तिनाउ सुन पसलमा मालिककै ‘चोरी ड्रामा’, सीसीटीभी फुटेजले गर्‍यो पर्दाफास दूध तथा दुग्धजन्य उत्पादन: व्यवसायिक इमान्दारिता र असल अभ्यासमा जोड हाजिरजवाफ प्रतियोगितामा इश्वरी मावि प्रथम उच्च अदालत बार बुटवलको अध्यक्षमा घिमिरे निर्वाचित भैरहवा सेजमा फर्किँदै उद्योगीको आकर्षण : एकैपटक ६ उद्योग निर्माणाधीन एभरेष्ट प्लाइ ढोका उद्योगमा आगलागी हुँदा पाँच करोडको क्षति कुशीनगरबाट उद्धार गरिएकामध्ये १९ जनामाथि अनुसन्धान सुरु भारतको कुशीनगरमा बन्धक बनाइएका ४५३ जना नेपालीको उद्दार कृष्णनगरका होटलमा अवैध गतिविधि, निगरानी र कारबाहीको माग रोट्रयाक्ट डाउनटाउनले विद्यालयलाई दियो दुई थान फिल्टर मेशिन                
समाचार :

हरियाली प्रबद्र्धन एवं सरसफाई अभियानमा तिलोत्तमाको १०० औं श्रृखला: सुझाव संकलन तीब्र

तिलोत्तमातिलोत्तमा नगरपालिकाले ‘ग्रिन तिलोत्तमा, क्लीन तिलोत्तमा’ अन्तर्गत १०० औं संस्करणलाई साताब्यापी रूपमा मनाउने भएको छ ।
यही चैत्र १ गते आयोजना हुने हरियाली प्रर्वद्घन एवं नगर सरसफाई अभियान अन्तर्गत मुल समारोहलाई सफल पार्न नगरपालिकाले पुर्व तयारी स्वरूप दिनहुँ जसो बैठक छलफल एवं सुझाव संकलन कार्यलाई तीब्र बनाएको हो ।
यसैबीच तिलोत्तमा नगरपालिकाले सोमबार नगरक्षेत्रभित्र रहेका बिभिन्न सामुदायिक एवं संस्थागत विद्यालयका प्रअ एवं तिनका शिक्षक प्रतिनिधिलाई डाकेर सुझाव संकलन गरेको छ ।
तिलोत्तमा नगरपालिकाका प्रमुख प्रसासकिय अधिकृत नारायण अयार्लको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा बोल्ने बक्ताहरूले नगर सरसफाई अभियानमा स्कूल तथा शैक्षिक संस्थाहरूले खेलेको भूमिका अतुलनीय रहेको भन्दै नगरपालिकाको १०० औं संस्करणलाई सफल पार्न सक्दो सहयोग गर्ने प्रतिबद्धता ब्यक्त गरेका छन ।
सहभागीहरूले चेतनाको विकाशविना फोहोर उत्सर्जन र बिसर्जन प्रकियालाई रोक्ने नसकिने बक्ताहरूको धारणा थियो ।
विद्यालय हाता बाहिर सुर्ति र मदिराजन्य पदार्थको विक्रीवितरण भैरहेको, नास्तामा जंकफुडसँगै पोलिथिनजन्य पदार्थको बढ्दो उपयोग लगायतका समस्याले फोहोर मैला ब्यवस्थापनमा गंभीर चुनौति थपिएको बताएका थिए ।
कार्यक्रममा नेपाल शिक्षक महासंघ रूपन्द्हीका अध्यक्ष एवं कोटियामाई आधारभुत विद्यालय मक्रहरका प्रअ डिल्लीराज भण्डारी, दुर्गा दत्त उच्च माविका प्रअ चण्डी प्रसाद पाण्डे, शान्ति नमुना मावि मणिग्रामका प्रअ कुल प्रसाद लामिछाने, गिर्वाण संस्कृत एवं साधारण माविका प्रअ केदार पराजुली, पशुपति मावि कोटिहवाका प्रअ वेद नारायण भट्टराई, संस्थागत विद्यालयका तर्फबाट प्याब्सन तिलोत्तमाका नगर अध्यक्ष केएन सागर ज्ञवाली लगायतले सुझाव दिएका थिए । कार्यक्रम सुरेन्द्र श्रीको अध्यक्षता एवं सेमरा माविका प्रअ खेमराज पाण्डेको संन्चालनमा सम्पन्न भएको थियो ।
सुझाव संकलन अन्तर्गत नगरपालिकाले मंगलबार बैंक तथा वित्तिय संस्थाका प्रमुखहरूसँग छलफल एवं बैठक गर्दैछ ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित