निर्वाचनको विकल्प खोज्नु अर्को दुर्घटना निम्त्याउनु होः अर्थमन्त्री रामेश्वर खनाल कालिका कप समुद्घाटन: मार्चपास सहित विद्यार्थीले ६ हजार विद्यार्थीले गरे षट्कोण प्रर्दशन १६ औं राष्ट्रिय औद्योगिक प्रदर्शनी, कृषि, प्रविधि तथा पर्यटन महोत्सवको तयारी पूरा कालिका मानवज्ञान मावि ६५ औं बर्षमा: ६ हजार विद्यार्थीले एकै पटक पिटी प्रर्दशन गर्ने प्रदेशस्तरीय आशिष कप ब्याडमिन्टन पुसको दोस्रो हप्ता हुने १६ औं राष्ट्रिय औद्योगिक प्रदर्शनी, कृषि, प्रविधि तथा पर्यटन महोत्सवको तयारी तीब्र थोर्गा रुपन्देही सम्पर्क समाजमा नयाँ नेतृत्व चयन,अध्यक्षमा षडानन्द,सचिवमा लक्ष्मण  कालिका मानवज्ञान मावि कक्षा ११ र १२ मा २१  शिर्षकमा आन्तरिक खेल सकिए पिन लुम्बिनी व्याडमिन्टन प्रतियोगिताको उपाधि भैरहवाको युसिएमएसलाई अक्सबृज इन्टरनेशनल एकेडेमीमा विद्यार्थी स्वागत तथा विदाई कार्यक्रम                
समाचार :

संकटमा लुम्बिनी सरकार: समर्थन फिर्ता गर्दै नागरिक उन्मुक्ति र लोसपा

बुटवल । राष्ट्रपती निर्वाचनका लागि बनेको नयाँ सत्ता गठबन्धनका कारण लुम्बिनी प्रदेश सरकार संकटमा पर्ने भएको छ ।
नयाँ सत्तागठबन्धन बनेकाले लुम्बिनी प्रदेश सरकारलाई विश्वासको मत दिएका दुई पार्टीले विश्वासको मत फिर्ता लिने भएको छन् । जसका कारण लुम्बिनी प्रदेश सरकार संकटमा परेको हो ।
मुख्यमन्त्री लिला गिरीलाई विश्वासको मत दिएका नागरिक उन्मुक्ति पार्टी र लोकतान्त्रिक समाजबादी पार्टीले विश्वासको मत फिर्ता लिने भएका हुन । प्रदेश सभामा उन्मुक्ति पार्टीका ४ र लोसपाका ३ सांसद छन् ।
नागरिक उन्मुक्ति तथा ३ सांसद रहेको लोसपाले पुस २७ मा हस्ताक्षर गरेका थिए भने माघ ५ मा मुख्यमन्त्री लीला गिरीलाई विश्वासको मत दिएका थिए ।
लुम्बिनी प्रदेश शभाको आज बैठक बस्ने र दुवै दलले विश्वासको मत फिर्ता लिने बताएका छन् ।
नागरिक उन्मुक्तिका प्रमुख सचेतक राजकुमार चौधरीले सरकारलाई दिएको विश्वासको मत र्फिता लिने उनले बताए ।
त्यस्तै लोसपाको संसदीय दलका नेता सन्तोष पाण्डेले नयाँ समीकरणअनुसार जाने बताउँदै सरकारलाई दिएको समर्थन आज दिउँसो बस्ने बैठकमा फिर्ता लिने बताए ।
संघीय सरकारमा सरकारबाट बाहिरिएको राप्रपाले भने सरकारलाई दिएको विश्वासको मत बारे अझै निर्णय गरिसकेको छैन् ।
८७ सदस्यीय प्रदेशसभामा एमाले नेता लीला गिरी ७ दलका ५६ र दुई स्वतन्त्र सांसदको हस्ताक्षर सहित मुख्यमन्त्री बनेका थिए । तर, दुई महिना पूरा नहुँदै मुख्यमन्त्री गिरी संकटमा परेका छन् ।
प्रदेशमा पहिलो दल रहेको एमालेसँग २९ तथा माओवादीसँग १० सांसद रहेका छन । यसैगरी सरकारलाई साथ दिएको राप्रपाका ४, जनमतका ३ र जसपाका ३ सांसद छन । त्यस्तै जसपाले पनि सरकारबाट बाहिरिने विषयमा अझै कुनै निर्णय नभएको बताएका छन् । जसपा प्रदेश अध्यक्ष अशोक यादवले फागुन २५ पछि मात्र सरकारका बारेमा निर्णय लिने बताए । जसपाका भण्डारीलाल अहिले मन्त्री छन । त्यस्तै जनमतले पनि सरकारलाई दिएको समर्थन फिर्ता बारे अझै निर्णय भइनसकेको बताएको छ । जनमतका सांसद तथा सामाजिक विकासमन्त्री चन्द्रकेश गुप्ताले २५ गते अगाडि कुनै निर्णय लिने विषयमा पार्टीमा छलफल नभएको बताए ।
माओवादी केन्द्र संसदीय दलका नेता जोखबहादुर महराले नयाँ गठबन्धनअनुसार दलहरुसँग औपचारिक तथा अनौपचारिक संवाद भइरहेको बताए ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित