जनताको अपार माया र सद्भावले उत्साहित छु : एमाले उपाध्यक्ष गोकर्ण विष्ट पीएम कप छनोट सुरु, रूपन्देही र बर्दिया विजयी बुटवल-गोरुसिङ्गे सडकमा उभिएर विष्णु पौडेलले भने : बुटवल-नारायणगढ जस्तो नहोस DEVILS प्रदेशसभा सांसद र पदाधिकारीको गाडीमा अचाक्ली खर्च, वर्षमै ५ लाखमाथिको बिल ‘बा-आमासँग नगरप्रमुख’ कार्यक्रमबाट बुटवलमा दुई हजारभन्दा बढी ज्येष्ठ नागरिक लाभान्वित जब मापसे गरेका श्रीमान्‌ले तीनमहिने छोरो निमोठे… लुम्बिनी प्रदेश स्तरिय ब्याडमिन्टन प्रतियोगितामा रबिन र हिमान्सु जोडी बिजयी ‘स्कुल गट ट्यालेन्ट रुपन्देही’को उपाधि अंकितलाई, अध्यता भण्डारी फस्ट रनर अप हाटबजार व्यवसायी संघद्वारा ३१ औं नियमित वृहत रक्तदान कार्यक्रम सम्पन्न ५ वर्षसम्म पनि किन चल्न सकेनन् दाताले दिएका करोडौंका गाडी?                
समाचार :

उडान स्वीकृती नपाएपछि रेसुंगा विमानस्थलमा हुने भनिएको निगमको नियमित उडान अनिश्चित

गुल्मीको नयाँ विमानस्थल रेसुंगामा नियमित उडान हुने भनिएपनि नेपाल वायुसेवा निगमको उडान अनिश्चित बनेको छ । फागुन १७ गते प्रभिङ उडान गर्ने र त्यसपछि नियमित उडान गर्ने बताइएको भएपनि अहिले नियमित उडान अनिश्चित बनेको छ भने प्रुभिङको पनि टुंगो लागेको छैन् ।
रेसुंगा नगरपालिका र नेपाल एयरलाइन्सबीच भएको सम्झौता अनुसार प्रति उडान अवतरण कुल सिट क्षमताको ३० प्रतिशत रेसुंगा नगरपालिकाले यात्रु ग्यारेन्टी गर्ने र अन्य व्यवस्थापन निगमले मिलाउने गरी सम्झौता भइसकेको छ । सम्झौता भएपछि नै प्रुभिङ उडान गर्ने भनिएको भएपनि उडान भने भएन ।
रेसुंगा नगरपालिकाका नगरप्रमुख खिलध्वज पन्थीले निगमको आन्तरिक तयारी नपुगेकाले उडानको काम रोकिएको बताए । वायुसेवा सञ्चालक संघका प्रवक्ता योगराज कंडेलका अनुसार अब कहिले उडान हुन्छ भन्ने मिति तय भएको छैन । नेपाल नागरिक उड्यन प्राधिकरणले बक्यौता नतिरेसम्म नयां उडान तालीका स्वीकृत नगरेकाले वायुसेवा कम्पनीहरुले नयां गन्तव्यमा उडानको स्वीकृति पाएका छैनन् । विमानस्थलमा २५ जेठ २०७५ मा तारा एयरको जहाजले धुले उडान गरेको थियो । नेपाल एयरलाइन्सले पहिलोपटक परीक्षण उडान गत बुधबार गर्ने मिति तय गरेको थियो ।विमानस्थलमा प्राविधियुक्त सामग्रीहरु जडान गर्न समय लागिएको भन्दै शुक्रबारका लागि सारिएको थियो ।

नगरपालिका र निगम बीच सोमबार साताको एक दिन नियमित उडान हुने गरी सम्झौता भएको भइसकेको छ । निगमका अनुसार गुल्मी जाँदा निगमको ट्वीनअटर जहाजले १४ जना यात्रु बोक्न सक्छ । बाँकी लोड पेनाल्टीका कारण सिट खाली गरेर उड्नुपर्छ । फर्कंदा इन्धन खपत भइसक्ने भएकाले थप दुई सिट अर्थातः १६ सिटमा यात्रु बोक्न सक्छ । यस अनुसार प्रतिउडानरअवतरण कुल ३० सिट क्षमता हुनेछ । यसमध्ये १० सिटको ग्यारेन्टी रेसुंगा नगरपालिकाले गरेको हो ।
काठमाडौंबाट करिब १ घण्टाको दुरीमा रेसुंगा विमानस्थल पुग्न सकिन्छ । नियमित उडान जारी रहेमा गुल्मीका यात्रुको अभाव नहुने अपेक्षा गरिएको छ । त्यसपछि निजी क्षेत्रका वायुसेवा कम्पनीसमेत आकर्षित हुन सक्ने अपेक्षा छ । निगमलाई यसअघि तारा एयरले गरेको परीक्षण उडानको प्रतिवेदन समेत बुझाइएको छ । ताराले यहाँ २४ पुसमा परीक्षण उडान गरेको थियो । सफल परीक्षण उडानपछि ताराले समेत यहाँ उडानको तयारी गरेको थियो । तर, पोखरामा यतीको जहाज दुर्घटना भएपछि कम्पनीले आफ्नो योजना पछाडि धकेलेको छ ।
रेसुंगा नगरपालिका र निगमको सम्झौतामा साक्षी बसेका वायुसेवा सञ्चालक संघका प्रवक्ता योगराज कँडेलका अनुसार यहाँ निजी कम्पनीको तुलनामा निगमले झण्डै २ हजार रुपैयाँ कम भाडामा यात्रु बोक्ने भएको छ । टिकट दर तोक्ने जिम्मा भने निगमलाई नै दिइएको छ । गुल्मीको सदरमुकाम तमघासबाट ५ किलोमिटर दूरीमा अवस्थित यो विमानस्थल यस भेगकै पहिलो विमानस्थल हो ।

नियमित उडान सफल भएमा गुल्मी, अर्घाखाँची, प्यूठान, बागलुङ, पाल्पासहितका जिल्लाका यात्रुले सेवा पाउँछन् ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित