मोतिपुर औद्योगिक क्षेत्रभित्रका बस्ती हटाउन पत्राचार उच्च अदालत बुटवलको जग्गा फिर्ता, कब्जा गरेर बनाइएका संरचना भत्काइयो फालिएका प्लास्टिक प्रशोधन गरी बुटवलमा इँटा उत्पादन लुम्बिनी प्रदेश सभाको आठौँ अधिवेशन आजदेखि युवालाई प्रविधिसँग जोड्दै तिलोत्तमा नगरपालिका थोर्गा रुपन्देही सम्पर्क समाजद्वारा २०८३ सालको भित्तेपात्रो विमोचन सशक्त सहकारीद्वारा सदस्यलाई पेन्सन वितरण सुरु लुम्बिनी प्रादेशिक अस्पतालमा ‘एमआरआई’ सेवा सुरु नमराज–दिलिप स्मृति दिवसमा निजामति कर्मचारी संगठन रुपन्देहीद्वारा रक्तदान कार्यक्रम बुटवल उपमहानगरपालिकाको सार्वजनिक सुनुवाइ                
समाचार :

शान्तिमा तिलोत्तमा नगरस्तरीय भलिवल प्रतियोगिता हुने

तिलोत्तमा। रुपन्देहीको तिलोत्तमा–५ मणिग्राममा रहेको शान्ति नमुना माध्यमिक विद्यालयको आयोजना तथा तिलोत्तमा नगरपालिकाको आर्थिक सहयोगमा नगर स्तरीय भलिवल प्रतियोगिता हुने भएको छ । तिलोत्तमा नगरपालिकामा रहेका सामुदायिक तथा संस्थागत विद्यालयमा अध्ययनरत छात्र तथा छात्राहरुबीच प्रतियोगिता हुन लागेको हो ।
फागुन २० गतेदेखि शुरु हुने प्रतियोगितामा १२ विद्यालयको सहभागिता रहने छ । प्रतियोगिता मार्फत नगर भित्रका विद्यालयहरुबीच सद्भाव र आत्मीयता बढाउने उद्धेश्य प्रतियोगिता राखिएको विद्यालयका प्रधानाध्यापक कुलप्रसाद लामिछानेले बताए ।
नगरस्तरीय प्रतियोगिताले नगरभित्रका विद्यायहरुबीच सहकार्यको भावनामा बृद्धि हुने अपेक्षा सहित विद्यार्थीहरुबाट उत्कृष्ट खेलाडी उत्पादन गर्ने उद्धेश्यका साथ तिलोत्तमा नगरपालिकाले सहकार्य गरेको नगर प्रमुख रामकृष्ण खाँणले बताए ।
प्रतियोगितामा प्रथम हुनेले नगद रु. ३० हजार, द्वितीय हुने समुहले २० हजार र तृतीय हुने २ समुहले १० हजार सहित मेडल र ट्रफि प्राप्त गर्ने प्रतियोगिताका संयोजक राजेन्द्र के.सी.ले बताए ।
फागुन २० गते हुने उद्घाटन खेल छात्रातर्फ आयोजक शान्ति नमुना र सेन्ट जोसेफ बोर्डिङ् स्कुलबीच हुने प्रतियोगिताका सञ्चार संयोजक दिनेश खड्काले जानकारी दिए । यस्तै छात्रातर्फ दोस्रो खेलमा सिद्धार्थ इङ्गलिश बोर्डिङ् स्कुल र न्यू इन्भाइरमन्ट बोर्डिङ् स्कुलबीच हुनेछ भने अर्को खेलमा गिर्वाण मा.वि. र नवज्योति बोर्डिङ् स्कूल आमने सामने हुनेछन्। कुवँरवर्ती बोर्डिङ् स्कुलले भने बाई प्राप्त गरेको छ ।
यस्तै छात्रतर्फ पहिलो खेल गिवार्ण मा.वि. र जनता मा.वि.बीच हुनेछ भने दोस्रो खेल शंकरनगर दुर्गादत्त मा.वि.र जनज्योति मा.वि.बीच हुनेछ ।
त्यस्तै अर्को खेलमा पशुपति मा.वि. विरुद्ध नमुना मा.वि. र न्यू इन्भाइरमेन्ट विरुद्ध नव ज्योति बोर्डिङ् स्कुल आमने सामने हुनेछन् ।
छात्रतर्फ आयोजक शान्ति नमुना मा.वि., कुँवरवर्ती बोर्डिङ् स्कुल, सिद्धार्थ बोर्डिङ् स्कुल र सेन्ट जोसेफ बोर्डिङ् स्कुलले बाई प्राप्त गरेका छन् ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित