बुटवल। पाल्पाको तिनाउ गाउँपालिकामा रहेको प्रसिद्ध शिद्धबाबा मन्दिर विकास समितिले निर्माण गर्न लागिएको सुरुङ्गमार्गको कारण सिद्धबाबा मन्दिरमा कुनै पनि असर नपर्ने बताएको छ ।
सिद्धबाबा मन्दिर विकास समितिका अध्यक्ष सन्तोष कुमार शेरचनलेसुरुङ्गकै कारण मन्दिर सर्ने भन्ने विषय नभएकोबताए । उनले आयोजना संगको छलफलमा मन्दिरले निर्माण गरेको धर्मशाला सहितका व्यवसायीक सटरमा प्रारम्भीकचरणमा सडक डाईभर्सन गर्नको लागि हटाउन सकिने कुरा भए पनि अन्तीम डिपीआरको निर्णय आईनसकेको कारणअहिले नै आत्तसक्नुपर्ने अवस्था नआएको बताए । उनले सुरुङ्ग मार्ग आयोजनासंगको पहिलो चरणको छलफलमाव्यवसायीक सटरहरु हट्न सक्ने कुरा आएपनि अहिले डिपीआर को फाईनल रिर्पोट नआईसकेको कारण अहिले नैआत्तीहाल्नुपर्ने अवस्था नआएको बताएका हुन ।

सिद्धबाबा सुरुङ्ग मार्ग आयोजनाको ठेकेदार कम्पनी चाईनीज कम्पनीका प्रोजेक्ट हेड मिष्टर सिसि सुङ्ले डिपीआरभन्दा वाहिरको काम नहुने बताए । उनले डिपीआर प्रोजेक्ट रिर्पोट अनुसार नै काम हुने जानकारी दिदै सोही अनुसारकोकाम हुने बताएका हुन ।उनले भने–‘फाईनल रिर्पोट आएपछि रिर्पोट अनुसार हामी काम गछौं, यसमा अन्य कुराहरु केहीहुदैन्न ।’
सिद्धबाबा मन्दिर विकास समितिका सचिव अरविन्द पाण्डेले मन्दिर सबैको आस्थाको केन्द्र भएको कारण मन्दीर देखिकेही मिटर उत्तर तर्फ रहेको पुरानो पार्कीङ्ग र पानी ट्यांकी निरबाट सुरुङ्गमार्गको द्वार निर्माण हुने भएको कारणमन्दिरमा कुनै असर नपर्ने बताए ।
मन्दिर विकास समितिका सदस्य तोया लम्सालले सकेसम्म मन्दिरको धर्मशाला समेत बचाएर सडक र सुरुङ्ग निर्माणगर्नका लागि पहल गरिएको बताए ।










