दुई सिफ्टमा प्रादेशिक अस्पतालका सेवा सञ्चालन गरौंः मुख्यमन्त्री आचार्य लाइन जोडिएपछि पञ्चकन्याका उद्योग सञ्चालनमा ३ जना सवार मोटरसाइकल दुर्घटना हुँदा १८ र २४ वर्षका युवकको मृत्यु दाउन्ने सडक २ महिनासम्म एकतर्फी सञ्चालन हुने, वैकल्पिक मार्गको प्रयोग गर्न आग्रह बुटवलको अर्घाखाँची लुम्बिनी होटलमा पुरुषको रहस्यमय मृत्यु रोहिणी गाउँपालिकामा ५५० वटा लालपूर्जा वितरण तिलोत्तमा यूसीएलजी एसिया प्रशान्त क्षेत्रको काउन्सिल सदस्यमा निर्वाचित गुल्मीमा छोराको कुटपिटबाट बुवाको मृत्यु, आमा गम्भीर घाइते आज हरि बोधिनी एकादशी, तुलसीको विवाह गरिँदै पाल्पाको सत्यवती तालमा कार्तिक १८ देखि धार्मिक मेला                
समाचार :

‘वेष्ट युटुब च्यानल अफ द इयर’ बाट गुल्मीका मोहन बस्नेत सम्मानित

‘वेष्ट युटुब च्यानल अफ द इयर’ बाट गुल्मीका माहेन बस्नेत सम्मानित भएका छन् । ड्रिम हाई नेपालद्धारा आयोजित दोस्रो एलआईसी मिडिया अवार्डअन्तरगत यस बर्षको उत्कृष्ठ युटुब संचालकको रुपमा बस्नेत सम्मानित भएका हुन् । आइतबार काठमाडौमा सम्पन्न कार्यक्रममा प्रमुख अतिथि समेत रहेका बरिष्ठ पत्रकार भैरव रिसालले बस्नेतलाई नगद २५ हजार सहित अवार्ड प्रदान गरेका हुन् । बस्नेतले विगत सात बर्षदेखि ‘नेपाल अपडेट’ नामक युटुब च्यानल संचालन गर्दै आएका छन् । उक्त च्यानलमा उनले कृषि, युवा उद्यम, दुःखी पीडित लगायतका बिषय उठान गर्दै आएका छन् । टेलिभिजन, छापा, एफ्एम् रेडियो र अनलाइन सञ्चारमाध्यमहरुमा कार्यरत सञ्चारकर्मीहरुको पछिल्लो एक बर्षयताको उपस्थिति र प्रस्तुतिलाई आधार बनाएर पुरस्कार प्रदान गरिएको आयोजकले जनाएको छ । बस्नेतसँगै अन्य नौ विधामा पनि विभिन्न संचारकर्मी एवम् पत्रकार पुरस्कृत भएका छन् ।

बस्नेतको सामाजिक कार्यको मुल्याकंन गर्दै ०७८ वैशाख १ गते राष्ट्रपति विद्यादेवी भण्डारीले ‘जनसेवा पञ्चम श्रेणी’द्धारा विभूषित गरेकी थिइन् । त्यसका साथै गत साउन १४ गते ‘नेशनल आर्टिष्ट सर्वोत्कृष्ट पत्रकारिता पुरस्कार’ लगायत विभिन्न पुरस्कारबाट पुरस्कृत भएका छन् । उनले युटुब च्यानलमा उठान गरेको कृषि सम्बन्धि रिपोर्ट हेरेपछि तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओलीले फोन गरेर समेत बधाई दिएका थिए । ०५२ सालमा गुल्मीको रेसुङ्गा नगरपालिका –३ भाडगाउँमा जन्मिएका बस्नेतले ०७२ सालमा रेसुङ्गा टेलिभिजनबाट पत्रकारिता सुरु गरेका थिए । अवार्ड प्राप्त गरेसँगै बस्नेतले सबैको साथ सहयोगका कारण यो सफलता प्राप्त गरेको प्रतिक्रिया दिए ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित