तिनाउ सुन पसलमा मालिककै ‘चोरी ड्रामा’, सीसीटीभी फुटेजले गर्‍यो पर्दाफास दूध तथा दुग्धजन्य उत्पादन: व्यवसायिक इमान्दारिता र असल अभ्यासमा जोड हाजिरजवाफ प्रतियोगितामा इश्वरी मावि प्रथम उच्च अदालत बार बुटवलको अध्यक्षमा घिमिरे निर्वाचित भैरहवा सेजमा फर्किँदै उद्योगीको आकर्षण : एकैपटक ६ उद्योग निर्माणाधीन एभरेष्ट प्लाइ ढोका उद्योगमा आगलागी हुँदा पाँच करोडको क्षति कुशीनगरबाट उद्धार गरिएकामध्ये १९ जनामाथि अनुसन्धान सुरु भारतको कुशीनगरमा बन्धक बनाइएका ४५३ जना नेपालीको उद्दार कृष्णनगरका होटलमा अवैध गतिविधि, निगरानी र कारबाहीको माग रोट्रयाक्ट डाउनटाउनले विद्यालयलाई दियो दुई थान फिल्टर मेशिन                
समाचार :

सुर्य ज्योतिद्वारा मृत्यु दाबीवापतको भुक्तानी रकम हस्तान्तरण

भैरहवा। सुर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले बीमितको परिवारलाई मृत्यु दाबीवापतको रकम भुक्तानी गरेको छ । कम्पनीमा वैदेशिक रोजगार (म्यादी) जीवन बीमा गराएका गुल्मीदरबार गाउँपालिका–६, गुल्मी (हाल सिद्धार्थनगर–९, रुपन्देही) का स्व. नरेन्द्र टण्डनको परिवारलाई घरमै पुगेर रु. १४ लाख बीमा दाबी भुक्तानी गरेको हो । बिहीबार एक कार्यक्रमकाबीच कम्पनीका जनरल हेड किरण गौतम, भैरहवा शाखा प्रबन्धक वीर सिंह महराले स्व. नरेन्द्रको श्रीमती सीता खत्री टण्डनलाई चेक हस्तान्तरण गरेका हुन् ।

‘नरेन्द्र टण्डनको नाममा जारी भएको २ वर्ष ६ महिना अवधिको वैदेशिक रोजगार (म्यादी) जीवनअन्तर्गत बीमित हुनुभएकोमा २०७९ मंसिर १८ गते उहाँको निधन भएको हुँदा रु. १४ लाखको चेक हस्तान्तरण गरिएको हो, ’ कम्पनीका भैरहवा शाखा प्रबन्धक वीर सिंह महराले भने । कम्पनीकाअनुसार स्व. नरेन्द्रले २०७९ असोज ६ गते १० लाखको बीमा गराएका थिए ।

कार्यक्रममा बोल्दै शाखा प्रबन्धक महराले बीमाले विषम परिस्थितिमा सहयोग गर्ने बताए । उनले बीमितका परिवारलाई केही भए पनि राहत पुग्ने बताए ।

वैदेशिक रोजगारीको सिलसिलामा मलेसियामा रहेका नरेन्द्रको निधन भएको थियो । कार्यक्रममा अभिकर्ता कमल श्रेष्ठ लगायतको उपस्थिति रहेको थियो ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित