दाउन्ने सडक २ महिनासम्म एकतर्फी सञ्चालन हुने, वैकल्पिक मार्गको प्रयोग गर्न आग्रह बुटवलको अर्घाखाँची लुम्बिनी होटलमा पुरुषको रहस्यमय मृत्यु रोहिणी गाउँपालिकामा ५५० वटा लालपूर्जा वितरण तिलोत्तमा यूसीएलजी एसिया प्रशान्त क्षेत्रको काउन्सिल सदस्यमा निर्वाचित गुल्मीमा छोराको कुटपिटबाट बुवाको मृत्यु, आमा गम्भीर घाइते आज हरि बोधिनी एकादशी, तुलसीको विवाह गरिँदै पाल्पाको सत्यवती तालमा कार्तिक १८ देखि धार्मिक मेला कमल गौतमः जसले जीवनभर उद्योगी र मजदूरको हितमा बोलिरहे रातै भएर बग्याे तिनाउ, यस्ताे छ कारण भद्रकाली सहकारी द्वारा निःशुल्क मृगौला परीक्षा र औषधि वितरण                
समाचार :

किन अझै जिम्मेवारी लिन तयार भएकी छैनन् मन्त्री के.सी ?

लुम्बिनी प्रदेशमा माओवादी केन्द्रबाट मन्त्रीमा नियुक्त भएकी माओवादी केन्द्रकी नेतृ कृष्णा केसीले मन्त्रालयको जिम्मेवारी पाएको एक साताभन्दा पनि धेरै भएपनि अझै जिम्मेवारी सम्हालेकी छैनन्।

उनलाई आन्तरिक मामिला कानुन तथा सहकारी मन्त्रालयको जिम्मेवारी दिइएको छ। केसीले पार्टीभित्र छलफल नगरी दलको नेताले मन्त्रालयको जिम्मेवारी तोक्ने निर्णय गरेको भन्दै असन्तुष्टि जनाउँदै मन्त्रालयको जिम्मेवारी सम्हालेकी छैनन्।

मुख्यमन्त्रीमा नियुक्त भएपछि गिरीले तीनसदस्यीय मन्त्रिपरिषद् बनाउँदा केसीलाई विना विभागीय मन्त्रीका रूपमा नियुक्त गरेका थिए। गिरीले त्यसको एक महिनापछि मन्त्रिपरिषद् विस्तार गर्दा उनलाई मन्त्रालयको जिम्मेवारी तोके पनि मन्त्रालय सम्हालेकी छैनन्।

मन्त्री केसीले पार्टीभित्र र संसदीय दलको बैठकमा कुनै छलफल नगरी दलका नेताले गरेको निर्णयप्रति असन्तुष्टि जनाउँदै मन्त्रालय नसम्हालेको बताइन्।

‘रोजेको मन्त्रालय नपाएको भन्ने हल्ला हो, मेरो असन्तुष्टि भनेको पार्टीभित्र र दलको बैठकमा छलफल भएन भन्ने नै हो,’ उनले भनिन्। पार्टीको प्रदेश कमिटीको बैठकमा यसबारेमा गम्भीर छलफल भएको भन्दै अब केही दिनभित्र बस्ने संसदीय दलको बैठकमा छलफल हुने र कुनै निष्कर्षमा पुग्ने उनले बताइन्।

यहाँ माओवादी केन्द्रका नेता जोखबहादुर महरा आर्थिक मामिला, एमालेका चेतनारायण आचार्य खानेपानी, ग्रामीण तथा सहरी विकास, माओवादी केन्द्रका इन्द्रजित थारू भौतिक पूर्वाधार विकास, नेकपा एमालेका विष्णुप्रसाद पन्थी स्वास्थ्य र माओवादीकी कृष्णा केसी आन्तरिक मामिला कानुन तथा सहकारीमन्त्री छन्।

यस्तै, एमालेका दुर्गाप्रसाद चौधरी वन तथा वातावरणमन्त्री, राप्रपाका जानकीप्रसाद यादव उद्योग पर्यटन तथा यातायात व्यवस्थामन्त्री र जनमत पार्टीका चन्द्रकेश गुप्ता सामाजिक विकासमन्त्री छन्।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित