रुपन्देही– ३ को उपचुनाव: उम्मेदवार छनोटमा रास्वपापछि राप्रपाले पनि आन्तरिक प्रारम्भिक चुनाव विधि अपनाउने यी स्थानमा दिउँसो मध्यम, राति भारी वर्षा हुने राप्रपा नेपालले रूपन्देही–३ मा अर्जुन थापालाई उम्मेदवार बनाउने बुटवलकी क्यान्सर पीडित शान्ती दर्जीद्वारा सहयोगको लागि आग्रह गुल्मीको मुसिकोटमा आटोको ब्राण्डिङ, ३५ टन बिक्री गर्ने लक्ष्य संविधान दिवसमा बुटवलमा ‘विगेस्ट स्टुडेन्ट कार्निवल’ हुने श्रीमतीको हत्या गरेर श्रीमान्‌ले भान्छामै गाडे शव, ४ दिनपछि खुल्यो रहस्य पाल्पाको तिनाउमा अव्यवस्थित बसोबासीलाई निस्सा वितरण सुरु रूपन्देही ३ मा धनिराम चौधरीलाई उम्मेदवार बनाउने जनमतको निर्णय डिभोर्सको प्रमाण सार्वजनिक गर्दै लेखजंगले लेखे- सम्बन्धविच्छेद गर्ने वित्तिकै एकअर्कासँग भेट्नै नहुने हो ?                
समाचार :

बुटवल–नारायणगढ सडकः चार वर्षमा २६ प्रतिशत प्रगति

पूर्व–पश्चिम महेन्द्र राजमार्गअन्तर्गत बुटवल–नारायणगढ फोर लेन सडक निर्माणमा २६ प्रतिशत प्रगति हासिल भएको छ । कावासोतीमा भएको कार्यालय प्रमुखहरूको एक बैठकमा सडक आयोजनाका इञ्जिनियर धिरज ढकालले २६ प्रतिशत प्रगति भएको जानकारी दिए ।

राष्ट्रिय गौरवको सडक निर्माणको ठेक्का पाएको चिनियाँ कम्पनी चाइना स्टेट कन्स्ट्रक्सन इञ्जिनियरिङ कर्पोरेसनले थप गरिएको परीक्षण अवधिको करिब ४ महिनामा कार्य प्रगति मासिक २ प्रतिशतले वृद्धि गर्दै लगेको छ ।

चाइना स्टेटले गत साउन २२ भित्र काम सम्पन्न गर्ने गरी आव ०७५-०७६ मा फोरलेन सडक निर्माणको ठेक्का सम्हालेको थियो । तोकिएको समयमा काम नसके पछि कम्पनीलाई सन्तोष जनक कार्य प्रगति देखाउने सर्तमा ३ सय ८४ दिनको समय सीमा पुनः थप गरिएको हो ।

सडक निर्माणका क्रममा फोरलेन सडकअन्तर्गतका १२ ठूला पूलमध्ये सबैमा फाउन्डेसन, फाइल फाउन्डेसनको काम सकिनै लागेको, सव स्टक्चर तथा सुपर स्टक्चरको काम भइरहेको बताइएको छ । यसैगरी माइनर ब्रिज २२ मध्ये १५ वटा सकिएको र ५ पूलमा निर्माण कार्य भई रहेको इञ्जिनियर ढकालले बताए ।

कल्भर्टहरूमा २ सय १५ मध्ये ९३ कल्भर्ट निर्माणको काम सकिनुका साथै ४२ वटा निर्माणाधीन अवस्थामा रहेको बताइन्छ ।
यसका साथै हाल सडकको कतिपय ठाउँमा माटो पुर्ने, सम्म्याउने तथा मिलाउने काम भएको लोकाहा पूलदेखि डण्डा पश्चिमको पथ्थर खोलासम्मको करिब ८ किमी क्षेत्रमा बेस तथा सव बेसका काम भइरहेको ढकालले बताए ।

निर्माण कार्यमा आशातीत प्रगति नदेखिए पनि सडकमा निरन्तर काम भइरहेको र हाल माटो तथा निर्माण सामग्रीलगायत कुनै समस्या तथा बाधा अवरोध रहेको छैन ।

यद्यपि सडक निर्माणको गति देखेर स्थानीयहरू अत्ताल्लिएका छन् । विभिन्न बहाना बनाई पहिलो पटकको म्याद गुजारेको सडक निर्माण कम्पनीले उहीँ कछुवा गति जारी राखे फोरलेन सडक सम्पन्न हुन झण्डै थप तीन वर्ष लाग्ने जानकारहरू बताउँछन् ।
शहरी क्षेत्रमा ६ लेन, वन तथा खाली ठाउँमा ४ लेन र दाउन्ने पहाडमा ३ लेन रहने गरी डिजाइन भएको यो सडकको दाउन्ने क्षेत्रमा भित्तो खोतलेर सडक चौडा पार्ने काम भइरहेको छ ।

यसैबीच नारायणगढदेखि दाउन्नेसम्म करिब ६४ किमी सडक समयमा नबन्दा स्थानीय बजार तथा सडक छेउका बासिन्दा र यात्रुहरू विगत ४ वर्षदेखि धुलैधुलोले पिरोलिएका छन् ।

निर्माण कम्पनीले पुनः ठेक्का नपाउँदासम्म परीक्षण र कार्य प्रगति देखाउने बहानामा सडकमा पानी छर्केर धुलो हटाए पनि हाल पानी हाल्ने काम सुस्ताएको छ ।

सडकमा समय–समयमा पानी नहाल्दा धुलो उडेर सडकमा हिंड्दै गरेका सवारी साधन एक अर्को बीच नै नदेखिने स्थिति बनेको चालकहरू बताउँछन् ।
सडक असहज बन्दा सवारीसाधनको लागत समेत बढेको छ ।

एक जना ट्याक्सी चालक रामबहादुर कार्कीले सडक स्तरीय नहुँदा इन्धन बढी खर्च भइरहेको बताए । ‘इन्धन खर्च धेरै हुन्छ नै,’ उनले भने–‘गाडीका पाटपुर्जा बिग्रिएर लागत बढीरहेको छ ।’

धुलोले नागरिकहरु हैरान छन् । दैनिक जीवनयापनमै कठिन भइरहेको, स्वास्थ्यमा समस्या देखिने गरेको स्थानीयको गुनसो छ ।
अहिले बुटवलदेखि गैँडाकोट पूलसम्म नै सडक भत्किएको छ । दुबैतर्फ नालीको काम भइरहँदा बीच सडक पनि भत्काइएको हो ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित