३ जना सवार मोटरसाइकल दुर्घटना हुँदा १८ र २४ वर्षका युवकको मृत्यु दाउन्ने सडक २ महिनासम्म एकतर्फी सञ्चालन हुने, वैकल्पिक मार्गको प्रयोग गर्न आग्रह बुटवलको अर्घाखाँची लुम्बिनी होटलमा पुरुषको रहस्यमय मृत्यु रोहिणी गाउँपालिकामा ५५० वटा लालपूर्जा वितरण तिलोत्तमा यूसीएलजी एसिया प्रशान्त क्षेत्रको काउन्सिल सदस्यमा निर्वाचित गुल्मीमा छोराको कुटपिटबाट बुवाको मृत्यु, आमा गम्भीर घाइते आज हरि बोधिनी एकादशी, तुलसीको विवाह गरिँदै पाल्पाको सत्यवती तालमा कार्तिक १८ देखि धार्मिक मेला कमल गौतमः जसले जीवनभर उद्योगी र मजदूरको हितमा बोलिरहे रातै भएर बग्याे तिनाउ, यस्ताे छ कारण                
समाचार :

हरियाली प्रबद्र्धन एवं सरसफाई अभियानमा तिलोत्तमाको १०० औं श्रृखला: सुझाव संकलन तीब्र

तिलोत्तमातिलोत्तमा नगरपालिकाले ‘ग्रिन तिलोत्तमा, क्लीन तिलोत्तमा’ अन्तर्गत १०० औं संस्करणलाई साताब्यापी रूपमा मनाउने भएको छ ।
यही चैत्र १ गते आयोजना हुने हरियाली प्रर्वद्घन एवं नगर सरसफाई अभियान अन्तर्गत मुल समारोहलाई सफल पार्न नगरपालिकाले पुर्व तयारी स्वरूप दिनहुँ जसो बैठक छलफल एवं सुझाव संकलन कार्यलाई तीब्र बनाएको हो ।
यसैबीच तिलोत्तमा नगरपालिकाले सोमबार नगरक्षेत्रभित्र रहेका बिभिन्न सामुदायिक एवं संस्थागत विद्यालयका प्रअ एवं तिनका शिक्षक प्रतिनिधिलाई डाकेर सुझाव संकलन गरेको छ ।
तिलोत्तमा नगरपालिकाका प्रमुख प्रसासकिय अधिकृत नारायण अयार्लको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा बोल्ने बक्ताहरूले नगर सरसफाई अभियानमा स्कूल तथा शैक्षिक संस्थाहरूले खेलेको भूमिका अतुलनीय रहेको भन्दै नगरपालिकाको १०० औं संस्करणलाई सफल पार्न सक्दो सहयोग गर्ने प्रतिबद्धता ब्यक्त गरेका छन ।
सहभागीहरूले चेतनाको विकाशविना फोहोर उत्सर्जन र बिसर्जन प्रकियालाई रोक्ने नसकिने बक्ताहरूको धारणा थियो ।
विद्यालय हाता बाहिर सुर्ति र मदिराजन्य पदार्थको विक्रीवितरण भैरहेको, नास्तामा जंकफुडसँगै पोलिथिनजन्य पदार्थको बढ्दो उपयोग लगायतका समस्याले फोहोर मैला ब्यवस्थापनमा गंभीर चुनौति थपिएको बताएका थिए ।
कार्यक्रममा नेपाल शिक्षक महासंघ रूपन्द्हीका अध्यक्ष एवं कोटियामाई आधारभुत विद्यालय मक्रहरका प्रअ डिल्लीराज भण्डारी, दुर्गा दत्त उच्च माविका प्रअ चण्डी प्रसाद पाण्डे, शान्ति नमुना मावि मणिग्रामका प्रअ कुल प्रसाद लामिछाने, गिर्वाण संस्कृत एवं साधारण माविका प्रअ केदार पराजुली, पशुपति मावि कोटिहवाका प्रअ वेद नारायण भट्टराई, संस्थागत विद्यालयका तर्फबाट प्याब्सन तिलोत्तमाका नगर अध्यक्ष केएन सागर ज्ञवाली लगायतले सुझाव दिएका थिए । कार्यक्रम सुरेन्द्र श्रीको अध्यक्षता एवं सेमरा माविका प्रअ खेमराज पाण्डेको संन्चालनमा सम्पन्न भएको थियो ।
सुझाव संकलन अन्तर्गत नगरपालिकाले मंगलबार बैंक तथा वित्तिय संस्थाका प्रमुखहरूसँग छलफल एवं बैठक गर्दैछ ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित