कालिका कप समुद्घाटन: मार्चपास सहित विद्यार्थीले ६ हजार विद्यार्थीले गरे षट्कोण प्रर्दशन १६ औं राष्ट्रिय औद्योगिक प्रदर्शनी, कृषि, प्रविधि तथा पर्यटन महोत्सवको तयारी पूरा कालिका मानवज्ञान मावि ६५ औं बर्षमा: ६ हजार विद्यार्थीले एकै पटक पिटी प्रर्दशन गर्ने प्रदेशस्तरीय आशिष कप ब्याडमिन्टन पुसको दोस्रो हप्ता हुने १६ औं राष्ट्रिय औद्योगिक प्रदर्शनी, कृषि, प्रविधि तथा पर्यटन महोत्सवको तयारी तीब्र थोर्गा रुपन्देही सम्पर्क समाजमा नयाँ नेतृत्व चयन,अध्यक्षमा षडानन्द,सचिवमा लक्ष्मण  कालिका मानवज्ञान मावि कक्षा ११ र १२ मा २१  शिर्षकमा आन्तरिक खेल सकिए पिन लुम्बिनी व्याडमिन्टन प्रतियोगिताको उपाधि भैरहवाको युसिएमएसलाई अक्सबृज इन्टरनेशनल एकेडेमीमा विद्यार्थी स्वागत तथा विदाई कार्यक्रम व्यवसायीद्वारा ग्रील जोनको माग                
समाचार :

नेकपा एमालेको मिसन ग्रास रुट अभियान रुपन्देहीमा पनि शुरु

बुटवल । नेकपा एमालेले पार्टीका गाउं र वडा कमिटिसम्म नयां गति र उर्जा प्रदान गर्ने उद्देश्यले शुरु गरेको मिसन ग्रास रुट अभियान रुपन्देहीमा पनि शुरु भएको छ ।

नेकपा एमाले लुम्बिनी सांस्कृतिक नगरपालिकामा पार्टी केन्द्र तहबाटै चलाईएको उक्त अभियानको शुरुवात गरिएको छ । एमाले प्रदेश कमिटी सदस्य महेन्द्र गिरीको अध्यक्षता तथा भरतमणी सापकोटाको संचालनमा सोमबार शुरु गरिएको अभियानमा पार्टीका प्रदेश तथा जिल्ला तहबाट लुम्बिनी नगरपालिकाका १३ वटै वडामा खटाईएका नेता तथा कार्यकर्ताहरुको जिम्मेवारी बांडफांड गरिएको छ ।

सो अवसरमा एमाले लुम्बिनी प्रदेश कमिटी सदस्य बलबहादुर आचार्यले पछिल्लो समय सुस्ताएको पार्टी कमिटी अभियानबाट शसक्त बन्ने बताए । एमाले केन्द्रबाटै विभिन्न ११ वटा कार्यादेश दिएर पदाधिकारीसहितका केन्द्रीय नेताहरुलाई प्रदेश र जिल्ला तहमा खटाईएको र प्रदेश र जिल्ला तहका पदाधिकारी तथा नेता कार्यकर्ताहरुलाई नगर र गाउंपालिका तहमा खटाईएको जानकारी दिए ।

अभियानले स्थानीय तहका जनप्रतिनिधि र पार्टीबीच सम्बन्ध सुधार गर्नुका साथै पार्टी कार्यकर्ताहरुलाई प्रशिक्षण, सदस्यता नवीकरण तथा रायसुझाव संकलन गर्ने कामले पार्टीमा नयाँ गति कायम गराउने उनले बताए ।

एमाले लुम्बिनी प्रदेश कमिटी सदस्य दिनेश पाण्डेले पार्टीको मेरुदण्ड भनेकै गाउं र वडा कमिटी भएकोले तल्लो तहलाई बलियो बनाउन नसक्दा सम्म सिंगो पार्टी बलियो बन्न नसक्ने बताए ।

नयाँ, गति र ऊर्जा प्राप्त हुने एमालेले जनाएको छ । कार्यक्रममा प्रदेश कमिटी सदस्य गोकर्ण क्षेत्री, लिलाबल्लभ ढकाल, लुम्बिनी सांस्कृतिक नगरपालिकाका उपप्रमुख कल्पना हरिजन, अब्दुल कलाम, उपेन्द्र अधिकारी, एमाले जिल्ला कमिटी सदस्य दामोदर सापकोटा लगायतले बोल्दै झण्डै २ महिना सम्म चल्ने अभियानले एमालेलाई अझै बलियो बनाएर पहिलो शक्तिको रुपमा उभ्याउने बताए ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित