३ जना सवार मोटरसाइकल दुर्घटना हुँदा १८ र २४ वर्षका युवकको मृत्यु दाउन्ने सडक २ महिनासम्म एकतर्फी सञ्चालन हुने, वैकल्पिक मार्गको प्रयोग गर्न आग्रह बुटवलको अर्घाखाँची लुम्बिनी होटलमा पुरुषको रहस्यमय मृत्यु रोहिणी गाउँपालिकामा ५५० वटा लालपूर्जा वितरण तिलोत्तमा यूसीएलजी एसिया प्रशान्त क्षेत्रको काउन्सिल सदस्यमा निर्वाचित गुल्मीमा छोराको कुटपिटबाट बुवाको मृत्यु, आमा गम्भीर घाइते आज हरि बोधिनी एकादशी, तुलसीको विवाह गरिँदै पाल्पाको सत्यवती तालमा कार्तिक १८ देखि धार्मिक मेला कमल गौतमः जसले जीवनभर उद्योगी र मजदूरको हितमा बोलिरहे रातै भएर बग्याे तिनाउ, यस्ताे छ कारण                
समाचार :

कृषकलाई अनुदानमा कृषि औजार वितरण

कृषि उपजको उत्पादन वृद्धि र लागत घटाउने उद्देश्यले तिलोत्तमा नगरपालिका कार्यालयले कृषकलाई अनुदानमा कृषि औजार वितरण गरेको छ ।

तिलोत्तमा नगरपालिकाको ५० प्रतिशत अनुदानमा नगर भित्रका किसानहरुका लागि हाते ट्रयाक्टर, कम्प्रेसर मेसिन, औषधी तथा पानीछिट्ने मेसिन, महदानी लगायतका कृषि औजार बितरण गरिएको छ।

कृषकलाई परम्परागतखेती प्रणालीको विकल्पमा यान्त्रिकीकरण र आधुनिकीकरण गर्न अग्रसर बनाउने उद्देश्यले नगरपालिकाकार्यालयको ५० प्रतिशत अनुदानमा कृषि औजार वितरण गरेको हो ।

औजार वितरण गरेपछि काममा सहजता पनि हुने र काम गर्नेले पालैसँग जोत्दा रोजगार पनि पाउने भएकाले यान्त्रिकीकरणलाई जोडदिएको नगर प्रमुख राम कृष्ण खाणको भनाइ छ । कार्यालयको अनुदानमा यहाँका मुख्य बस्तीमा मौरिको मह का्ड सजिलो हुने म्यासिनवितरण गरेको छ ।
किसानको मागका आधारमा नगरपालिका कार्यालयले ५० प्रतिशत अनुदानमा मौरीको घार पनि वितरण गरेको छ ।
“खेतीमा सहजता प्रदान गर्नका लागि ५० प्रतिशन अनुदानमा मिनीटेलर वितरण गरिएको प्रमुख खाणले बताए।

किसानलाई कृषिकार्यमा उत्साह र उत्प्रेरण प्रदान गर्न कृषि वस्तु उत्पादन र खेती प्रणालीमा सहजता प्रदान गर्न नगरपालिकाले किसानलाई सहयोग गर्ने नगर प्रमुख रामखकृष्ण खाणले बताए ।

किसानले उत्पादन गरेको वस्तुलाई बजारीकरण गर्न पालिकाले सहयोग पनि गर्ने उनले बताए ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित