रुपन्देहीमा १२ उम्मेदवारले मात्र जोगाए जमानत लुम्बिनीका २६ मध्ये २१ क्षेत्रमा रास्वपाको जित, कांग्रेस र नेकपा दुई–दुई तथा एमाले एक सिटमा खुम्चियो रास्वपाले क्लिन स्वीप गरेको रुपन्देहीमा कुन दलको समानुपातिक मत कति ? आफ्ना माग पूरा नगरेको भन्दै दाङका दुई मतदान केन्द्रमा स्थानीयले गरे मतदान बहिस्कार रुपन्देहीमा शान्तिपूर्ण मतदान (तस्बिरहरू) विकासको विगत बोकेर चुनावी मैदानमा बासुदेव घिमिरे रुपन्देही–२ लाई आर्थिक केन्द्र बनाउने लक्ष्यसहित चुनावी मैदानमा चुन्नप्रसाद शर्मा पूर्वाधारदेखि आईटी हबसम्म : रूपन्देहीका लागि पौडेलको नयाँ खाका रुपन्देही–२ मा जनताको संसद् बनाउने वाचा लिएर चुनावी मैदानमा विश्वदीप पाण्डे  उद्योग, समाजसेवा र राजनीतिलाई जोड्दै : बुटवलका उद्योगी एजाज आलम को हुन् ?                
समाचार :

प्रदेश सरकारका मन्त्रीसमेत आठ दलीय बैठकमा सहभागी

दाङ – केन्द्रमा राजनीतिक समीकरण फेरिएपछि त्यसको असर लुम्बिनी प्रदेशमा पनि देखिएको छ। प्रदेश सरकार परिवर्तन र राष्ट्रपती निर्वाचनलाई लक्ष्य गरेर आठ राजनीतिक दलको बुधवार संयुक्त बैठक बसेको छ।

प्रदेश सभाको छैठौं बैठक सकिएलगत्तै आठ राजनीतिक दलको विचमा बैठक बसेको नेपाली कांग्रेस संसदीय दलका नेता डिल्लीबहादुर चौधरीले जानकारी दिए ।‘निश्चय पनि केन्द्रीय समिकरण फेरिएसँगै त्यसको प्रभाव प्रदेशमा पनि पर्छ । हामी राष्ट्रिय पार्टी हौं । अव प्रदेशमा नयाँ समिकरणको आधारमा सरकार गठनकोलागी हामीले पहल लिएका छौं’कांग्रेस संसदीय दलका नेता चौधरीले भने, ‘नयाँ समीकरण बनेसँगै हामीसँग सुविधाजनक बहुमत छ । बहुमत सिद्ध गरेर सरकार परिवर्तन गर्छौं।’

कांग्रेस, नेकपा माओवादी केन्द्र, जनमत पार्टी, जनता समाजवादी पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी, एकिकृत समाजवादी पार्टी, राष्ट्रिय जनमोर्चा दलको संयुक्त बैठक बसेको हो । नेकपा एमाले नेतृत्व सरकारमा बसेका मन्त्रीसमेत आठ दलीय बैठकमा सहभागी भएका छन्।

नेकपा माओवादी संसदीय दलका नेता तथा आर्थिक मामिला मन्त्री जोखबहादुर महरा, जनमत पार्टी संसदीय दलका नेता तथा सामाजिक विकास मन्त्रि चन्द्रकेश गुप्ता सहभागी थिए । लोकतान्त्रिक समाजवादी पार्टी संसदीय दलका नेता सन्तोष पाण्डेले वर्तमान सरकार अफल भएको दावी गर्दै नयाँ सरकार बन्ने जिकिर गरे।

उनले अवको दुई महिना भित्र प्रदेशमा नयाँ सरकार बन्ने दावी गर्दै आफूहरु नयाँ समिकरणका साथ अघि बढ्ने जानकारी दिए ।‘वर्तमान सरकारलाई दिएको समर्थन फिर्ता लिन्छौं । त्यसको एक महिना भित्र मुख्यमन्त्रीले पुनः विश्वासको मत लिनुपर्छ । विश्वासको मत पुग्नेवाला छैन’ उनले भने, ‘त्यसपछि नयाँ सरकार आउँछ।’ तर, यो प्रदेशमा एमाले पहिलो दल भएकाले एमालेलाई विस्थापीत गरेर नयाँ सरकार बनाउन सकस भने देखिन्छ। बैठकमा राष्ट्रपती निर्वाचनलाई लक्ष्य गरेर १९ गते आयोजना गर्न थालिएको प्रदेश सांसदको संयुक्त प्रशिक्षणबारे छलफल गरिएको छ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित