रुपन्देही– ३ को उपचुनाव: उम्मेदवार छनोटमा रास्वपापछि राप्रपाले पनि आन्तरिक प्रारम्भिक चुनाव विधि अपनाउने यी स्थानमा दिउँसो मध्यम, राति भारी वर्षा हुने राप्रपा नेपालले रूपन्देही–३ मा अर्जुन थापालाई उम्मेदवार बनाउने बुटवलकी क्यान्सर पीडित शान्ती दर्जीद्वारा सहयोगको लागि आग्रह गुल्मीको मुसिकोटमा आटोको ब्राण्डिङ, ३५ टन बिक्री गर्ने लक्ष्य संविधान दिवसमा बुटवलमा ‘विगेस्ट स्टुडेन्ट कार्निवल’ हुने श्रीमतीको हत्या गरेर श्रीमान्‌ले भान्छामै गाडे शव, ४ दिनपछि खुल्यो रहस्य पाल्पाको तिनाउमा अव्यवस्थित बसोबासीलाई निस्सा वितरण सुरु रूपन्देही ३ मा धनिराम चौधरीलाई उम्मेदवार बनाउने जनमतको निर्णय डिभोर्सको प्रमाण सार्वजनिक गर्दै लेखजंगले लेखे- सम्बन्धविच्छेद गर्ने वित्तिकै एकअर्कासँग भेट्नै नहुने हो ?                
समाचार :

खेलकुदको ‘दूर्दशा’ : जिल्लास्तरीय प्रतियोगिता गर्न ऋण खोज्नुपर्ने बाध्यता

गुल्मीको तम्घासमा बिहीबारदेखि जिल्लास्तरीय राष्ट्रपति रनिङशिल्ड प्रतियोगिता जारी छ । जिल्ला खेलकुद विकास समितिका अनुसार जिल्लाका दुई नगर र १० गाउँपालिकाका एक हजार ३९२ खेलाडीले प्रतियोगितामा प्रतिस्पर्धा गर्दैछन् । तर, झण्डै १४ सय खेलाडी सहभागी हुने जिल्लास्तरीय प्रतियोगिता संचालन गर्न जिल्ला खेलकुद विकास समितिलाई ऋण खोज्नुपर्ने अवस्था छ ।

जिल्लास्तरीय प्रतियोगिताका लागि पुरस्कार, रेफ्रि भत्ता र व्यवस्थापनसंगै प्रदेशको प्रतियोगितामा सहभागी खेलाडी र प्रशिक्षक गरेर ९० जनाको यातायात खर्च र पोशाकको लागि खेलकुद विकास समितिले आठ लाख खर्च हुने अनुमान गरेको छ । तर, प्रतियोगिता संचालनका लागि संघको सशर्तअन्तर्गत साढे चार लाख मात्र बजेट छ । त्यो पनि कार्यालयमा कहिले आउँछ टुंगो छैन ।

निकै छोटो समय र कम बजेटमा प्रतियोगिता गर्नुपर्ने भएकाले धेरै समस्या भएको जिल्ला खेदकुद विकास समितिका अध्यक्ष गिरीप्रसाद महाकिमले बताए । सरकारले दिने साढे चार लाख बजेटले पुरस्कार, भत्ता र पोशाकबाहेक अन्य काम गर्न नसकिने भएकाले कार्यालयको आन्तरिक श्रोत र स्थानीय तहसंग गुहार माग्नुपर्ने स्थिती रहेको उनले बताए । ‘तोकिएको बजेट पनि समयमै नआएर क्रृण खोज्नुपर्ने विडम्बना देखियो,’ उनले भने, ‘अहिलेको अवस्थाले खेल क्षेत्रको विकास कसरी हुन्छ ?’

एकै वर्ष दुई प्रतियोगिता हुँदा झनै मुस्किल
यो बर्ष मात्रै जिल्लामा दुई प्रतियोगिता भएपछि समितिलाई झनै मुस्किल परेको छ । राष्ट्रपति रनिङशिल्ड र नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताका कारण खेलकुद विकास समितिलाई ब्ययभार थपिएको हो । लुम्बिनी प्रदेशमा २८ असोजदेखि ३ कार्तिकसम्म नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता संचालन भएको थियो । प्रतियोगितामा दुई सय बढि खेलाडी प्रदेशबाट सहभागी भए, जसमा १० स्वर्ण, पाँच रजत र १४ कास्य गरेर २९ पदक प्राप्त भयो । नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताको लागि पनि तीन लाख मात्र बजेट थियो । तर, नौ लाख खर्च हुँदा खर्च व्यवस्थापनमा निकै समस्या भएको खेदकुद विकास समितिका अध्यक्ष गिरीप्रसाद महाकिमले बताए ।

खेलकुद विकास समितिको आफ्नै कार्यालय भवन छ । मासिक एक लाख सटर भाडा आउँछ । तर, केहि व्यवसायीले समयमै भाडा तिर्दैनन् । उठेको भाडा बापतको रकमबाटै समितिले कार्यालय सहयोगीदेखि अन्य खर्च व्यवस्थापन गरिरहेको छ ।

कार्यालय प्रमुख र सहयोगीबाहेक कर्मचारी नै छैनन्
जिल्ला खेलकुद विकास समिति गुल्मीमा ०५३ सालदेखि कार्यालय प्रमुखहरु आएका देखिन्छन्् । पछिल्लो समय ३ असार ०७५ सालबाट कार्यालय प्रमुख डिल्ली विक र विकास समितिले राखेका एक कार्यालय सहयोगी छन् । अहिलेसम्म लेखा अधिकृत, कम्प्युटर अपरेटर र प्रशिक्षकहरु एकजना पनि कार्यालयमा छैनन् । समग्र जिल्लाको खेलकुद विकासको क्षेत्रमा काम गर्ने विकास समिति एक्लो कार्यालय प्रमुखको भरमा छ ।

कार्यालय प्रमुख भए पनि लेखाको कामसंगै पत्र लेख्ने, दर्ता चलानी गर्ने र पत्र पुर्याउने काम समेत गर्नुपर्ने बाध्यता रहेको जिल्ला खेलकुद विकास समितिका कार्यालय प्रमुख डिल्ली विकले बताए । खेलकुदमा अझै संघीयता नआएको उनको गुनासो छ । उनले अझै पनि संघीय बजेट प्राप्त गर्न लुम्बिनी खेलकुद परिषद्मार्फत सामाजिक विकास डिभिजन कार्यालय पाल्पा पुग्नुपर्ने अवस्था रहेको बताए ।

कार्यालय प्रमुख विकले अझै पनि कार्यक्रम सम्झौता गर्न पाल्पा पुग्नुपर्ने, राष्ट्रिय खेलकुद परिषद्को कर्मचारी प्रदेश मातहतको विकास समितिमा काम गर्नुपर्ने तथा राजनीतिक विषयका कारण समितिलाई अस्थिर र जनशक्तिविहिन बनाउनु निकै बिडम्बनाको बिषय भएको बताए ।

खेलकुद पूर्वाधार अलपत्र, खेलाडीलाई सास्ती
इस्मा गाउँपालिका– ६ को अमरपुरमा निर्माणाधिन शहिद लखन थापा अन्तर्राष्ट्रिय रंगशाला अलपत्र अवस्थामा छ । सोहि पालिकाको पालिका स्तरीय खेल मैदान वडा नं २ को छल्दीटारमा निर्माण भएपनि सवै खेलको लागि उपयोगी छैन । केहि दिन अघि मात्र मालिका गाउँपालिकाले चार वटा ग्राउण्डमा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता संचालन ग¥यो । ‘एक पालिका एक खेल मैदान’ अन्तरगत निर्माणाधिन खेल मैदान पूरा भएको छैन ।

जिल्ला स्तरीय खेलकुद हुने सदरमुकाम तम्घासस्थित चिदिचौरको विकल्प देखिएको छैन । चिदिचौर महेन्द्र नमुना माविको खेलमैदान हो । विद्यालय संचालन भइरहेका बेला चिदिचौरमा हुने राजनीतिक, सांस्कृतिक तथा खेलकुदका कार्यक्रमले विद्यार्थीको अध्ययन प्रभावित हुने गर्छ । रेसुंगा नगरपालिकाले वडा नं ७ को उनायचौरमा निर्माण गरेको खेल मैदान निकै कम उपयोग भइरहेको नयाँ पत्रिका दैनिकमा गुल्मीबाट टोपलाल अर्यालले लेखेको खवरमा छ ।

पालिकास्तरमा करोडौं खर्च गरेर निर्माण गरिएका खेल मैदान उपयोग नहुने तर खेलाडीहरु खोला, खोल्सा, बारी र खुल्ला चौरमा खेल सिक्न पर्ने अवस्था रहेको तेक्वान्दो प्रशिक्षक दिपक जिसीले गुनासो गरे । उनले आवश्यकता र भुगोलअनुसार खेल संरचना नहुँदा लामो समय खुल्ला धुले चौर र बगरहरुमा विद्यार्थी तथा खेलाडीहरु प्रशिक्षण लिन बाध्य भएको बताए ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित