तिलोत्तमा नगरपालिकाद्वारा सुलभ फार्मेसी सञ्चालन रास्वपा बुटवल सभापतिमा राजन, तिलाेत्तमामा रुस्तम र सैनामैनामा लक्ष्मण निर्वाचित बाजा नबजाउने गाउँ, यसरी चिच्याउने चलन || Palpa Satyawati Bajai video घरभित्र अर्को घर बनाउने अनौठो चलन || गुल्मीको रोचक गाउँ – Video पहिरोको त्रास अन्त्य गर्ने तयारी : असोजदेखि सिद्धबाबा सुरूङमार्गबाट सवारी गुड्ने ‘बुद्धभूमि’मा बढ्यो प्रवेश शुल्क : लुम्बिनीमा कोषविरुद्ध स्थानीय र पर्यटन क्षेत्र आक्रोशित सानो शरीर, विशाल सपना : रंग र सङ्घर्षले कोरेको गंगा आर्ट्सको कथा बुटवलमा आजदेखि राष्ट्रिय सञ्चार सम्मेलन तथा मिडिया मन्थन आयोजना हुँदै मोतिपुर औद्योगिक क्षेत्रभित्रका बस्ती हटाउन पत्राचार उच्च अदालत बुटवलको जग्गा फिर्ता, कब्जा गरेर बनाइएका संरचना भत्काइयो                
समाचार :

पूर्व अर्थमन्त्रीलाई सञ्जालको ज्ञापनपत्र

बुटवल । रुपन्देही जिल्लामा क्रियाशिल व्यवसायिक संघसंस्थाहरुको संजाल रुपन्देहीले शनिवार नेपाल सरिकार पूर्व अर्थमन्त्री तथा नेकपा एमालेका उपाध्यक्ष विष्णु प्रसाद पौडेललाई चर्को बैंकको व्याज तत्काल हटाउन पहल गरिदिन आग्रह गर्दै ज्ञापनपत्र बुझाएको छ ।

व्यवसायीक सञ्जाल संघर्ष समितिका संयोजक एवं रुपन्देही उद्योग संघका अध्यक्ष माधव प्रसाद पौडेलको नेतृत्वमा गएको टोलीले हालै नेपाल राष्ट्र बैंकद्वारा लागु गरिएको चालू पू“जी कर्जा निर्देशिका २०७९ लाई आधार मानेर बैंक तथा वित्तिय संस्थाहरुले लगानीको व्याज अचाक्ली बढाएको र त्यसबाट उद्योग व्यवसाय धारशाही बन्ने अवस्था सिर्जना भएको भन्दै त्यसलाई तत्काल फिर्ता गरि तरलताको अभाव अन्तय गर्न माग गरेको छ ।

उक्त अवसरमा पूर्व अर्थमन्त्री पौडेलले बर्तमान सरकारले अर्थतन्त्रलाई चलायमान बनाउन र नीजि क्षेत्रका समस्याहरुलाई सकारात्मक ढंगले सम्बोधन गर्न नसकेको भन्दै आफु अर्थमन्त्री रहदा अर्थतन्त्रलाई बचाएर राखेको स्मरण गराउनु भएको थियो । पौडेलले बैंक तथा वित्तिय संस्थाहरुले नीजि क्षेत्रको लगानीलाई ध्वस्त बनाउने गरि अस्वाभाविक रुपमा बढाएको बैंक व्याजले समग्र अर्थतन्त्रलाई विगार्ने हुदा त्यसलाई समाधानका लागि आफुले पहल गर्ने प्रतिवद्धता जनाउनु भएको थियो ।

ज्ञापनपत्रमा बैंक तथा वित्तिय संस्थाहरुद्वारा हाल कायम गरिरहेका उच्चतम ब्याजदर तथा विभिन्न सेवाशुल्कहरु तत्काल पुनरावलोकन गर्न र चालूपू“जी कर्जा निर्देशिका खारेज गर्न जोडदार माग गर्दै व्याजदर नघटाएमा आ—आप्mना उद्योग व्यवसायहरु बन्द गरी चरणवद्ध रुपमा आन्दोलनमा होमिन बाध्य हुने उल्लेख गरिएको छ ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित