तिनाउ सुन पसलमा मालिककै ‘चोरी ड्रामा’, सीसीटीभी फुटेजले गर्‍यो पर्दाफास दूध तथा दुग्धजन्य उत्पादन: व्यवसायिक इमान्दारिता र असल अभ्यासमा जोड हाजिरजवाफ प्रतियोगितामा इश्वरी मावि प्रथम उच्च अदालत बार बुटवलको अध्यक्षमा घिमिरे निर्वाचित भैरहवा सेजमा फर्किँदै उद्योगीको आकर्षण : एकैपटक ६ उद्योग निर्माणाधीन एभरेष्ट प्लाइ ढोका उद्योगमा आगलागी हुँदा पाँच करोडको क्षति कुशीनगरबाट उद्धार गरिएकामध्ये १९ जनामाथि अनुसन्धान सुरु भारतको कुशीनगरमा बन्धक बनाइएका ४५३ जना नेपालीको उद्दार कृष्णनगरका होटलमा अवैध गतिविधि, निगरानी र कारबाहीको माग रोट्रयाक्ट डाउनटाउनले विद्यालयलाई दियो दुई थान फिल्टर मेशिन                
समाचार :

८४ वर्षका पुरुष र ६४ वर्षकी महिलाबीच मन मिलेपछि विवाह

‘मन मिलेपछि कस्सो के लाग्छ र’ भने जस्तै अर्घाखाँचीमा त्यस्तै भएको छ । जिल्लामा ८४ वर्षका पुरुष र ६४ वर्षकी महिलाबीच विवाह भएको छ । सुन्दा विश्वास नलाग्न सक्छ, तर अर्घाखाँचीकी एक ६४ वर्षीय महिलाले ८४ वर्षीय पुरुषसँग लगनगाँठो गाँसेकी छिन् ।
जिल्लाको शीतगंगा नगरपालिका वाड नम्बर १ सुवर्णखालकी ६४ वर्षीया नारायणी पौडेलले गुल्मी धुर्कोट–२ सुफलका ८४ वर्षका कुलानन्द खनालसँग विवाह गरे । दुवैतर्फ छोराछोरी भए पनि पौडेल र खनाल भने एकल रहेका थिए । छोरीको घर नेपालगञ्ज गएको बेला उनी (श्रीमती) पनि आप्mनी छोरीलाई भेट्न नेपालगञ्ज गएको बेला भेट भएपछि दुःख सुखका कुरा गर्दै जाँदा विवाह गर्नेसम्म सहमति भएपछि विवाह गरेको खनालले बताए ।

१५ वर्ष अगाडि श्रीमती गुमाएर एक्लै रहेका खनालका छोराछोरी भए पनि छोरानाति छुट्टिएर बेग्लै बस्दा पकाउन–खान र बिरामी पर्दा उपचारमा जान समस्या परेकाले साथी खोज्नुपरेको उनले बताए । ‘छोराछोरी जागिरे छन्, नातिनातिना जागिरे छन् । आफ्नो जोडा बितेपछि एक्लै भए तातोपानी खान दिनेसम्म कोही भएन्,’ उनले भने–‘सोंचे जस्तो जोडा पाए विवाह गरें ।’

कुलानन्दकै जस्तै कथाव्यथ नारायणीको रहेको थियो । श्रीमान बितेपछि एक्लै रहेकी पौडेलका पनि छोराछोरी रहेको दैनिक लुम्बिनीमा खवर छ।  । ‘छन त तीन छोरा, दुई छोरी छन् तर मनमा दुःख भयो सगै बसेर भलाकुसारी गर्ने कोही भएन,’– नारायणीले भनीन् –‘दुई जनाकै दुःख मिलेपछि सँगै रमाउँ, खाउँ, बसौं, दुःखसुखको सहयात्री बनौ भनेर जोडा बन्यांै ।’

वृद्धावस्थाको विवाहले जोडी बन्दा दिनचर्या सहज भएको दुवै जनाको भनाई रहेको छ । ‘मेरो अहिले विवाह गर्ने बेला त होइन, बेला, उमेरले गरेको व्यवहार होइन यो । अहिले खुसी नै छु, । तीन छोरालाई अंशबन्डा गरिदिएर आफूसँग जे–जति जिउनी बचेको छ, त्यसैमा खुसीसाथ बाँच्ने कुलानन्दले बताए ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित