लुम्बिनी प्रादेशिक अस्पतालमा ‘एमआरआई’ सेवा सुरु नमराज–दिलिप स्मृति दिवसमा निजामति कर्मचारी संगठन रुपन्देहीद्वारा रक्तदान कार्यक्रम बुटवल उपमहानगरपालिकाको सार्वजनिक सुनुवाइ लुम्बिनी प्रादेशिक अस्पताल ११६ वर्षमा प्रवेश, विस्तारसँगै सहज र सुलभ सेवाप्रवाहको अपेक्षा बुटवल पब्लिक स्कुलको नयाँ शैक्षिक योजनाः अनुसन्धान, व्यवहारिकता र प्रविधिमा जोड रुपन्देही–२ मा पराजित उम्मेदवार विश्वदीप पाण्डेद्वारा विजयी शुलभ खरेललाई बधाई रुपन्देहीमा १२ उम्मेदवारले मात्र जोगाए जमानत लुम्बिनीका २६ मध्ये २१ क्षेत्रमा रास्वपाको जित, कांग्रेस र नेकपा दुई–दुई तथा एमाले एक सिटमा खुम्चियो रास्वपाले क्लिन स्वीप गरेको रुपन्देहीमा कुन दलको समानुपातिक मत कति ? आफ्ना माग पूरा नगरेको भन्दै दाङका दुई मतदान केन्द्रमा स्थानीयले गरे मतदान बहिस्कार                
समाचार :

सिद्धार्थ उद्योग वाणिज्य संघको अध्यक्षमा दुईजनाको उम्मेदवारी दर्ता

रुपन्देहीको सिद्धार्थ उद्योग बाणिज्य संघमा नयाँ कार्यसमिति चयनका लागि शुक्रबार उम्मेदवारी दर्दा भएको छ । निर्वाचन अधिकृतकाे कार्यालयका अनुसार अध्यक्षमा पदका लागि २ जनाको उम्मेदवारी दर्ता भएको छ । फागुन २० गते हुने निर्वाचनका लागि अध्यक्ष पदमा वर्तमान वरिष्ठ उपाध्यक्ष ठाकुरकुमार श्रेष्ठ र वर्तमान महासचिव बिजय पाण्डेले उम्मेदवारी दिएका छन् ।

प्रमुख निर्वाचन आयुक्त शिवप्रसाद गौडेलका अनुसार संघको बरिष्ठ उपाध्यक्षमा नेत्रप्रसाद आचार्य र अरुणकुमार गोयनकाको उम्मेदवारी परेको छ । दुबैजना संघका वर्तमान उपाध्यक्ष हुन् । यस्तै, उपाध्यक्ष (वाणिज्य) मा गोविन्द ज्ञवाली र रविकुमार श्रेष्ठले उम्मेदवारी दिएका छन् । कर्पोरेट उपाध्यक्षमा रोहितकुमार अग्रवालको एकल उम्मेदवारी परेको गौडेलले जनाए ।

यस्तै, उद्योग उपाध्यक्षमा हरिबहादुर थापा र दिलिपकुमार कान्दु, महासचिवमा कृष्णप्रसाद घिमिरे र गोपाल भण्डारी,
कोषाध्यक्षमा गंगासागर अग्रहरी, कमलप्रसाद मरासिनी र गौरब श्रेष्ठको उम्मेदवारी परेको छ । सचिवमा धर्मवीर शर्मा र मंगल भण्डारीले उम्मेदवारी दिएका छन् । सहकोषाध्यक्षमा संजयकुमार बेरिवालको एकल उम्मेदवारी परेको प्रमुख निर्वाचन आयुक्त गौडेलले बताए ।

कर्पोरेट सदस्यमा अर्पितकुमार अग्रवाल र विकासकुमार गोयनकाको उम्मेदवारी परेको छ भने बस्तुगत सदस्यमा चन्द्र प्रकाश श्रेष्ठ र प्रितम रौनियारको उम्मेदवारी परेको छ । वाणिज्यतर्फ महिला सदस्यमा यमकला न्याैपाने, उद्योग महिला सदस्यमा पल्लवी न्यौपानेको एकल उम्मेदवारी परेको छ ।

यस्तै, उद्योगतर्फ खुल्ला सदस्यहरुमा रमेश घिमिरे, कमल ज्ञवाली, राजु न्यौपाने, ओम जैसी, पुरुषोत्तम लम्साल, रचना क्षेत्री, विष्णुमाया शर्मा पौडेल, उमाशंकर मिश्र, भुवनकुमार कान्दुको उम्मेदवारी परेको छ । वाणिज्यतर्फ खुल्ला सदस्यमा अर्जुन कार्की, प्रमोद रिजाल, विशाल जैसवाल, कृष्णप्रसाद अधिकारी, वीरेन्द्र ज्ञवाली, जवाहीर अग्रहरी, दिनेशमान अमात्य, रमेश कानु, अभिनवमयुर कसौधन, धर्मराज आचार्य, मिना पन्थी, हरिश सेठिया, त्रिलोकीप्रसाद तेली र विजय अधिकारीको उम्मेदवारी परेको प्रमुख निर्वाचन आयुक्त शिवप्रसाद गौडेलले बताए ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित