लुम्बिनी प्रादेशिक अस्पतालमा ‘एमआरआई’ सेवा सुरु नमराज–दिलिप स्मृति दिवसमा निजामति कर्मचारी संगठन रुपन्देहीद्वारा रक्तदान कार्यक्रम बुटवल उपमहानगरपालिकाको सार्वजनिक सुनुवाइ लुम्बिनी प्रादेशिक अस्पताल ११६ वर्षमा प्रवेश, विस्तारसँगै सहज र सुलभ सेवाप्रवाहको अपेक्षा बुटवल पब्लिक स्कुलको नयाँ शैक्षिक योजनाः अनुसन्धान, व्यवहारिकता र प्रविधिमा जोड रुपन्देही–२ मा पराजित उम्मेदवार विश्वदीप पाण्डेद्वारा विजयी शुलभ खरेललाई बधाई रुपन्देहीमा १२ उम्मेदवारले मात्र जोगाए जमानत लुम्बिनीका २६ मध्ये २१ क्षेत्रमा रास्वपाको जित, कांग्रेस र नेकपा दुई–दुई तथा एमाले एक सिटमा खुम्चियो रास्वपाले क्लिन स्वीप गरेको रुपन्देहीमा कुन दलको समानुपातिक मत कति ? आफ्ना माग पूरा नगरेको भन्दै दाङका दुई मतदान केन्द्रमा स्थानीयले गरे मतदान बहिस्कार                
समाचार :

नेपाल प्रहरी र नेपाली सेनाको क्षेत्रमा पर्खाल निर्माण शुरु

बुटवल । बुटवलको अभियान पथमा नेपाल प्रहरी र नेपाली सेनाको क्षेत्रमा पर्खाल निर्माण शुरु भएको छ ।
अभियान पथ सडक विस्तार तथा बाउण्ड्री वाल निर्माणको बिहीबार बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयले शिलान्यास गरे।
शिलान्यास पछि बोल्दै प्रमुख पाण्डेयले लामो समयदेखि रोकिएको पर्खाल निर्माणको काम शुरु भएको र छिटै नै सडक विस्तारको काम शुरु हुने बताए।
उनले सडक विस्तारको कामका लागि डीपीआर भइसकेको र छिटै टेण्डर आह्वान गरी निर्माणको प्रक्रिया अगाडि बढाउने बताए।
‘यो पर्खाल बनेपछि नेपाली सेना र नेपाल प्रहरीतर्फको क्षेत्र छुट्टिनेछ, त्यसपछि सडक निर्माणले यो क्षेत्रलाई मुख्य सडकको वैकल्पिक सडकका रुपमा स्थापित हुनेछ, उनले भने-बुटवलको यो क्षेत्रका लागि यो सडक महत्वपूणर् सडक हुनेछ ।’

मध्यपश्चिम पृतना पृतनापति यमप्रसाद ढकाल, लुम्बिनी प्रदेश प्रहरी तालिम केन्द्र समादेशक विनोद घिमिरेले पर्खाल र सडक निर्माणले स्थानीयलाई सहज हुने विश्वास व्यक्त गरे।
४ करोड १० लाख ७६ हजारमा ठेक्का भएको पर्खाल निर्माणको काम ३ महिनाभित्र पूरा गर्ने प्रतिबद्धता निर्माण पक्षले जनाएको बुटवल उपमहानगरपालिकाका शहरी पूर्वाधार महाशाखा प्रमुख सुमन श्रेष्ठले बताए।
कार्यक्रममा वडाध्यक्ष बलबहादुर पुन, वडा सदस्य यमुना काउचाले बोल्दै वडा नम्बर १० का लागि सडक र पर्खालले थप सुन्दरता ल्याउने बताए।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित