तिनाउ सुन पसलमा मालिककै ‘चोरी ड्रामा’, सीसीटीभी फुटेजले गर्‍यो पर्दाफास दूध तथा दुग्धजन्य उत्पादन: व्यवसायिक इमान्दारिता र असल अभ्यासमा जोड हाजिरजवाफ प्रतियोगितामा इश्वरी मावि प्रथम उच्च अदालत बार बुटवलको अध्यक्षमा घिमिरे निर्वाचित भैरहवा सेजमा फर्किँदै उद्योगीको आकर्षण : एकैपटक ६ उद्योग निर्माणाधीन एभरेष्ट प्लाइ ढोका उद्योगमा आगलागी हुँदा पाँच करोडको क्षति कुशीनगरबाट उद्धार गरिएकामध्ये १९ जनामाथि अनुसन्धान सुरु भारतको कुशीनगरमा बन्धक बनाइएका ४५३ जना नेपालीको उद्दार कृष्णनगरका होटलमा अवैध गतिविधि, निगरानी र कारबाहीको माग रोट्रयाक्ट डाउनटाउनले विद्यालयलाई दियो दुई थान फिल्टर मेशिन                
समाचार :

‘वेष्ट युटुब च्यानल अफ द इयर’ बाट गुल्मीका मोहन बस्नेत सम्मानित

‘वेष्ट युटुब च्यानल अफ द इयर’ बाट गुल्मीका माहेन बस्नेत सम्मानित भएका छन् । ड्रिम हाई नेपालद्धारा आयोजित दोस्रो एलआईसी मिडिया अवार्डअन्तरगत यस बर्षको उत्कृष्ठ युटुब संचालकको रुपमा बस्नेत सम्मानित भएका हुन् । आइतबार काठमाडौमा सम्पन्न कार्यक्रममा प्रमुख अतिथि समेत रहेका बरिष्ठ पत्रकार भैरव रिसालले बस्नेतलाई नगद २५ हजार सहित अवार्ड प्रदान गरेका हुन् । बस्नेतले विगत सात बर्षदेखि ‘नेपाल अपडेट’ नामक युटुब च्यानल संचालन गर्दै आएका छन् । उक्त च्यानलमा उनले कृषि, युवा उद्यम, दुःखी पीडित लगायतका बिषय उठान गर्दै आएका छन् । टेलिभिजन, छापा, एफ्एम् रेडियो र अनलाइन सञ्चारमाध्यमहरुमा कार्यरत सञ्चारकर्मीहरुको पछिल्लो एक बर्षयताको उपस्थिति र प्रस्तुतिलाई आधार बनाएर पुरस्कार प्रदान गरिएको आयोजकले जनाएको छ । बस्नेतसँगै अन्य नौ विधामा पनि विभिन्न संचारकर्मी एवम् पत्रकार पुरस्कृत भएका छन् ।

बस्नेतको सामाजिक कार्यको मुल्याकंन गर्दै ०७८ वैशाख १ गते राष्ट्रपति विद्यादेवी भण्डारीले ‘जनसेवा पञ्चम श्रेणी’द्धारा विभूषित गरेकी थिइन् । त्यसका साथै गत साउन १४ गते ‘नेशनल आर्टिष्ट सर्वोत्कृष्ट पत्रकारिता पुरस्कार’ लगायत विभिन्न पुरस्कारबाट पुरस्कृत भएका छन् । उनले युटुब च्यानलमा उठान गरेको कृषि सम्बन्धि रिपोर्ट हेरेपछि तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओलीले फोन गरेर समेत बधाई दिएका थिए । ०५२ सालमा गुल्मीको रेसुङ्गा नगरपालिका –३ भाडगाउँमा जन्मिएका बस्नेतले ०७२ सालमा रेसुङ्गा टेलिभिजनबाट पत्रकारिता सुरु गरेका थिए । अवार्ड प्राप्त गरेसँगै बस्नेतले सबैको साथ सहयोगका कारण यो सफलता प्राप्त गरेको प्रतिक्रिया दिए ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित