मोतिपुर औद्योगिक क्षेत्रभित्रका बस्ती हटाउन पत्राचार उच्च अदालत बुटवलको जग्गा फिर्ता, कब्जा गरेर बनाइएका संरचना भत्काइयो फालिएका प्लास्टिक प्रशोधन गरी बुटवलमा इँटा उत्पादन लुम्बिनी प्रदेश सभाको आठौँ अधिवेशन आजदेखि युवालाई प्रविधिसँग जोड्दै तिलोत्तमा नगरपालिका थोर्गा रुपन्देही सम्पर्क समाजद्वारा २०८३ सालको भित्तेपात्रो विमोचन सशक्त सहकारीद्वारा सदस्यलाई पेन्सन वितरण सुरु लुम्बिनी प्रादेशिक अस्पतालमा ‘एमआरआई’ सेवा सुरु नमराज–दिलिप स्मृति दिवसमा निजामति कर्मचारी संगठन रुपन्देहीद्वारा रक्तदान कार्यक्रम बुटवल उपमहानगरपालिकाको सार्वजनिक सुनुवाइ                
समाचार :

स्वरोजगार बनाउन आधुनिक आरन र उपकरण हस्तान्तरण

बुटवल, १६ फागुन । बुटवलमा परम्परागत रुपमा आरन व्यवसाय सञ्चालन गरी स्वरोजगार भएकाहरुलाई आधुनिक आरन र उपकरण दिइएको छ ।
आरन व्यवसायलाई आधुनिकीकरण गर्नका लागि बुटवल उपमहानगरपालिकाले बुटवलभित्र आरन सञ्चालन गरी स्वरोजगार भएका ११ जनालाई विद्युतीय पंखा, ग्रिन्डर मेसिन, कैची, रेती, घनलगायतका उपकरण दिइएको हो ।
उनीहरुलाई बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेय, उपप्रमुख सावित्रादेवी अर्याल, प्रमुख प्रशासकीय अधिकृत टेकराज पन्थीले हस्तान्तरण गरेका थिए ।
कार्यक्रममा बोल्दै नगर प्रमुख पाण्डेयले परम्परागत रुपमा आरन चलाएर जीविका चलाउँदै आएका ११ जनालाई पेशालाई निरन्तरता दिदै स्वरोजगार बन्न मदत गरेको बताए ।
उनले सीपमार्फत स्वरोजगार बन्नका लागि आधुनिक उपकरणले थप सहज बनाउने बताए । उपप्रमुख सावित्रादेवी अर्यालले लोप हुन लागेको पेशालाई आधुनिक उपकरणमार्फत स्वरोजगार बन्ने प्रेरित गर्ने गरी उपकरण सहायता गरेको बताईन ।
बुटवल उपमहानगरपालिकाका आन्तरिक श्रोतबाट बुटवलभित्र आरन व्यवसाय गरिरहेकाहरुलाई आह्वान गरी ११ जनालाई उपकरण सहयोग गरेको रोजगार शाखाका संयोजक अरविन्द पाण्डेले बताए ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित