३ जना सवार मोटरसाइकल दुर्घटना हुँदा १८ र २४ वर्षका युवकको मृत्यु दाउन्ने सडक २ महिनासम्म एकतर्फी सञ्चालन हुने, वैकल्पिक मार्गको प्रयोग गर्न आग्रह बुटवलको अर्घाखाँची लुम्बिनी होटलमा पुरुषको रहस्यमय मृत्यु रोहिणी गाउँपालिकामा ५५० वटा लालपूर्जा वितरण तिलोत्तमा यूसीएलजी एसिया प्रशान्त क्षेत्रको काउन्सिल सदस्यमा निर्वाचित गुल्मीमा छोराको कुटपिटबाट बुवाको मृत्यु, आमा गम्भीर घाइते आज हरि बोधिनी एकादशी, तुलसीको विवाह गरिँदै पाल्पाको सत्यवती तालमा कार्तिक १८ देखि धार्मिक मेला कमल गौतमः जसले जीवनभर उद्योगी र मजदूरको हितमा बोलिरहे रातै भएर बग्याे तिनाउ, यस्ताे छ कारण                
समाचार :

सिद्धार्थ उद्योग वाणिज्य संघको अध्यक्षमा दुईजनाको उम्मेदवारी दर्ता

रुपन्देहीको सिद्धार्थ उद्योग बाणिज्य संघमा नयाँ कार्यसमिति चयनका लागि शुक्रबार उम्मेदवारी दर्दा भएको छ । निर्वाचन अधिकृतकाे कार्यालयका अनुसार अध्यक्षमा पदका लागि २ जनाको उम्मेदवारी दर्ता भएको छ । फागुन २० गते हुने निर्वाचनका लागि अध्यक्ष पदमा वर्तमान वरिष्ठ उपाध्यक्ष ठाकुरकुमार श्रेष्ठ र वर्तमान महासचिव बिजय पाण्डेले उम्मेदवारी दिएका छन् ।

प्रमुख निर्वाचन आयुक्त शिवप्रसाद गौडेलका अनुसार संघको बरिष्ठ उपाध्यक्षमा नेत्रप्रसाद आचार्य र अरुणकुमार गोयनकाको उम्मेदवारी परेको छ । दुबैजना संघका वर्तमान उपाध्यक्ष हुन् । यस्तै, उपाध्यक्ष (वाणिज्य) मा गोविन्द ज्ञवाली र रविकुमार श्रेष्ठले उम्मेदवारी दिएका छन् । कर्पोरेट उपाध्यक्षमा रोहितकुमार अग्रवालको एकल उम्मेदवारी परेको गौडेलले जनाए ।

यस्तै, उद्योग उपाध्यक्षमा हरिबहादुर थापा र दिलिपकुमार कान्दु, महासचिवमा कृष्णप्रसाद घिमिरे र गोपाल भण्डारी,
कोषाध्यक्षमा गंगासागर अग्रहरी, कमलप्रसाद मरासिनी र गौरब श्रेष्ठको उम्मेदवारी परेको छ । सचिवमा धर्मवीर शर्मा र मंगल भण्डारीले उम्मेदवारी दिएका छन् । सहकोषाध्यक्षमा संजयकुमार बेरिवालको एकल उम्मेदवारी परेको प्रमुख निर्वाचन आयुक्त गौडेलले बताए ।

कर्पोरेट सदस्यमा अर्पितकुमार अग्रवाल र विकासकुमार गोयनकाको उम्मेदवारी परेको छ भने बस्तुगत सदस्यमा चन्द्र प्रकाश श्रेष्ठ र प्रितम रौनियारको उम्मेदवारी परेको छ । वाणिज्यतर्फ महिला सदस्यमा यमकला न्याैपाने, उद्योग महिला सदस्यमा पल्लवी न्यौपानेको एकल उम्मेदवारी परेको छ ।

यस्तै, उद्योगतर्फ खुल्ला सदस्यहरुमा रमेश घिमिरे, कमल ज्ञवाली, राजु न्यौपाने, ओम जैसी, पुरुषोत्तम लम्साल, रचना क्षेत्री, विष्णुमाया शर्मा पौडेल, उमाशंकर मिश्र, भुवनकुमार कान्दुको उम्मेदवारी परेको छ । वाणिज्यतर्फ खुल्ला सदस्यमा अर्जुन कार्की, प्रमोद रिजाल, विशाल जैसवाल, कृष्णप्रसाद अधिकारी, वीरेन्द्र ज्ञवाली, जवाहीर अग्रहरी, दिनेशमान अमात्य, रमेश कानु, अभिनवमयुर कसौधन, धर्मराज आचार्य, मिना पन्थी, हरिश सेठिया, त्रिलोकीप्रसाद तेली र विजय अधिकारीको उम्मेदवारी परेको प्रमुख निर्वाचन आयुक्त शिवप्रसाद गौडेलले बताए ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित