तिनाउ सुन पसलमा मालिककै ‘चोरी ड्रामा’, सीसीटीभी फुटेजले गर्‍यो पर्दाफास दूध तथा दुग्धजन्य उत्पादन: व्यवसायिक इमान्दारिता र असल अभ्यासमा जोड हाजिरजवाफ प्रतियोगितामा इश्वरी मावि प्रथम उच्च अदालत बार बुटवलको अध्यक्षमा घिमिरे निर्वाचित भैरहवा सेजमा फर्किँदै उद्योगीको आकर्षण : एकैपटक ६ उद्योग निर्माणाधीन एभरेष्ट प्लाइ ढोका उद्योगमा आगलागी हुँदा पाँच करोडको क्षति कुशीनगरबाट उद्धार गरिएकामध्ये १९ जनामाथि अनुसन्धान सुरु भारतको कुशीनगरमा बन्धक बनाइएका ४५३ जना नेपालीको उद्दार कृष्णनगरका होटलमा अवैध गतिविधि, निगरानी र कारबाहीको माग रोट्रयाक्ट डाउनटाउनले विद्यालयलाई दियो दुई थान फिल्टर मेशिन                
समाचार :

सगरहवामा गरिने मूर्तीकार्यशालाको समय परिवर्तन, चैत २३ देखि शुरु हुने

लुम्बिनी ।
कपिलबस्तु राष्ट्रिय मूर्तीकला कार्यशाला आगामि चैत २३ गते पूर्णिमादेखि हुने गरि कार्यतालिका परिवर्तन गरिएको छ । यसअघि फागुन २३ गते पूर्णिका दिनदेखि ऐतिहासिक स्थल सगरहवामा कार्यशाला गर्ने तयारी गरिएको थियो । सगरहवा पुरातात्विक स्थल भएकाले त्यहाँ जियोफिजकल सर्भे गर्नुपर्ने, मूर्तीका लागि आवश्यक ढुंगा व्यवस्थापन गर्नुपर्ने तथा विद्युत जस्ता अन्य प्राविधिक कामका लागि समय अपुग भएपछि कार्यशाला एक महिनापछाडि सारिएको हो ।

लुम्बिनी विकास कोषका कोषाध्यक्ष ढुण्डीराज भट्टराईको अध्यक्षतामा कपिलबस्तुको सगरहवामा विहिबार जनप्रतिनिधि सहित त्यस क्षेत्रका कार्यशाला सम्पन्न गर्न गठित समितिका संयोजकहरुको बैठकले चैत २३ गतेदखि कार्यशाला गर्ने गरि कार्यतालिका परिवर्तन गर्ने निर्णय गरेको हो । बैठकले व्यवस्थित रुपमा स्थानीयहरुको समेत सक्रिय सहभागितामा कार्यशाला सम्पन्न गर्ने गरि समयअवधि  समेत तोकिएको छ ।  पुरातात्व विभागले सगरहवाको जियोफिजिकल सर्भे (जमिनमुनी पुरातात्व संरचना भएनभएको परीक्षण) गरेर प्रतिवेदन दिएपछि स्थान छनौट र ढुंगा व्यवस्थापनका लागि फागुन मसान्तसम्मको समय तोकिएको छ ।

विद्युत व्यवस्थापन चैत पहिलो साता, चैत १७ भित्र कलाकारहरुको छनौट र मूर्तीको म्याकेट माग गर्ने निर्णय भएको छ । बैठकले कार्यशालालाई स्थानीयहरुको अपनत्वमा सम्पन्न गर्न ढुंगा व्यवस्थापन, विद्युत व्यवस्थापन, साँस्कृतिक कार्यक्रम व्यवस्थापन, आमा समूह परिचालन जस्ता  उपसमितिहरु गठन गरिएको लुम्बिनी विकास कोष तिलौराकोट शाखा प्रमुख माधव प्रसाद आचार्यले जानकारी दिए । बैठकमा लुुम्बिनी विकास कोषका कार्यकारिणी सदस्य विश्वराज पौडेल, परिषद सदस्य गोपिकृष्ण शर्मा, कपिलबस्तु नगरपालिका वडा न. ९ का वडाअध्यक्ष दीपक गुुरुङ, विज्ञ समितिका सदस्य गिता अन्जान केसि, प्राज्ञ गोविन्द प्रसाद चौधरी, पत्रकार भेषराज पाण्डे लगायतको उपस्थिती रहेको थियो ।

कार्यशाला सम्पन्न गर्नका लागि माघ १६ गते सगरहवाका प्रतिनिधि, प्रदेशसभाका सांसद, कपिलबस्तु नगरपालिकाका जनप्रतिनिधि एंव स्थानीय सरोकारवालाहरुको उपस्थितीमा भेला गरिएको थियो ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित