दुई सिफ्टमा प्रादेशिक अस्पतालका सेवा सञ्चालन गरौंः मुख्यमन्त्री आचार्य लाइन जोडिएपछि पञ्चकन्याका उद्योग सञ्चालनमा ३ जना सवार मोटरसाइकल दुर्घटना हुँदा १८ र २४ वर्षका युवकको मृत्यु दाउन्ने सडक २ महिनासम्म एकतर्फी सञ्चालन हुने, वैकल्पिक मार्गको प्रयोग गर्न आग्रह बुटवलको अर्घाखाँची लुम्बिनी होटलमा पुरुषको रहस्यमय मृत्यु रोहिणी गाउँपालिकामा ५५० वटा लालपूर्जा वितरण तिलोत्तमा यूसीएलजी एसिया प्रशान्त क्षेत्रको काउन्सिल सदस्यमा निर्वाचित गुल्मीमा छोराको कुटपिटबाट बुवाको मृत्यु, आमा गम्भीर घाइते आज हरि बोधिनी एकादशी, तुलसीको विवाह गरिँदै पाल्पाको सत्यवती तालमा कार्तिक १८ देखि धार्मिक मेला                
समाचार :

सिद्धार्थनगरमा सामुदायिक कुकुरको बन्ध्याकरण थालियो

रुपन्देहीको सिद्धार्थनगर नगरपालिकामा मंगलबारदेखि तीन दिने बन्ध्याकरण शिविर सुरू भएको छ । रेबिजको प्रकोप न्यूनिकरण र सामुदायिक कुकुरको संख्या कम गर्न नगरपालिकाले बन्ध्याकरण शिविर सुरु गरेको हो ।

नगर क्षेत्रमा देखा परेका भाले र पोथी सामुदायिक कुकुरलाई नियन्त्रणमा लिइ गाडीबाट शिविरस्थलमा ल्याइ लठ्याएर बन्ध्याकरण गर्न सुरु गरिएको नगरपालिकाले जनाएको छ ।

सामुदायिक कुकुर बन्ध्याकरणको क्षेत्रमा सन् २०१० देखि नेपालमा कार्यरत संस्था हिमालयन एनिमल रेस्क्यु ट्रष्टको प्राविधिक सहयोग, सिद्धार्थनगर नगरपालिका र भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र रुपन्देहीको सहकार्यमा उक्त शिविर सञ्चालन गरिएको सिद्धार्थनगरनगर पालिकाका प्रमुख इश्तियाक अहमद खाँले जानाकारी दिए ।

उनले एक वर्षसम्मका लागि हुने गरी रेबिजविरूद्धको सुई लगाइदिएपछि कुकरलाई यथास्थानमै छाडिदिने र ती कुकुरको पहिचानका लागि देब्रे कानमा यु आकारले चिर्ने गरिएको बताए ।

हिमालयन एनिमल रेस्क्यु ट्रष्टका संस्थापक तथा सञ्चालक खगेश्वर भट्टराईले शिविर अवधिमा न्यूनतम पनि १ सय ५० वटा कुकुरको बन्ध्याकरण गर्ने लक्ष्य रहेको बताए । उनका अनुसार यो शिविरका लागि ट्रष्टबाट तीन जना पशु चिकित्सक, प्राविधिकसहित १२ जनाको जनशक्ति खटिएको छ ।

प्रति कुकुर २ हजार रुपैयाँमा बन्ध्याकरण र रेबिज भ्याक्सिन लगाउने गरी ट्रष्टसँग भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र रुपन्देहीको सम्झौता भएको हो ।

सामुदायिक कुकुरको संख्या कम गरी रेबिजको प्रकोप न्यूनिकरण गर्नका लागि सिद्धार्थनगर नगरपालिकाले चालु आरवका लागि २ लाख रुपैयाँ बजेट बिनियोजन गरेको छ । सिद्धार्थनगर नगरपालिकाका नगर प्रमुख इश्तियाक अहमद खाँले अर्को वर्षदेखि नगरमा छाडा कुकुरको बन्ध्याकरण र रेबिज भ्याक्सिनका लागि प्रत्येक वडा वडामा योजना सञ्चालन गरिने बताए ।

सन् २०३० सम्ममा विश्वबाट रेविज उन्मूलन गर्ने अभियान सञ्चालन छ । पशु कल्याण निर्देशिका २०७३ ले कुनै पनि कुकुर मार्न नपाइने व्यवस्था गरेको छ ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित