दाउन्ने सडक २ महिनासम्म एकतर्फी सञ्चालन हुने, वैकल्पिक मार्गको प्रयोग गर्न आग्रह बुटवलको अर्घाखाँची लुम्बिनी होटलमा पुरुषको रहस्यमय मृत्यु रोहिणी गाउँपालिकामा ५५० वटा लालपूर्जा वितरण तिलोत्तमा यूसीएलजी एसिया प्रशान्त क्षेत्रको काउन्सिल सदस्यमा निर्वाचित गुल्मीमा छोराको कुटपिटबाट बुवाको मृत्यु, आमा गम्भीर घाइते आज हरि बोधिनी एकादशी, तुलसीको विवाह गरिँदै पाल्पाको सत्यवती तालमा कार्तिक १८ देखि धार्मिक मेला कमल गौतमः जसले जीवनभर उद्योगी र मजदूरको हितमा बोलिरहे रातै भएर बग्याे तिनाउ, यस्ताे छ कारण भद्रकाली सहकारी द्वारा निःशुल्क मृगौला परीक्षा र औषधि वितरण                
समाचार :

बुटवल ज्योतिनगर र लक्ष्मीनगर क्षेत्रको पहिरो नियन्त्रणको काम शुरु

बुटवल । बुटवल ज्योतिनगर र लक्ष्मीनगर क्षेत्रको पहिरो नियन्त्रणको काम शुरु भएको छ ।
गतवर्ष भदौ ११ गते चुरेडाँडाबाट आएको पहिरोले क्षति पू¥याएको बुटवल वडा नम्बर ३ को मिलनपथ र ज्योतिनगर तथा वडा नम्बर ४ को लक्ष्मीनगरको प्रभावित क्षेत्रमा चेकड्याम, रिटर्निङ्ग वाल, ग्याबिन जाली, बक्स कल्भर्ट निर्माणको काम शुरु भएको हो ।
पहिरो प्रभावित क्षेत्रको सोमबार बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेय, उपप्रमुख सावित्रादेवी अर्याल, वडा नं. ३ का अध्यक्ष विष्णु ढकाल, स्थानीयबासिन्दासहितको टोलीले अवलोकन गरी निर्माणलाई तीब्रता दिने र थप सुरक्षाका उपायका लागि प्रदेश र संघीय सरकारसँग समन्वय गर्ने भएको हो ।
प्रभावित क्षेत्रको अवलोकनपछि बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयले पहिरोबाट बस्ती जोगाउनका लागि सबै प्रयास गरिने बताए । उनले आगामी वर्षायाममा स्थानीयलाई जोखिम हुन नदिनका लागि पहिरो नियन्त्रण गर्ने, पहिरोसहित आएको लेदो बग्ने नाली बनाउने, सुरक्षाका लागि पर्खाल लगाउनेजस्ता काम शुरु भएको बताए ।
पहिरोले बस्तीमा झारेको लेदो हटाउने र चुरेबाट सिर्सिने र भल बनेर बग्ने पानीको वहावलाई बस्ती भन्दा बाहिरै फर्काउन विभिन्न ठाउँमा चेक ड्याम र खोल्सी बनाउने काम शुरु भएको उनको भनाई छ ।
‘यो क्षेत्रका बासिन्दाले सुरक्षित रुपमा बस्न पाउने अधिकार सुरक्षित गर्नका लागि हामीले सक्दो प्रयास गरेका छौं, उनले भने–यो पहिरोको जोखिम धेरै नै ठूलो हुनसक्ने भएकाले यसमा प्रदेश र संघले पनि हामीलाई साथ दिनुपर्छ, हामी सँगसँगै यो पहिरो नियन्त्रण गर्न सक्छौं ।’
अहिले ज्योतिनगर र मिलन पथ क्षेत्रमा पहिरोले थुपारेको डुंगामाटो हटाउने र नाली बनाएर सम्भावित बाढी तर्काउने काम जारी रहेको बुटवल उपमहानगरपालिका उपप्रमुख सावित्रादेवी अर्याले बताईन ।
पहिरो नियन्त्रणका लागि चालु अािर्थक वर्षमा बुटवल उपमहानगरपालिका र संघीय सरकारको अनुदानअन्तरगत ४ करोड ५० लाख र विपद प्राधिकरणमार्फत् ४५ लाखमा चेकड्याम, रिटर्निङ्ग वाल, बक्स कल्भर्टलगायतका जोखिम न्यूनीकरण गर्ने गरी काम भइरहेको शहरी पूर्वाधार महाशाखाका अधिकृत गोविन्द पंगेनीले बताए ।
यसवर्ष भएको कामले विगतमा जस्तो बाढीको जोखिम नहुने ज्योतिनगर मिलनपथ पहिरो नियन्त्रण समितिका अध्यक्ष दीपक थापा पुलामीले बताए ।
‘बुटवल उपमहानगरपालिकाबाट अहिले पहिरो नियन्त्रणका लागि एकदमै चासो दिनुभएको छ, उनले भने–गएको वर्षायाममा निरन्तरको प्रयासले बाढीपहिरो बस्तीमा पस्न पाएन, आगामी वर्षायामहरुमा पनि जोखिम कम गर्ने र बस्तीलाई सुरक्षित बनाउन सबै प्रयास गर्छौं भन्नुभएको छ, यसले हामी यहाँका बासिन्दालाई सुरक्षित महसुस गराएको छ ।’
ज्योतिनगर पहिरोको जोखिम न्यूनीकरण गर्नका लागि यसपटक बुटवल उपमहानगरपालिकाले थालेको प्रयासले बस्ती सुरक्षित हुनेमा स्थानीय खगेश्वर न्यौपाने विश्वास व्यक्त गरे ।
‘विगतमा जसरी क्षति भयो, अब त्यस्तो क्षति हुनेछैन भन्ने विश्वास हामीलाई लागेको छ, रातदिन खटेर भएपनि जोखिम कम गर्न प्रयास गर्छौं भन्ने कुराले हामीलाई विश्वास लागेको छ ।’ उनले भने ।
गतवर्षको पहिरोले १५ घर पूर्ण क्षति भएको थियो भने ३० घर आंशिक क्षति भएको थियो । १२ घरमा लेदो छिरेर सामान्य क्षति पुगेको थियो ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित