमराज विसीले निर्देशन गरेको फिल्ममा दीपक, दीपा, केदार, निर्मल, बुद्धि, राजसँगै सुश्मा निरौला, वेदना राईलगायत कलाकारको अभिनय छ। फिल्मको कथा दीपकराज गिरीले तयार पारेका हुन्।

नरेन्द्र मैनालीले छायांकन गरेको फिल्मलाई निमेष श्रेष्ठले सम्पादन गरेका हुन्।

आमा सरस्वती मुभिज र आइएमीको प्रस्तुति रहेको फिल्म गत शुक्रबार देखि प्रर्दशनमा आएको हो ।

फिल्मले नेपाली फिल्म क्षेत्रमा फेरि एकपटक चहलपहल ल्याइदिएको छ । यो साता केही सार्वजनिक बिदा समेत परेकाले फिल्मलाई फाइदा हुने पक्का छ ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित